Free songs
Home / समाचार / संक्षिप्त समाचार / नामाकरण र राजधानी अर्को वर्षः चौधरी

नामाकरण र राजधानी अर्को वर्षः चौधरी

बुटवल  (युस)– प्रदेश नं. ५ का भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले ०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताउनुभएको छ। राजधानी र नामाकरणका लागि गठित समितिले अन्तिम प्रतिवेदन तयार पार्न लागेको बताउदै अबको सभामा उक्त विषयले प्रवेश पाउने बताउनुभयो।

बिहीवार रुपन्देही व्यापार संघले आयोजना गरेको नया“ वर्षको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका राजधानीको विषय टुंगिने बताउनुभयो।

सडक परिसरलाई प्रदेशको मुख्यालय बनाउने भने पनि नामाकरण र राजधानीको टुंगो लगाउ“दासम्म जग्गा प्राप्ति नभएको भन्दै नामाकरण र राजधानी जसरी पनि टुंगाउनुपर्ने उहा“ले बताउनुभयो।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री चौधरीले फरक प्रसंगमा तराईका उद्योगी व्यवसायीले अब पहाडमा लगानीका क्षेत्र खोज्ने दिन आएको बताउनुभयो। समृद्धिका प्रमुख आधार कृषि, पर्यटन उद्योग रहेको भन्दै अब लगानी पहाडमा गएर गर्नुपर्ने उहा“को भनाइ थियो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आउने पर्यटकलाई राख्न समेत उद्योगीले विभिन्न पर्यटनमूलक व्यवसायलाई प्राथमिकता दिनुपर्ने उहा“को भनाइ थियो। उहा“ले प्रदेश सरकारले आवधिक योजना बनाइसकेको भन्दै प्रदेश सरकारले निजी क्षेत्रको लगानीको ठूलो अपेक्षा गरेको बताउनुभयो। ११ खर्ब ९८ अर्ब रुपैया“को आवधिक योजना निर्माण भएको र सो योजनामा सात सय ५० अर्ब निजी क्षेत्रले गर्नुपर्ने उहा“ले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top