Free songs
Home / विचार / दुई पुराना सहयात्रीलाई एक–एक घण्टा भेट्दा

दुई पुराना सहयात्रीलाई एक–एक घण्टा भेट्दा

नारायणप्रसाद शर्मा

जिन्दगी मनोहारी यात्रामय कहिल्यै भएन। यो त अधिकांश संघर्षमय, आन्दोलनमय, क्रान्तिकारी झञ्झावात जस्तै रह्यो। तर यति हु“दा हु“दै पनि कहिलेकाहीं लहलहैमा विद्यार्थी हुदा वनारसका गल्लीमा ‘जिन्दगी एक सफर है सुहाना यहा“ कल क्या हो किसने जाना’ गीतको बोलले नलठ्याएको भने हैन। तर पनि जीवन लक्ष गायनतिर गएन। क्षणिक मनोरञ्जनको लागि केही गुनगुनाइए होला। जीवनको लामो दौड शिक्षा, साहित्य, राजनीति, समाज सुधार र पत्रकारितातिरै रह्यो। तर त्यो बेला एउटा अर्काे गीत भने बारबार गाए। त्यो यस्तो छ–

‘रात के राही थक मज जाना
सुवहका मञ्जिल दूर नहीं’

पक्कै जिन्दगी एउटा यात्रा हो। तर गीतले बोले जस्तै सधै सुहाना (रमणीय) नहुन पनि सक्छ। संघर्ष, आन्दोलन र क्रान्तिको आह्वान गरेर हिंड्ने यात्रुलाई जिन्दगी बरदान हो कि अभिशाप हो थाहै नभएर पनि यात्रा चलिरहेको हुनसक्छ। नजान्दा नजान्दै पनि कैयौं कुरा जानिन्छ र जान्दा जान्दै पनि अनेक भूल हुन सक्छन्। कहिल्यै नसकिने यात्राका बाटामा भेटिने सहयात्रीहरुको संगति पनि एक तमासको हुने रहेछ। यो हप्ता जनयुद्धका तुफानी दिनमा र लामो समयसम्म पत्रकारिता गर्दा चिनजान भएका दुईजना मित्रस“ग छुट्टाछुट्टै एक–एक घण्टाको मीठो भेट भयो।

एउटा हुन् क्रान्तिकारी योद्धा रुकुमेली लोकेन्द्र विष्ट। अर्का हुन् काठमाडौंका पुराना नाम कमाएका पत्रकार श्याम श्रेष्ठ। दुबै विचार र चिन्तनले प्रगतिशील। हामी तीनजनाको बीच नाता यत्ति हो। लोकेन्द्रलाई राजनीतिकरुपमा र श्यामलाई पत्रकार एवं नागरिक अभियन्ताका रुपमा मैले चिनेको हु“। लोकेन्द्रसित ०६२–०६३ को बृहत् शान्ति सम्झौतापछि पहिलो व्यवस्थापिका संसदमा सिंहदरवारमा बाक्लो भेट भयो। पछि त उहा“ मन्त्री पनि बन्नुभयो। अहिले उहा“ दाङको विजौरीमा कृषि क्रान्ति गर्छु भनेर राजनीतिक झोला फाले झैं गरेर धम्मरधुस लाग्नु भएको छ। एउटा राजनीतिक मान्छे यसरी फेरिनुलाई चाख लाग्दो विषय मानिरहेकै बेला पत्रकार नरेन्द्र केसी र फोटोपत्रकार कुलदीप न्यौपानेस“ग आ“धी झैं गाडीमा दौडेर एक घण्टा गफ गाफ ग¥यौं। विषय भयो लोकेन्द्रजीको यो राजनीतिक पलायन हो कि कृषि क्रान्ति हो कि अथवा आवेगमा उठ्ने भ्रान्तिको तुफान हो ? छोटकरीमा उहा“को जवाफलाई मैले बुझेअनुसार यस्तो हो– शीर्षस्थ नेताहरुले हामीलाई जे–जे भनेर जसरी डो¥याए त्यो कुरा अब उनीहरुले छाडिदिए। उनीहरु शनैशनैवादी अथवा सुधारवादी अवसरवादी सुविधाभोगी भइदिए। अब पछि लाग्नु ठीक छैन। त्यसैले अब सिर्जनशील उत्पादनशील काममा लाग्नु वेस ठानेर लोकेन्द्रजी ठेक्कामा अलि कति जग्गा जोड्दै कृषिमा होमिनुभएको रहेछ।

