Free songs
Home / समाचार / संक्षिप्त समाचार / ट्राफिक प्रहरीमा लाइसेन्स र ब्लुबुक !

ट्राफिक प्रहरीमा लाइसेन्स र ब्लुबुक !

घोराही  (युस)– कारवाहीका लागि नियन्त्रणमा लिइएका सवारी चालक अनुमतिपत्रहरु दाङका ट्राफिक कार्यालयहरुमा थुप्रिएका छन्। ट्राफिक नियमविपरीत सवारी साधन चलाउने चालकहरुका चालक अनुमतिपत्रहरु प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्दै आएको छ। तर जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा अहिले करीब दुई सय चालक अनुमतिपत्र र ब्लुबुक रहेका छन्।

कारवाहीका लागि प्रहरीले जफत गरेका ती कागजपत्रहरु लिन सम्बन्धित व्यक्तिहरु नआउ“दा प्रहरी कार्यालयमा थुप्रिदै गएको कार्यालयका प्रशासन शाखाका जवान लालबहादुर देउवाले जानकारी दिनुभयो। सवारी साधन दुर्घटना गराएका, मादक पदार्थ सेवन गरेर गाडी चलाएका, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोकेका, तीब्र गतिमा सवारी साधन कुदाएका चालकहरुका लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएर प्रहरीले जरिवाना गर्दै आएको छ। गाडी र चालकका आवश्यक कागजपत्रहरु जफत गरे पनि सम्बन्धित व्यक्तिहरु लिन नआउ“दा दैनिक संख्या बढ्दै गएको उहा“को भनाइ छ। नियन्त्रणमा लिएको एक वर्षसम्मको पुराना कागजपत्रहरु प्रहरी स“ग रहेको छ।

जिल्लाका अन्य ट्राफिक कार्यालय, अस्थायी पोष्टहरुमा पनि चालक अनुमतिपत्र र ब्लुबुकहरु जम्मा भएका छन्। ट्राफिक नियम पालनामा कडाइ गर्दै गएपछि कारवाहीमा पर्ने चालकहरुको संख्या पनि बृद्धि हुँदै गएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top