Free songs
Home / फिचर समाचार / ट्रमा सेन्टरको ठाउँँ पहिचान

ट्रमा सेन्टरको ठाउँँ पहिचान

दशरथ घिमिरे

देउखुरी। प्रदेश सरकारले लमहीमा स्थापना गर्न थालेको ट्रमा सेन्टर राख्ने ठाउको टुंगो लागेको छ। लमही अस्पतालस“ग सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा ट्रमा सेन्टर स्थापना गरी सञ्चालन गर्ने सहमति जुटेको हो।

यसअघि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखहरुसहित, प्रदेशसभा सदस्यहरु सहभागी छलफलको निर्णयको आधारमा कृषिउपज तथा संकलन केन्द्र हाल उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले प्रयोग गर्दै आएको स्थलमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय भएको छ।

लमही नगरपालिकाको आयोजनामा प्रदेशसभा सदस्यहरुको विशेष उपस्थितिमा आयोजना गरिएको सर्वपक्षीय, सर्वदलीय बैठकले देउखुरीको लमहीमा ट्रमा सेन्टर स्थापना हुनु सुखद पक्ष रहेको भन्दै ट्रमा सेन्टर स्थापना गरी सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

‘राजमार्गले छोएको, अस्पतालनजिकको क्षेत्र भएकोले ट्रमा सेन्टर स्थापना गर्न प्राविधिक दृष्टिकोणले उपयुक्त छ’– प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भन्नुभयो– ‘ट्रमा सेन्टर स्थापनाको विषय कुनै विवादको विषय बन्नुहु“दैन। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत यो ट्रमा सेन्टरले स्थान पाएको विषय हो। यस वर्ष डिपिआर, जग्गाको टुंगो र अर्काे वर्ष पूर्वाधार बन्छ।’ प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना गर्न यस वर्ष दुई करोड बजेट बिनियोजन गरेको छ।

पहिलो छलफलमा ट्रमा सेन्टर स्थापना गर्न उद्यमशील बहुउद्देश्यीय सहकारी संस्थाले प्रयोग गर्दै आएको क्षेत्र उपयुक्त रहने र त्यहीं स्थापना गर्ने निर्णय भएपछि सहकारी संस्थाले लमहीमा ट्रमा सेन्टर हुनुपर्ने तर ठाउ“को हकमा अन्यत्र खोज्नुपर्ने तर्क राख्दै सामाजिक विकास मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो। तर, बुधवार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले उद्यमशील सहकारी संस्थाले प्रयोग गर्दै आएको स्थानमै ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

सहकारीलाई अन्यत्र सर्दा नगरपालिकाले सहयोग र सहजीकरण गर्ने निर्णय गरिएको छ। लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको छलफलमा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, इन्द्रजीत थारु, दामा शर्मा, सरस्वती गौतमको विशेष उपस्थिति थियो।

छलफलमा सहकारी संस्थाका अध्यक्ष शंकर गौतम, राजनीतिक दलका प्रतिनिधि नेकपाका अम्बर कवर (नवीन), राष्ट्रिय जनमोर्चाका हरि थापा, संघीय समाजवादी फोरमका किशोर घर्ती, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापा, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, नारायण डिसी छम्पाली, वीरबहादुर केसी, कुमार भट्टराई, लीलाराम खनाल, रेशमबहादुर खड्का, शशिधर ज्ञवाली, जागेश्वर शर्मा घिमिरेलगायतले छलफलमा भाग लिनुभएको थियो। कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डा“गीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top