Free songs
Home / समाचार / प्रमुख समाचार / आठौं राष्ट्रिय खेलकूद शुरु

आठौं राष्ट्रिय खेलकूद शुरु

कुमार श्रेष्ठ, नेपालगञ्ज
गिरिराज नेपाली, दाङ

घोराही। बुधवारदेखि आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता शुरु भएको छ। शहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगञ्जमा पुरुष हक्कीको उद्घाटन गर्नुभयो भने दाङको घोराहीमा पूर्व युवा तथा खेलकूदमन्त्री दलजीत शेर्पाइलीले टेबुलटेनिस प्रतियोगिताको उद्घाटन गर्नुभयो। ‘आठौं राष्ट्रिय खेलकूद हाम्रो देशमा, पसिना र पौरख आफ्नो देशमा’ भन्ने मूल नाराका साथ यही वैशाख ५ गते विधिवत उद्घाटन हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका खेलहरू भने एकहप्ता अघि बुुधवारदेखि शुुरू भएका हुन्।

बुुधवारदेखि दाङमा टेबलटेनिस, बा“केमा पुरुष हक्की, कपिलवस्तुमा कुुस्ती, ललितपुरमा महिला पुुरुष स्क्वास, रुपन्देहीमा महिला पुुरुष लनटेनिसका स्पर्धा शुुरु भएका छन्। त्यस्तै आज बिहीवारदेखि दाङको घोराहीमा बास्केटबल र बा“केमा फेन्सिङ प्रतियोगिता शुरु हुनेछन्। त्यस्तै वैशाख ४ गतेदेखि दाङको बेलझुण्डीमा फूटवल, ५ गतेदेखि एथलेटिक्स, ६ गतेदेखि तुलसीपुरमा करा“ते, वैशाख ४ गते लमहीमा क्रिकेट प्रतियोगिता शुुरु हुने जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ। चैत ३० गतेसम्म घोराहीमा चल्ने टेबुलटेनिस प्रतियोगितामा सातवटै प्रदेश, विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ क्लवका महिला÷पुुरुष ५४÷५४ जना सहभागी भएका छन्। जसमा मेन्स र लेडिज टिम इभेन्ट, मिक्स, लेडिज र मेन्स डबल र सिंगल प्रतियोगिता हुने भएका छन्।

हक्कीमा प्रदेश ५ र २ विजयी, आर्मी बराबरीमा
बाकेमा भएका तीन खेलमा प्रदेश २ र ५ विजयी भएका छन् भने डिफेन्डिङ च्याम्पियन आर्मीले गण्डकी प्रदेशस“ग बराबरी खेलेको छ। पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई गण्डकी प्रदेशले गोल गर्न दिएन। लगातारकोआक्रमण र ११ वटा पेनाल्टी कर्नर पाए पनि आर्मीले गोल गर्न नसकेपछि अंक बाड्न बाध्य भयो।

दोस्रो खेलमा प्रदेश नं. २ ले ३ नं. प्रदेशलाई ५–० गोलले पाखा लगायो। चारजना राष्ट्रिय खेलाडी रहेको २ नं. प्रदेशले ३ नं. प्रदेशलाई सहजै पराजित गरेको थियो। नेपालगञ्जको मंगलप्रसाद माविको मैदानमा भएको तेस्रो खेलमा ५ नं.  प्रदेशले १ नं.  प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। ५ नं. प्रदेशका लागि सोनु लामा, अमनकुमार र मनिष गुरुङले गोल गरेका थिए। ५ नं.  प्रदेशका प्रशिक्षक निजामुद्दिन सिद्धिकी (मुन्ना) ले खेलाडीले सोचे अनुसारकै प्रदर्शन गरेको बताउनुभयो। ५ नं. प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका रमजान अलि इराकी, हालसालै पाकिस्तान क्याम्पमा परेका मंगल नेपाली, तिलक पौडेल रहेका छन्। पुरुष हक्कीमा ७ नं. प्रदेश र दुईवटा विभागीय टीमले प्रतिस्पर्धा गरिरहेको हक्कीका चिफ कोच विजयन्त शर्माले जानकारी दिनुभयो। महिलातर्फ भने छवटा टीम रहेका छन्।

दाङ खेलकूदको हव : शेर्पाइली

घोराहीमा शुरु भएको टेबलटेनिसको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री दलजीत शेर्पाइलीले आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता प्रदेश नं. ५ को समृद्धिको आधार रहेको उल्लेख गर्र्दै यसले दाङसहित प्रदेश नं. ५ का अन्य जिल्लामा प्रशस्तै पूूर्वाधार थपेको बताउनुभयो। यस प्रतियोगिताले दाङमा अन्तर्राष्ट्रिय खेल मैदानदेखि थुप्रै पूर्वाधार निर्माणमा सघाउ पुु¥याएको उहा“को भनाइ थियो। उहा“ले भन्नुुभयो– ‘आठौं राष्ट्रिय खेलकूूद प्रतियोगिता चुनौतीका साथ प्रदेश नंं. ५ मा सम्पन्न गर्ने निर्णय गरेको थिए“। जुन सार्थक बन्न लागेकोमा खुशी लागेको छ। यस प्रतियोगिताले खेल संस्कृतिको विकासमा योगदान पुु¥याउने छ।’

जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डा“गीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको विशिष्ट आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, राष्ट्रिय खेलकूद प्रतियोगिता विभागका तालिम प्रशिक्षक मीन रानाभाटले शुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो। टेबलटेनिस संघ दाङका उपाध्यक्ष अरुण लहरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला खेलकूद विकास समितिका सदस्य तिलक रावतले गर्नुुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top