Free songs
Home / विचार / नयाँ विद्यार्थी र हाम्रो भूमिका

नयाँ विद्यार्थी र हाम्रो भूमिका

जीतबहादुर शाह

प्राविधिक विषय अध्ययन गर्ने लालसाले विक्रम कक्षा आठ उत्तीर्णपछि कक्षा नौ अध्ययन गर्नका लागि प्राविधिक विषय पढाइ हुने विद्यालयमा भर्ना हुन्छन्। नया“ विद्यालयमा जाने क्रममा उनका पनि आफ्नै  चाहनाहरु थिए। त्यहा“ पनि पुरानो विद्यालयमा जस्तै  शिक्षक र साथीहरुले मन पराउनेछन्। परिचय गदैर्  मित्रता बढाउनेछन्। शिक्षकहरुले पनि पुरानो विद्यालयमा जस्तै  आफूलाई विक्रम भनेर पूर्वपरिचित झंै  गरी माया गदैर्  बोलाउने छन् आदि आदि। तथापि विक्रमले चाहना गरेका कुनै  कुरा पनि उसले नया“ विद्यालयमा पाएन। शिक्षकहरुले गर्ने ब्यवहार उसले अपेक्षा गरेअनुसारको पाएन। कतिले त उसलाई काले भनेर बोलाउन समेत पछि परेनन्। कक्षाका पुराना विद्यार्थीहरुले समेत उसलाई हेपेको महसुस हुन थाल्यो। त्यसकारण उसले त्यो विद्यालय छोड्ने निर्णय ग¥यो र दोस्रो दिनभन्दा तेस्रो दिन ऊ त्यो विद्यालयमा गएन। भर्ना गर्दा आमाले सकिनसकी विद्यालयमा सहयोग गरेको पुगनपुग तीनहजार रकम उनीहरुका निम्ति काम लागेन र त्यत्तिकै  खेर गयो।

अंशुलाई पनि नया“ विद्यालयमा त्यति सहज छै न। उनलाई आफू अध्ययन गरिरहेको विद्यालय विविध कारणले मन नपरेपछि अर्को नया“ विद्यालयमा कक्षा आठमा भर्ना भएकी छन्। अंशु छोरी मान्छे भए पनि हाम्रो पुरातन चिन्तन अनुसार रुन्ची नभएर हक्की छन्। विद्यालयमा गएको पहिलो दिन नै  उनको कक्षाकै  एकजना साथीस“ग मुक्कामुक्की परिहाल्यो। तथापि कक्षामा उनलाई सपोर्ट गर्नेहरु भन्दा तमासा हेर्नेहरु बढी भेटिए। कक्षा एकै छिन पनि खाली भयो भने केटाहरुले उनी लगायत केटीहरुलाई लक्षित गरेर मन नपर्ने शब्दहरु उच्चारण गरेको महसुस हुन्छ। उनीस“गै  टा“स्सिएर हिड्न खोजेको आभास हुन्छ। तथापि उनलाई कसै ले हेप्न भने सकेका  छै नन्। उनले कक्षामा उनीप्रति हुने प्रतिकूल ब्यवहारहरुको सामना गदैर्  आफ्नो अध्ययनलाई जारी राखेकी छन्। उनलाई त्यो विद्यालय छोड्ने एकरत्ति पनि मन छै न। त्यही विद्यालयबाटै  आफ्नो जीवन उज्यालो बनाउने उनको रहर छ। तै पनि आफूले विद्यालयमा ब्यहोर्नु परेका सबै  कुराहरु कहिलेकाहीं आमालाई भन्छिन् र आमालाई समेत भावुक हुन बाध्य बनाउ“छिन्।

मेरो आफ्नै  छोरीको विद्यालयका शुरुवातीका दिनहरु पनि कम चुनौ तीपूर्ण थिएनन्। तीन वर्षकी छ“दा हामीले उनलाई नर्सरी तहमा भर्ना गरिदियौ ं। उनी शुरुको दिन पुतलीजस्तै  भएर विद्यालय जान पाउ“दा खुशी देखिए पनि त्यसपछि भने हामीले अपेक्षा गरेजस्तै  खुशी हुन सकिनन् । बरु विद्यालय जाने समय भयो भने विभिन्न बहाना गरेर विद्यालय नजानका लागि हामीस“ग अनुनय विनय गर्थिन् भने हामी उनलाई फकाइफुल्याई विद्यालय पठाउ“थ्यौ ं। विद्यालयबाट फर्केपछि मलाई घरमा कितावमा घोप्टो परेर अध्ययन गर्न लागेको देखिन् भने उनी मेरो पछाडितिर आएर सानो कुनै  लट्ठीजस्तै  वस्तुले मेरो पिठ्यू“मा हिर्काउ“दै  तोतेबोलीमा भन्थिन्– ‘राम्रोस“ग पढ्। नत्र कुटाइ खान्छस्। थाहा छ कि छै न ?’ उनले विद्यालयबाट फर्केर मस“ग यस्तो ब्यवहार गर्न थालेपछि उनलाई विद्यालयले गर्ने ब्यवहारको बारेमा अनुमान गर्न मलाई कुनै  गाह्रो भएन। उनी किन विद्यालय नजानका लागि हामीस“ग अनुरोध गर्छिन् त्यो कुराको पहिचान गर्न पनि कुनै  असजिलो भएन। त्यसपछि भने हामीले हाम्रा  छोरीलाई त्यो विद्यालयबाट निकालेर अर्को विद्यालयमा राख्यौ ं। विद्यालयप्रतिको उनको सोचलाई सकारात्मक बनाउन हामीलाई पछिसम्म पनि हम्मेहम्मे भयो।