मेरो दृष्टिमा निराशा, कुण्ठा र आक्रोश पालेर कुनै उत्ताउलो काममा लाग्नुभन्दा धरतीसित साइनो गा“सेर कृषिकर्म गर्नु राम्रो मानिएको हुनुपर्छ। तर यत्तिमै हामी जस्ताले दुनिया“को चित्त बुझाउन पनि गाह्रो। तर्क र बहस त अनेक कोणबाट चलि हाल्छन्। नपाएर हिंडेको महत्वाकांक्षाले थिचिदा यस्तो भएको, युद्धको विफलताको प्रतीक संघर्ष र संगठनबाट थाकेको आदि आदि। परन्तु तयारी हेर्दा र लगानी गरेको देख्दा केही गर्ने साहस र दुसाहस दुबै देखाएको। यस्तै यस्तै……..। जेहोस् जीवन यन्त्रवत् चल्ने वस्तु त पक्कै हैन। आरोह अवरोह भइरहन्छन्। तैपनि कसको मुख कसले थुन्ने ?

विष्टजीको कृषि क्रान्त्तिको सपना लोभ लाग्दो छ। यसअघि काभ्रे र दाङमा कालो धानको खेती थालेका विष्टजीले अहिले घोराही–तुलसीपुर सडक खण्डको विजौरी नजिक ड्रागन फ्रुटको खेती थाल्नुभएको छ। ६६ कट्टा जग्गा १५ वर्षका लागि भाडामा लिएर उहा“ले खेती थाल्नुभएको रहेछ। अहिलेसम्म चौध सय पिलर गाडेर अठइस सय विरुवा रोपि सक्नुभएको छ भने बा“की जमीनमा पनि विस्तार गर्ने सोच सुनाउनुभयो। ठूला विरुवाले दुई वर्षपछि र साना विरुवाले तीन वर्षपछि फल दिन शुरु गर्ने उहा“को भनाइ छ। मेक्सिकोबाट शुरु भएको यो खेती गर्ने नेपाल सातौं देश पर्दाे रहेछ। यसले अपेक्षाकृत सफलता पायो भने यो खेती दाङमा नया नै हुनेछ।

म पनि संगठनात्मकरुपले राजनीतिबाट पर सरेर पत्रकारितातिर लागेको मान्छे हु“ तर राजनीतिका कुरा गर्न अहिलेसम्म छोडेको छैन। राजनीतिक चिन्तन दलभित्र बसेर मात्रै हैन बाहिरबाट पनि मजाले गर्न सकिन्छ। मैले ३३ सालदेखि अखवारी पत्रिकाबाट एक पत्रकारले राजनीति गरेकै छु। श्याम श्रेष्ठको पनि त्यही हो। तर म भन्दा अग्लो हिसाबले। राजधानीमा बसेर पत्रकारिता गर्नु र दाङ जस्ता जिल्लामा बसेर गर्नुमा धेरै फरक छ। श्यामजी पनि विधायक भइसक्नुभएको छ। निकै दिनपछि पारिवारिक दल बलसहित एकाएक पर्यटक जस्तै बनेर हिंड्नु भएछ। एक घण्टासम्म मजाले वात मारियो। उहा“को पनि उही राजनीतिक चिन्ता। जस्तोसुकै भनिए पनि विश्वले नेपालको अहिलेको सरकारलाई लगभग दुई तिहाई बहुमत लिएर आएको कम्युनिष्ट सरकार भनी नौलो घटना मानेको छ। यो सरकार मन, बचन र कर्मले ओरालो नलागे हुन्थ्यो भनेर उहा“को मन ढुकढुक गर्छ जस्तो लाग्यो।

ठ्याक्कै मेरो व्यथा पनि उहा“कै जस्तो हो। अझ म त गर्न केही नसक्ने जस्तै हो। खाली लेखाइ त्यो पनि पत्रकारिताको धर्म निर्वाह गर्दै कति सम्भव होला ? छिमेकी भारतको कांग्रेस र कम्युनिष्ट पार्टी सुकेको देख्दा अच्चमै लाग्छ। नेपालमा विप्लवले बचाउ“छन् भन्ने हो भने भारतको माओवादी सशस्त्र विद्रोह पनि देखियो। नेपालको दश वर्षे जनयुद्ध पनि सम्झौतामै टुंगेको देखियो। तर समाजवादको बीउ समाजभित्रै छ। शोषण, उत्पीडन, गरिवी र विभेदको विष्फोट हो समाजवाद। त्यो त अपराजेय छ। केवल त्यसका रुप फरक फरक छन्। यति कुरा भएपछि श्यामजीहरुलाई घोराहीको भ्यू टावर देखाउन लगें। विश्वकै दोस्रो र एशियाकै पहिलो विशाल उपत्यका मानिने दाङ हेरेर सबै दंग।

