Free songs
Home / विचार / अदुवा खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु

अदुवा खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु

शंकरप्रसाद नेपाल

हाम्रो जस्तो पहाडी मुलुकमा आर्थिक आय आर्जन गर्ने स्रोतमध्ये अदुवाबाली पनि एक हो। यसलाई मसलाबालीको रुपमा चिन्ने गरिए पनि विभिन्न आयुर्वेदिक औषधिहरुमा पनि प्रयोग हुने गरेको पाइन्छ। यसको खेती नेपालको पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडी जिल्लाहरु जस्तै इलाम, भोजपुर, धनकुटा, काभ्रे, पाल्पा, गुल्मी, स्याङ्जा, तनहु“, अर्घाखा“ची, सल्यान, प्युठान, दाङ आदि जिल्लाहरुमा व्यावसायिकरुपमा नै खेती गरिन्छ। यी जिल्लाहरुमध्ये सल्यान, भोजपुर र इलामबाट उत्पादन हुने बोसे अदुवा सर्वोत्कृष्ट मानिएको छ। यसको खेती समुद्र सतहदेखि एक हजार पा“च सय मिटर उचाइसम्म गर्न सकिन्छ। अदुवाबाली जमिनमुनि फल्ने भएको हु“दा पानी सोस्न सक्ने, खुकुलो माटो, प्रशस्त प्रांगारिक पदार्थ भएको दोमट माटो नै अति उत्तम मानिन्छ।

जमिनको तयारी ः बीउ रोप्नुअघि जमिनलाई चारदेखि पा“च पटक राम्रोस“ग खनजोत गरी कम्पोस्ट वा गोवर मल २० देखि ३० डोका प्रति कट्ठाको दरले राखी तुरुन्त जोती दिनुपर्दछ। यदि मललाई धेरै दिनसम्म जमिनमा नजोती रहन दिए त्यसमा भएका  तत्वहरु सबै उढेर जाने हु“दा यस बारेमा ध्यान दिनु अति नै जरुरी हुन्छ।
बीउको छनोट ः अदुवाको बीउ छनोट गर्दा रोग, कीरा नलागेको, टुसा निस्कने आ“खा भएको, गानोको तौल ४० देखि ६० ग्रामसम्मको हुनुपर्दछ। धेरै सानो गाना रोप्नु उपयुक्त हु“दैन।

जात ः नेपालमा अदुवालाई रेसाको आधारमा जातको वर्गीकरण गरेको पाइन्छ। जुन अदुवामा बढी नसा हुन्छ त्यसको नाम नस र जुन अदुवामा नसा (रेसा) हु“दैन त्यसलाई बोसे भन्ने गरिन्छ। हाल सल्यानको कपुरकोटबाट उत्पादित अदुवा कपुरकोट–१ नै राम्रो मानिएको छ। किनभने यसमा नसा हु“दैन र गानो कुहिने रोग सहन सक्ने क्षमता छ। यस्तै इलाम, भोजपुरमा उत्पादित अदुवाका जातहरु पनि रेसारहित हुने भएकाले ती अदुवा पनि राम्रो मानिएको छ।

बीउको उपचार ः अदुवा रोप्नु अघि बीउको उपचार गर्नुपर्ने हुन्छ। यदि बीउको उपचार गरिएन भने गानो कुहिने रोग लाग्न सक्छ। त्यसैले त्यसको बचावट गर्न बीउ उपचार गर्नु पर्दछ। बीउ उपचार गर्नको लागि डाइथेन एम–४५ पच्चिस ग्राम र बेभिष्टिन दश ग्रामलाई १० लिटर पानीमा राखी त्यस पानीमा अदुवाको बीउलाई एक घण्टासम्म राखी त्यसपछि निकाली छहारीमा सुकाउने र बीउ सुकिसकेपछि बीउलाई रोप्ने गर्नुपर्दछ। बीउ उपचार गरेकोलाई घाममा सुकाउनुहुदैन।

लगाउने तरिका ः पहाडी क्षेत्रमा अदुवालाई भिरालो जमिनमा लगाइने भएको हु“दा के कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ भने बीउ रोप्ने बेलामा थोरै भए पनि चिस्यान हुनु नै पर्ने हुन्छ । यदि त्यस समयमा चिस्यान भएन भने बीउ उम्रिन गाह्रो हुन्छ। तसर्थ चिस्यानको ख्याल गर्नु पर्दछ। अदुवाको खेती गर्दा एक लाइनदेखि अर्को लाइनको दुरी ३० सेन्टिमिटर र एउटा बीउदेखि अर्को बीउको दूरी २५ सेन्टिमिटरको फरकमा १० से.मि. गहिरो कुलेसो बनाई उक्त कुलेसोमा अदुवाको बीउ (गाना) रोप्नुपर्दछ। बीउ रोपिसकेपछि माथिबाट छदेखि सात सेन्टिमिटर जति माटोले पुरेर त्यसपछि छापो राखी दिनुपर्दछ। बीउ रोपाई गर्दा एउटा कुरा के याद गर्नुपर्ने हुन्छ भने यदि व्रुनिलाई निकाल्ने हो भने बीउ रोपाइ गर्दा प्रत्येक बीउको टुसाहरुलाई एकै तर्फ गराइ रोप्नुपर्ने हुन्छ । यदि यसो नगरी जथाभावी तरिकाबाट बीउ रोपाइ“ गरेमा ब्रुनि निकाल्न सकिदैन । तसर्थ यी कुरामा बढी ध्यान दिनुपर्दछ। यदि ब्रुनि निकाल्ने गरी बीउ रोपाइ“ गरिएको छ भने पा“च महिनापछि रोपेको बीउ (ब्रुनि) लाई निकाल्न सकिन्छ। जस्तै चैतमा रोपाइ“ गरेमा साउनमा निकाल्ने। यसरी ब्रुनि निकाल्दा लगभग ५०÷६० प्रतिशत जति अरु बाली उत्पादन नहु“दै बीचैमा आम्दानी लिन सकिन्छ।