उल्लिखित दृष्टान्तहरुको अध्ययन गर्दा यस्तो लाग्छ कि कुनै  वस्तु र घटनाले कुनै  ब्यक्ति विशेषलाई पारेको पहिलो प्रभाव नै  अन्तिम प्रभाव पनि हो भने झै  बालबालिकाका निम्ति विद्यालयका आरम्भका दिनहरु पनि हरेक हिसावले प्रभावशाली हुन्छन्। कतिपयले त विद्यालयका आरम्भका दिनहरु अनपेक्षित भएकै  कारणले फेरि कहिल्यै  पनि विद्यालयमा पाइला नटेक्ने गरी विद्यालयलाई बाइबाइ गर्छन् र आफ्नो जीवनलाई बर्बाद बनाउ“छन्। कति कोसिस गर्दा पनि उनीहरुको मन विद्यालयतिर फर्किदै न। यसको विपरीत कतिपय विद्यालय जान त्यति रहर नगर्ने स्वभावका बालबालिकाहरुले विद्यालयका आरम्भका दिनहरुमा उनीहरुले आफूले चाहेको जस्तो ब्यवहार विद्यालयबाट पाए भने उनीहरु विद्यालय जानका लागि स्वाभाविक तरिकाले उत्सुक र उत्प्रेरित हुन्छन्। यसले गर्दा उनीहरुको सिकाइ र विद्यालय शिक्षाबाट हुने उपलब्धि पनि अनपेक्षित किसिमबाटै  बढोत्तरी हुने गर्दछ।

शुरुमा विद्यालय जा“दा वा अर्को कुनै  नया“ विद्यालयमा भर्ना हु“दाको विद्यार्थीको अवस्था भनेको नवजात शिशुको जस्तै  अवस्था हो। नवजात शिशु आमाको गर्भबाट यो धर्तीमा जन्मदा समायोजनमा चुनौ तीहरु देखिन्छन्। जन्मेपछिको दुईहप्ता जतिको अवधि भनेको उनीहरुको निम्ति निकै  संबेदनशील, जटिल र नाजुक अवधि हो। कतिपय नवजात शिशुहरु त समायोजनको समस्याका कारण जीवनको अर्को स्टेजमा पुग्न नपाई जीवन समाप्त गर्छन्। धेरै ले यो अवधिमा समायोजनको क्रममा आफूले गर्भबाट ल्याएको वजनसमेत घटाउ“छन्। यस्तो अवस्थामा त्यस्ता नवजात शिशुलाई विशेष किसिमले हेरविचार गर्नुपर्ने हुन्छ। आमाको गर्भमा हुदाको उसले पाएको वातावरणस“ग सकेसम्म प्रतिकूल नहुने गरी बाह्य वातावरणको सिर्जना गरेर उसलाई क्रमशः बाह्य वातावरणस“ग समायोजन गदैर्  लग्नु आवश्यक हुन्छ। यसप्रकारको गम्भीरता र संबेदनशीलता नया“ भर्ना भएका विद्यार्थीहरुप्रति पनि विद्यालयले अपनाउनु आवश्यक छ।

नयँ“ विद्यालयमा आउ“दा एक त विद्यार्थी कसै स“ग परिचित नभएको कारण त्यसै  पनि आफूलाई विभिन्न प्रकारले कमजोर महसुस गरेर आएको हुन्छ। त्यति हु“दाहु“दै  पनि उसले आफू भर्ना हुने विद्यालयको बारेमा आफ्ना केही मान्यता र धारणाहरु बनाएर आएकोे हुन्छ र केही आशा र अपेक्षाहरु पनि बोकेर आएको हुन्छ। यही अवधिमा उसले आफ्नो परिवार र विद्यालयको वातावरण, आफ्नो पुरानो विद्यालय र नया“ विद्यालयको वातावरण, आफ्ना पुराना दौ ंतरीहरु र नया“ दौ तरीहरुको बीचमा तुलना गर्न थाल्छ। यसका साथै  उसले बोकेर आएका धारणा र अपेक्षाहरुको बारेमा पनि घोत्लिन थाल्छ। उसले चाहेजस्तो हु“दै  गयो भने ऊ त्यो विद्यालयप्रति सकारात्मक हुन्छ र सिकाइ त्यही अनुरुप सुधार हु“दै  जान्छ। अन्यथा विद्यालय छोड्ने वा निरन्तरता दिने भन्ने बारेमा ऊ दोधारमा पर्छ। यही अवधिमा उसले विद्यालय छोड्ने निर्णय गरेर विद्यालयबाट भाग्नु भनेको हाम्रो शै क्षिक प्रणालीको असफलता हो। विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता नदिनु र विद्यालय छाड्नुमा विविध कारणहरु जिम्मेवार भए पनि विद्यालयको वातावरण उनीहरुले सोचे अनुकूल हुन नसक्नु पनि यौ टा प्रमुख कारण हो।

