Free songs
Home / समाचार / संक्षिप्त समाचार / पढाइ खर्च जुटाउन बालुवा चाल्न बाध्य बालबालिका

पढाइ खर्च जुटाउन बालुवा चाल्न बाध्य बालबालिका

 बुद्धि पुन

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका बालबालिकाहरु बालुवा चालेर पढाइ खर्च जुटाउन बाध्य भएका छन्। यहॉका न्यून आय भएका तथा आर्थिकरुपमा कमजोर भएका परिवारका बालबालिकाहरु बालुवा चालेर नै आफ्नो पढाइ खर्च जुटाउन बाध्य भएका हुन्। आजभोलि बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ७ अधेरी, ज्यामिरेका बालबालिकाहरु बालुवा चाल्दै गरेको अवस्थामा कुपिण्डेतालको बगरमा भेटिन्छन्।

बिहान उठ्नु, घरायसी काम गर्नु, कुपिण्डे तालको बगरमा पुगेर बालुवा चाल्नु र सा“झ फेरि घरको काम गर्न फर्कनु उनीहरुको अहिले दैनिकी जस्तै भएको छ। वार्षिक परीक्षा सकेर बिदामा बसेका उनीहरुले बिदाको सदुपयोग गर्दै कुपिण्डे तालको बगरको बालुवा चाल्दै, बिक्री गर्दै आएका छन्। अहिले यस बगरमा दर्जन बढी बालबालिकाहरुले बालुवा चालेर बिक्री गर्दै आएका छन्।

नवज्योति आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालयमा अध्ययनरत दर्जन बढी बालबालिकाहरु यसरी बालुवा चालेर पढाइ खर्च जुटाउ“दै आएका छन्। उनीहरुले यही रुकमले कापी कलम, पोशाक किनेर केही रकम बचाउने समेत गर्दछन्। नवज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययरत छात्रा निर्मला परियारले बालुवा चालेर बिक्री भएको पैसाबाट कापी कलम किन्ने गरेको बताउनुभयो।

‘बालुवा संकलनका लागि विदाको दिनमा तालको बगरमा आउ“छु । दिनभरी नै यहा“ बालुवा चाल्छु । यही बालुवा बिक्रीबाट आएको पैसा कापीकलम र खानेकुरामा खर्च गर्छु । घरमा आमाबुवास“ग माग्नुपर्दैन’– उहा“ले भन्नुभयो। उहा“ले एक पाथी बालुवा १५ रुपैया“मा बिक्री गर्ने बताउनुभयो।

महादेव आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत निर्मला थापाले दिनभरीमा चारदेखि पा“च पाथीसम्म बालुवा संकलन गर्ने गरेको बताउनुभयो। ‘बालुवा चालेर बिक्री गर्न पनि समस्या छ । हामीले चालेको बालुवालाई भर मान्दैनन्’– उहा“ले भन्नुभयो ‘बालुवा बिक्री गरेर आएको पैसाले विद्यालयबाट पाइने निःशुल्क पाठ्यपुस्तकबाहेक अन्य सामान किन्न सहज भएको छ।’

पारिवारिक अवस्था कमजोर भएका कारण आफ्नो पढाइ खर्च जुटाउन आफै लागिपरेको उनीहरुको भनाइ छ। पछिल्लो समय ग्रामीण क्षेत्रमा पक्की घर बनाउने लहर चलेस“गै बालुवाको माग बढ्दै गइरहेको छ। बालुवा धेरैले माग गरे पनि धेरै बालुवा चाल्न र संकलन गर्न नसकेको उनीहरुको भनाइ छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top