Free songs
Home / समाचार / संक्षिप्त समाचार / गोठमै  पुगेर पशुलाई खोप

गोठमै  पुगेर पशुलाई खोप

युगबोध समाचारदाता

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौ राका लोकराज डा“गीको फार्ममा १७ वटा गाई र पा“चवटा भै ंसी छन्। फार्म सञ्चालन गरेर राम्रो आर्थिक उपार्जन गर्नुभएका डा“गीलाई लामो समयसम्म पनि खोरेतविरुद्धको खोपको व्यवस्था नभएका कारण गाईवस्तुलाई खोरेत रोग लगेर नोक्सान पु¥याउने त होइन भन्ने त्रास थियो। उपमहानगरपालिकाले फार्म मै  आएर खोप लगाएपछि डा“गीको चिन्ता दूर भएको छ। ‘अब एकवर्षलाई ढुक्क भइयो’– उहा“ले खुशी व्यक्त गर्नुभयो।

सोही ठाउ निवासी ठगेन्द्र डा“गीले पनि व्यावसायिक पशुपालन गर्नुहुन्छ। लामो समयदेखि उहा“ पनि गाईवस्तुलाई लाग्ने खोरेत रोगका कारण त्रसित हुनुहुन्थ्यो। पशुस्वास्थ्यकर्मी घरमै  पुगेर निःशुल्क खोरेतविरुद्धको खोप लगाएपछि उहा“ पनि निकै  खुशी देखिनुहुन्छ। तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानहरुलाई सुविधाका लागि घरदै लोमै  पुगेर खोरेतविरुद्धको खोप लगाउने कामको शुरुवात गरेको छ। पहिलो चरणमा व्यावसायिकरुपमा पशुपालन गर्नेहरुको फार्ममा पुगेर खोप लगाउने र दोस्रो चरणमा किसानहरुकै  घरमा पुगेर सुविधा दिने पशु शाखा प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो। प्रमुख भट्टका अनुसार आगामी वै शाख २ गतेबाट वडा कार्यालयको समन्वयमा किसानहरुका पशुमा खोप दिइनेछ।

हरेक वर्ष सरकारले पठाउने खोप यो वर्ष भने समय सक्किन लाग्दा पनि नपठाएपछि किसानहरुले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए। ‘केन्द्रीय सरकारले जिम्मेवारी समयमै  पूरा नगरे पनि हामी भने आफ्नो जिम्मेवारीवाट पन्छिएनौ ’– नगरप्रमुख घनश्याम पाण्डेले भन्नुभयो। उहा“ले उपमहानगरपालिकाले आफै  खोप खरिद गरेर किसानहरुलाई सेवा दिएको बताउनुभयो। फार्ममा रहेका पशुहरु समूहमा हि“डेर कार्यालयसम्म जान नसक्ने भएकाले फार्ममै  आएर खोप दिइएको स्वास्थ्य शाखा उपप्रमुख सुवास आचार्यले बताउनुभयो। उहा“ले खोरेत रोग हुने पशुहरु गाई, भै ंसी र बंगुरलाई खोप दिइने पनि बताउनुभयो।
‘पहिलो चरणमा पच्चिस सय पशुहरुलाई खोप दिइनेछ’– उहा“ले किसानको आवश्यकता अनुसार खोप थप गरिने पनि बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top