Free songs
Home / फिचर समाचार / जनप्रतिनिधि र कर्मचारीलाई ‘कानुनी शिक्षा’

जनप्रतिनिधि र कर्मचारीलाई ‘कानुनी शिक्षा’

युगबोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कार्य सम्पादन प्रभावकारी बनाउन ‘कानुनी शिक्षा’ सञ्चालन गरेको छ। उपमहानगरको कानुनी मामिला शाखाको आयोजनामा जनप्रतिनिधि सगै महाशाखा र शाखा प्रमुखहरुलाई कानुनका बिज्ञमार्फत कानुनी शिक्षा कार्यक्रम आयोजना गरेको हो।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई ल्याएर उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानुनी शिक्षाका बारेमा अभिमुखीकरण गराउन थालेको हो। दुई दिन आयोजना गरिएको कानुनी शिक्षा कार्यक्रममा दाहालले कानुन बुझेर गरिने कार्य सम्पादन र अज्ञानताले पार्ने असरहरुका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। विधिको शासनबाटै कानुन कार्यान्वयनमा सफलता मिल्ने भन्दै स्थानीय सरकारले पाएको कानुनी अधिकारलाई गहन अध्ययन गरेर मात्रै कार्य सम्पादन गर्न सुझाव दिनुभयो।

स्थानीय सरकारको काम, कर्तव्य र जिम्मेवारीलाई अध्ययन नगरी कार्य सम्पादन गर्दा फेल खाने भन्दै जनप्रतिनिधि र कर्मचारीहरुले कानुन बुझ्नैपर्ने दाहालको भनाइ थियो। नागरिकहरुलाई अधिकारसम्पन्न बनाउ“दै देशको समृद्धिमा टेवा पुग्ने गरी काननुहरु बनेको भन्दै त्यसको कार्यान्वयनमा स्थानीय सरकार बढी चनाखो बन्नुपर्ने उहा“ले बताउनुभयो। भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विकासस“गै न्याय सम्पादन र विभिन्न सिफारिसमा पाएको जिम्मेवारी पूरा गर्न कानुनको ज्ञान अनिवार्य हुनुपर्ने उहा“को भनाइ थियो।

नगरका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानुन भन्दा बाहिर गएर गरिने कार्यले नतिजा पनि गलत निस्कने भन्दै सचेतपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो। लोकतन्त्रको मूख्य आधार भनेकै कानुनको शासन भएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले सबै नागरिकहरुलाई कानुनी ज्ञान आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो। नगर कार्यवाहक प्रमुख न्यौपानेले स्थानीय, प्रदेश र संघका कार्य सञ्चालनमा तोकिएका विधिहरुलाई स्पष्ट पार्न र कार्य सम्पादनलाई छितोछरितो बनाउन कानुनी शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

पहिलो दिन कार्यपालिका सदस्य, महाशाखा प्रमुख र शाखा प्रमुखहरुलाई कार्यक्रममा सहभागी गराइएको छ भने शुक्रवार नगरका सबै जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराइने भएको छ। उद्घाटन सत्रको सञ्चालन कानुनी मामिला शाखाका प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top