Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेकपा गढवाको पहिलो बैठक

नेकपा गढवाको पहिलो बैठक

युगबोध समाचारदाता

गढवा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवा गाउ“क मिटीको पहिलो बै ठक बुधवार गढवामा सम्पन्न भएको छ।

गाउ“कमिटीका अध्यक्ष कालीराम चौ धरीको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएको बै ठकले विभिन्न निर्णयहरु गरेको बै ठकपछि पार्टीका गढवा सचिव यमनारायण पोखे्रल (विश्वास) ले जानकारी दिनुभएको छ। जस अनुसार पार्टीको राजनीतिक वै चारिक कार्यदिशालाई सशक्तढंगले अगाडि बढाउने गरी प्रशिक्षणको आयोजना गर्ने, संगठित तथा सक्रिय कार्यकर्ताहरुको लेवी दर निर्धारण गर्ने निर्णय भएको पार्टीले जनाएको छ। यसै गरी २५ जना रहेको पार्टीको गढवा गाउ“पालिका सचिवालय र पा“चजना रहेको पार्टीको कार्यालय कार्यदल गठन गरिएको अध्यक्ष कालीराम चौ धरीले जानकारी दिनुभयो।

पार्टीले वडा तहहरुबाटै  विकास निर्माणका योजनाहरु छनोट गरी स्थानीय, प्रदेश र केन्द्र सरकारलाई बुझाउने र आफ्ना जनप्रतिनिधिहरु समेतको सचिवालय भेला यही चै त २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मल आचार्यले कार्यकर्ताहरुको दृष्टिकोण र चिन्तनलाई बदल्दै  सत्ताको सहयोगका लागि सकारात्मक हुन र समन्वय सहकार्यमा ध्यान दिन आग्रह गर्नुभयो। बै ठकमा कार्यकर्ताहरुस“ग बोल्दै  पार्टीका नेता हेमराज शर्मा ‘डायमण्ड’ले पार्टी नियन्त्रित सत्ताको अभ्यास गर्न जरुरी भएको बताउनुभयो। कार्यक्रममा प्रदेश नं. ५ का सदस्य लुमाकान्त न्यौ पाने सागर, नेकपाका नेताहरु रामप्रसाद गै रे, वीरेन्द्र चौ धरी र भक्तु चौ धरी लगायतले बोल्नुभएको थियो। बै ठकको सहजीकरण पार्टीका गढवा गाउ“कमिटी सचिव यमनारायण पोखे्रलले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top