Free songs
Home / समाचार / संक्षिप्त समाचार / कृषि पाठशालाबाट ज्ञान सिक्दै किसानहरु

कृषि पाठशालाबाट ज्ञान सिक्दै किसानहरु

 शिवराज पन्थी

गढवा। गढवा–७ धर्मपुरस्थित सिर्जना कृषक समूहकी अध्यक्ष सिर्जना चौधरीलाई आजकल तरकारी खेतीको चटारो छ। उहा“ले गढवा गाउ“पालिकाले सञ्चालन गरेको चार महिने कृषि पाठशालाबाट तरकारी खेती गर्न ब्याडको तयारी, बेर्ना राख्ने, तरकारी रोप्ने, रोग कीराको उपचार र कीूटनाशक औषधिको बारेमा ज्ञान पाएपछि राप्तीको बगरमा तरकारी फलाएर मनग्य आम्दानी गर्न सकेको बताउनुभयो।

त्यसो त गढवा–७ लोखरपुरस्थित शिवशक्ति कृषक समूहका अध्यक्ष शान्ति चौधरीले पनि पहिलो पटक गाउ“पालिकाले सञ्चालन गरेको कृषि पाठशालामा गएर तरकारी खेती गर्ने थुपै्र प्रविधि सिकेको बताउनुभयो। तरकारी खेती गर्नुपूर्व जमिनको तयारी, माटोको उपचार, कीटनाशक औषधिको प्रयोग र बीउविजनको जातको बारेमा यो तालिमबाट धेरै ज्ञान भयो, अब हामीले सजिलैस“ग अर्गानिक तरकारी उत्पादन गर्न सक्छौं’– उहा“ले भन्नुभयो। उहा“हरु जस्तै दुबै कृषक समूहका २५ जना महिलाले तरकारी खेतीकोे तालिम पाएपछि तरकारी खेतीबाट आत्मनिर्भर बन्न सकिने बताउनुभयो।

गढवा गाउ“पालिकाले गत मंसिरदेखि ९० हजारको लागतमा किसानहरुका लागि चार महिने शिव सिर्जना कृषि पाठशाला सञ्चालन गरेको हो। सो पाठशालाको मंगलवार एक कार्यक्रमबीच समापन गरिएको छ। समापन कार्यक्रममा तालिममा सहभागी सबैलाई लिखित परीक्षा लिएर पुरस्कारसमेत वितरण गरिएको गाउ“पालिकाका कृषि शाखा प्रमुख प्रवीण चौधरीले बताउनुभयो।

जस अनुसार डढुवा रोग उपसमूह प्रथम, फेद कटुवा उपसमूह द्वितीय, आ“खा फोरुवा उपसमूह तृतीय र मौरी उपसमूहले सान्त्वना स्थान हासिल गरेको कृषि प्राविधिक अमर चौधरीले जानकारी दिनुभयो। उत्कृष्ट हुने समूहहरुलाई क्रमशः दुई हजार, एक हजार पा“च सय, एक हजार र पा“च सय पुरस्कार प्रदान गरिएको कृषि शाखाले जनाएको छ।

गढवा गाउ‘“पालिकाका प्रेस संयोजक शिवराज पन्थीको अध्यक्षतामा भएको समापन कार्यक्रममा कृषिशाखा प्रमुख प्रवीण चौधरी, कृषि प्राविधिक अमरकुमार चौधरी, स्वान संस्थाका सोनी थारु कुमाल, जेटिए सीता चौधरीलगायतले बोल्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top