Free songs
Home / सम्पादकीय / खेल क्षेत्रको उत्सव

खेल क्षेत्रको उत्सव

देशभित्र हुने प्रतियोगितामा सबै भन्दा ठूलो मानिन्छ राष्ट्रिय प्रतियोगिता। यसको आठौ ं संस्करण प्रदेश नम्बर ५ मा शुरु भएको छ। यसको औ पचारिक उद्घाटन वै शाख ५ गते हुने भए पनि खेलहरु भने अस्तिदेखि नै  शुरु भइसकेका छन्। नेपालगञ्जमा वै शाख ५ गते शुरु हुने प्रतियोगिताको समापन वै शाख ११ गते हुनेछ।

प्रतियोगितामा ३५ खेल खेलाइ“दै छ भने एक हजार तीन सय सात पदकका लागि पाँच हजार दुई सय ११ खेलाडीले प्रतिस्पर्धा गदैर् छन्। जसमा दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ। प्रतियोगितामा टोली प्रशिक्षक छ सय ४० र टोली व्यवस्थापक चार सय ६१ जनाको सहभागिता रहनेछ। त्यस्तै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक नौ  सय २२ र स्थानीय निर्णायक चार सय ७१ समेत गरी जम्मा एक हजार तीन सय ९३ जनाको सहभागिता रहनेछ। खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरी १० हजार बढीको सहभागिता रहने यो प्रतियोगिता खेल क्षेत्रको राष्ट्रिय उत्सव हो।

पहिलो कुरा त लामो अन्योलका बीच आठौ ं राष्ट्रिय शुरु हुँदै छ, यो महत्वपूर्ण उपलब्धि हो। यसअघि मंसिरमा गराउने भनिएको खेल विभिन्न कारण सादैर्  यहाँसम्म ल्याइयो र पाँच महिनापछि मात्रै  सञ्चालनमा आयो। ढिलै  भए पनि आठौ ं राष्ट्रिय खेल हुनु सकारात्मक छ। यो किन पनि महत्वपूर्ण छ भने राष्ट्रिय खेलको इतिहास शुरु भएको लामो समय भए पनि नियमित यो प्रतियोगिता हुन सकिरहेको छै न। हरेक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकूद आयोजना गर्ने प्रावधानअनुसार अहिलेसम्म १८ वटा संस्करण भइसक्नुपर्ने हो तर हामी बल्ल आठौ ं संस्करणमा छौ ं। २०४२ को तेस्रो संस्करणसम्म नियमित भए पनि त्यसपछि राष्ट्रिय खेलकूद नियमित हुन सकेन। २०६९ मा छै ठौ ं सुदूरपश्चिममा भएपछि २०७१ मा सातौ ं हुनुपर्ने थियो तर सातौ ं राष्ट्रिय २०७३ मा मात्रै  पूर्वाञ्चलमा हुन सफल भयो। त्यसपछि भने खेल क्षेत्रले क्रमशः लय समात्न थालेको छ र अहिले पनि निर्धारित समयभन्दा केही महिना पछाडि धकेलिएर भए पनि २०७५ मै  इभेन्टहरु शुरु भएका छन्।

आठौ ं राष्ट्रिय ५ नम्बर प्रदेशमा बरदान बन्न आइपुगेको छ। यो खेल यति नै  बेला यो प्रदेशमा आउनु प्रदेशका लागि निकै  ठूलो अवसर हो। भर्खरै  प्रदेश संरचना बन्ने क्रममा रहेको बेला यो क्षेत्रको पहिचान देशब्यापी बनाउने र प्रादेशिक खेलको विकासलाई अघि बढाउन यो सहयोगी बन्ने छ। त्यसो त आठौ ं राष्ट्रिय पश्चिमाञ्चल (हाल गण्डकी प्रदेश) मा लै जाने तयारी भइरहेको थियो। सातौ ंको झण्डा बिराटनगरबाट पोखरालाई हस्तान्तरण गर्ने तयारी भइरहँदा यही क्षेत्रका खेलकूदमन्त्री दलजीत श्रीपालीको एकल निर्णयबाट आठौ ं यो प्रदेशमा आउन सफल भएको हो। उतिबेला सो निर्णय केही विवादितजस्तो देखिए पनि अहिले यो प्रदेशको आँखाबाट हेर्दा दूरगामी सावित हुन पुगेको छ। यसअघि पाँच विकास क्षेत्रमा अलि चाँडो पालो आउने भए पनि अब सात प्रदेशमा जाँदा यो क्रम अझ ढिला हुनेछ।

यो समग्र राष्ट्रिय खेलका हिसाबले आठौ ं भए पनि प्रदेश संरचनाका हिसाबले पहिलो हो। अब नियमित खेल भएको खण्डमा पनि यो प्रदेशले राष्ट्रिय खेलकूद आयोजना गर्न १४ वर्ष पर्खनुपर्नेछ। अहिले नै  यो खेल यहाँ नभइदिएको भए अहिले बनेका जति भौ तिक संरचना निर्माणका लागि पनि त्यति नै  समय कुर्नुपर्ने अवस्था हुन्थ्यो। त्यसै ले प्रदेश संरचनापछिको पहिलो राष्ट्रिय खेल आयोजना गर्ने अवसर पाएको यो प्रदेशले आठौ ं राष्ट्रियबाट भरपूर फाइदा लिनसक्नुपर्छ। जुन–जुन जिल्लामा इभेन्ट भइरहेका छन्, ती जिल्लाले आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सक्नुपर्छ भने राष्ट्रिय खेलको सन्दर्भमा बनेको भौ तिक संरचनाको संरक्षण र परिचालनमा सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने आवश्यकता छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top