लगाउने समय ः अदुवा बाली लगाउनको लागि उत्तम समय चैतको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म राम्रो मानिन्छ। यदि यस समयमा लगाउन नसकेमा वैशाखको दोस्रो हप्ताभित्रै लगाइ सक्नुपर्दछ। त्यसपछि लगाउ“दा राम्रो उत्पादन हु“दैन।

छापो राख्ने ः बीउ रोपाइ“ गरिसकेपछि अदुवालाई छापो राख्नु अति नै जरुरी हुन्छ। छापो राख्नको लागि धानको भूस या हरियो वा सुकेको पात पतिंगर (स्याउला चा“डै गल्ने) दश सेन्टिमिटर बाक्लो गरी राख्नुपर्दछ। यसबाट चिस्यान बचाइराख्न र झारपात आउन दिदैन। यदि छापो राखिएन भने उत्पादनमा धेरै नै कमी आउने हुन्छ। यसरी रोपेको अदुवा २५÷३० दिनमा टुसाहरु निस्किन थाल्दछन्।

सिंचाई र गोडमेल ः अदुवाको सफल खेतीको लागि तीनपटक सिंचाई गर्नु अति आवश्यक छ। पहिलो सिंचाई बीउ रोप्नु अघि, दोस्रो सिंचाई तीन महिनापछि र तेस्रो सिंचाई १३५ दिनपछि दिनुपर्दछ। पछिल्ला सिंचाईले गानो बढाउने काम गर्दछन् । अदुवा वर्षाको समयमा हुने भएको हु“दा झारपातहरु देखा परेमा हातैले गोडी निकाल्नु पर्दछ। कुटो कोदालोको प्रयोग गर्नु उपयुक्त हुदैन ।

किनभने गानामा चोटपटक लाग्न सक्छ । चोटपटक लागेमा गाना कुहिने डर हुन्छ।

ब्रुनि (माउ बीउ) निकाल्दा के–के कुरामा ध्यान दिने ः ब्रुनि निकाल्नु भनेको जुन बीउ शुरुमा रोपिन्छ त्यही बीउलाई अरु जरा नखल्वलाईकन निकाल्ने प्रविधिलाई नै ब्रुनि निकाल्ने भनिन्छ। यो निकाल्ने काम रोपेको पाच महिनामा गरिन्छ। तर यसरी ब्रुनि निकाल्दा निम्न कुरामा ध्यान दिने गर्नुपर्दछ।
अदुवा रोपाइ“ गर्दा टुसाहरुलाई एकैतर्फ फर्काइ रोप्ने । यसरी रोपाइ“ गरेमा ब्रुनि निकाल्न सजिलो हुन्छ। अन्यथा हुदैन।  ब्रुनि निकाल्दा अरु टुसाहरु नभा“चिने गरी निकाल्ने।

पानी परिरहेको बेलामा ननिकाल्ने। यदि जथाभावी तरीकाबाट बीउको रोपाइ“ भएको छ भने ब्रुनि निकाल्नु ह“ुदैन।

बाली लिने समय ः  अदुवाका बोटहरु चार भागमध्ये तीन भाग जति सुकिसकेका  छन् भने अब बाली लिने समय भयो भनी जान्नुपर्दछ। सामान्यतया तथा अदुवा रोपेको समयदेखि २४५ देखि २६० दिनभित्र अदुवा खनेमा त्यसमा पाइने सबै तत्वहरु प्रचुर मात्रामा पाउन सकिन्छ। यदि हामीहरुले माथि बताएका प्रविधिहरुलाई ध्यान दिइ खेती गरेमा प्रतिकट्ठा १० क्वीन्टलसम्म उत्पादन लिन सकिन्छ।

प्रायजसो हामीहरुले अदुवा खनिसकेपछि त्यसको उचित व्यवस्था (जस्तै ढुवानी तथा भण्डारणको व्यवस्था मिलाउन नसक्दा १० प्रतिशतसम्म सुकेर वा कुहिएर नोक्सान हुने गरेको पाइन्छ। त्यसैले यसतर्फ ध्यान दिनु जरुरी छ। गत वर्ष जे जस्ता गल्तीहरु भए अब यस वर्षदेखि माथि बताइएका प्रविधिलाई ध्यान दिइ खेती सञ्चालन गर्नु हुनेछ भन्दै नया“ वर्ष २०७६ को मंगलमय शुभकामना।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top