विद्यालयको वातावरणलाई नया“ विद्यार्थीको निम्ति हरेक हिसावले अनुकूल बनाउने हो भने कक्षामा जाने हरेक शिक्षकले नया“ विद्यार्थीहरुलाई उनीहरुको पृष्ठभूमिका बारेमा जानकारी हुनु आवश्यक छ। नया“ विद्यार्थीहरुलाई विद्यालयको शौ चालय, खानेपानी, पुस्तकालय, आचारसंहितालगायतका विद्यालयले प्रदान गर्ने विविध सेवा र सुविधाहरुको अवस्थिति र प्रयोगको बारेमा अभिमुखीकरण गरिनुपर्दछ। उनीहरुका सवलताहरुको खोजी गरेर सम्मान र सम्प्रेषण गर्नु पनि त्यत्तिकै  आवश्यक छ। विद्यालयमा हामीलाई माया गर्ने र सम्मान गर्ने मानिसहरु पनि छन् भन्ने कुराको नया“ विद्यार्थीहरुलाई बोध गराउ“दै  सोको विश्वास जित्नु जरुरी छ। उनीहरुप्रति पुराना विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गरी पुराना विद्यार्थीहरुका निम्ति नया“ विद्यार्थी भनेका आजका पाहुना र भोलिदेखिका असल मित्र हुन् भन्ने कुराको बोध गराउ“दै  एक अर्कामा असल ब्यवहार प्रस्तुत गर्न प्रेरित गर्न सक्नुपर्दछ। कलेजहरुमा नया“ विद्यार्थीहरुको स्वागत र पुराना विद्यार्थीहरुको विदाइ कार्यक्रम सञ्चालन गरेजस्तै  विद्यालय तहमा पनि साना कक्षादेखि नै  विद्यार्थीहरुको आपसमा मित्रता, परिचय र प्रतिभा पहिचानको पाटोलाई सशक्त बनाउनका लागि यस प्रकारका कार्यक्रमको सञ्चालनमा विद्यालयले पहल गर्नु पनि त्यत्तिकै  आवश्यक छ।

नवजात शिशुको अवस्था जस्तै  विद्यालयले शुरुका दुई हप्ता मात्रै  पनि नया“ विद्यार्थीहरुका निम्ति विशेष ख्याल गरेर उनीहरुको उचित समायोजन र सम्मान हुने गरी कक्षाभित्र वा बाहिर क्रियाकलाप सञ्चालन गर्न सक्यो भने उनीहरुको नया“ विद्यालयप्रतिको पहिलो प्रभाव सकारात्मक हुन्छ र यो प्रभावले उक्त विद्यालयमा रह“दासम्म मात्र होइन कि जुनसुकै  शिक्षालयबाट शिक्षा आर्जन गर्दासम्म पनि सकारात्मक तरिकाले काम गर्दछ। यो कुरालाई विक्रम भर्ना भएको नया“ विद्यालयले गम्भीररुपमा स्वीकार गरेर कार्यान्वयन गरेको भए विक्रम त्यो विद्यालयको एउटा गतिलो विद्यार्थी भएर त्यही विद्यालयको गहना हुन पनि सक्थ्यो होला। चुनौ तीहरुको डटेर सामना गदैर्  अघि बढ्ने प्रबृत्ति अंशुले आफूभित्र विकास गर्न नसकेको भए उनले आफ्नी  आमालाई त भावुक बनाइन् नै  उनको त्यही विद्यालयबाट आफ्नो जीवन उज्यालो बनाउने धोको समेत अधकल्चो हुन्थ्यो होला। विद्यालय शिक्षामा यस्ता पात्रहरु धेरै  छन्। कसै ले विद्यालय छोड्छन् त कसै ले आफै भित्रबाट साहस बटुल्दै  सामना गरेर अघि बढ्छन्। यो सवालमा विद्यालयले अलिकति मात्रै  पनि विवेक प्रयोग गरिदियो भने उज्यालो जीवनको खोजीमा हिडेका प्रकृतिका सुन्दर उपहारहरुको जीवन अध्यारो हुनबाट जोगिन्थ्यो होला। सबै लाई चेतना भया।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top