सक्रिय संगठनात्मक राजनीतिबाट पृथक रह“दाको मनोविज्ञान पनि बिचित्रकै हुनेरहेछ। मान्छेको स्वभाव निष्क्रिय रहनै नसक्ने खालको हुने रहेछ। आफ्नो परिवेष र क्षमताअनुसार क्रियाशील रहने प्रवृत्ति बहुआयामिक चरित्रलाई जति चा“डो बुझे त्यति नै विकासको गति तीब्र हुने हो। आजभोलि पर्यटन मनग्गे बढेको छ। श्यामजी पनि रारासम्मको यात्रा चलाएर दाङसम्म आइपुग्नु भएको रहेछ। पर्यटन मस्तीमा सकिने कि उद्योग प्रवद्र्धनमा मद्दत पुग्ने आ–आफ्नो दृष्टिकोण र बुझाइमा फरक पर्ने कुरा भयो। वर्षाैंसम्म श्यामजीले पत्रकारिताको साथै नागरिक समाजमा काम गर्नुभयो। दाङ नागरिक समाजको टिममा मैले पनि लामैसम्म काम गरें। श्यामजी र अन्य मित्रहरु दाङ आउनुभयो। हामी पनि उत्ता पुगेर सहभागी बन्यौं। यसपालि त्यसबारे एक शब्द कुरा उठेन। लोकगणतन्त्रको आगमन पछिको नागरिक समाज कस्तो होला ? भविष्यकै गर्भमा छ।

यस साताको एक–एक घण्टाको अलग–अलग बसाइको मेरो निचोड छ– माथिको हिन्दी गीत जस्तै जिन्दगी एक सफर है सुहाना यहा“ कल क्या हो किसने जाना ? भने जस्तै यात्रा कहा“बाट कहा“ टुंगिने निश्चित नभए पनि निरन्तर यात्रा चलिरहनुलाई हाम्रा पुर्खाहरुले पनि ‘चरैवेति चरैवेति’ उहिल्यै भनेका हुन्। नेपालको राजनीतिक यात्रा पनि नेपाल जत्तिकै सेरोफेरोमा सकिने हो। तर यो चक्रझैं चलिरहन्छ। तर पनि फरक के देखिन्छ भने नेपालीहरुको यात्रामा उहिले व्यक्तिहरुले दुःख दिए भने अहिले भीडले दुःख दिइरहेको छ। बन्द, हड्ताल, चक्काजाम, तोडफोड, आगजनी, हिंसा र हैकम सामान्य जस्तै भएको छ। यसले जिन्दगीको यात्रा मनोरम हुन दिएकै छैन। नेपाललाई अघि बढ्नै नदिने यो रोग पक्ष विपक्षको सत्तामोह पहिलो कारण बनेको छ।

वस्तुतः जीवन एक मात्र रसले बन्दै बन्दैन। यो बहुआयामिक छ। यसका सम्पूर्ण क्रियाकलाप विविधताले भरिएका छन्। जसले सबै बेहोर्नु परेको हुन्छ। सबै भोग्नु परेको हुन्छ। एकांगी जीवन कसैको पनि चल्दैन। सभ्य, विकसित र भद्र समाजमा सबै कुरामा तालमेल मिलेको हुन्छ। नमिल्दा मिलाउन बल गरिन्छ। नेपाल पनि त्यही प्रयासमा छ। तर गर्न नदिने र गर्न डराउनेबीच द्वन्द्व छ। आत्मगत स्थितिमा आकांक्षाको धान्न नसकिने भारी छ। बाधा विरोध, तुच्छ स्वार्थ वस्तुगत यथार्थ भइदिएको छ। त्यसैले लोकेन्द्र, श्याम, नारायण, नरेन्द्र, कुलदीप भड्किन सक्छन्। न भड्कियून यत्ति हो चाहना।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top