Free songs
Home / विचार / वक्तका इन्तजार !

वक्तका इन्तजार !

नारायणप्रसाद पौडेल

राजनीतिक पार्टीचाहि लोकतन्त्रिक तर शीर्ष नेताका कार्यशैलीचाहि“ अलोकतान्त्रिक हुनुको कारण खोज्ने र निदानका उपाय नअपनाउने हो भने भा“डभैलो खतम नहुने भयो। सामन्तवादस“ग लडेर आएका नेता र नेतृत्वले महासामन्तको संस् कार अंगीकार गर्दा सबै पार्टीभित्र अन्तर्विरोध चुलिएको छ। चोखो, निर्मल र निश्छल नेता भेट्नै गाह्रो छ। जो जसले जहा“ जस् तो पद पाएको छ, त्यसैलाई सिंहासन बनाएको छ, कार्यालयलाई सिंहदरबार भनाएको छ। आफैलाई सिंह मान्ने र अरु सबै जन्तुलाई आहारा ठान्ने प्रबृत्तिको अन्त्य भएन। संक्रमणकाल सकिएको केही समयसम्म यस् तै रहने होला। तर सुधारका संकेत समेत देखिएन, अहंकारका आकार र प्रकार बढेको र बदलाको भावनाले शिखर चढेको मात्र भेटिन्छ। लोभले लाभ, लाभले विलापको स् िथति उत्पन्न ग¥यो, मिलाप हुनै दिएन। त्यसैले देश र दलको उन्नति भएन। स् वार्थी व्यक्ति र शक्ति मोटाए। राष्ट्र र राजनीतिको सम्मान घटाए। बर्बाद पारे, आवाद हुने अवसर जुटाउन सकेनन्। दान अनुदान माग्न, दाता खोज्न लगानी सम्मेलन गर्छन्। आन्तरिक विकास निर्माणका झिना मसिना काम थाल्नका लागि पनि विदेशी गुहार्छन्। यस् तो चालाले कसरी उकासिन्छ देश, हुन्छ सुशासन र आउछ समृद्धि ?

नेपाली कांग्रेसका ५१ जिल्ला सभापतिहरु पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध खनिएपछि देउवाले पनि विशेष महाधिवेशन गरेर देखाउन चुनौती दिए। त्यति धेरै जिल्ला सभापतिले लगाएका आरोपमा केही आधार अवश्य पनि होलान्। पुनःमूल्यांकन गरिने, महासमितिको निर्णय विपरीत प्राविधिक गल्ती भेटिए भूल सुधार हुने र लोकतान्त्रिक विधिबाटै आन्तरिक समस् याको हल गर्न सकिने बचन दिएका भए गुटगत भेला नहुन पनि सक्थ्यो। तर मानेनन् र इगोमा गयो। सिटौला, पौडेल र कोइराला पक्षधर मिलेर देउवाविरुद्ध खनिदा कमजोर पर्न सक्ने सम्भावना बढ्यो र दबाब दमदार हुन गयो। सभापतिलाई कमजोर बनाउन मिलेका पौडेल, कोइराला र सिटौलाहरु नेतृत्वमा जानेबेलामा जुट्न सक्दैनन् भन्ने थाहा छ देउवालाई। त्यसैले पनि एकल निर्णयमा अघि बढ्ने आ“ट आएको हो। सुध्रने र सुधार्ने छा“ट देखिएन।
सत्तारुढ कम्युनिष्ट पार्टीमा पनि प्रचण्ड, माधव नेपाल, झलनाथ र वामदेव गौतमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका एकल निर्णयका अनियन्त्रित अग्रगमनलाई संस् थागत, नियन्त्रित र सुव्यवस् िथत बनाउन त चाहन्छन्, तर बहुमत पुग्दैन। कांग्रेसमा जस् तो परिस् िथति नपाकेको र दुई अध्यक्षात्मक प्रयोगको परीक्षण पनि पूरा नभइसकेकोले ‘वक्तका इन्तजार’मा समय व्यतित भइरहेको देखिन्छ। संगठनात्मक शक्तिमा ओलीको सामना गर्नसक्ने सामथ्र्य जुटिसकेको छैन। पार्टी एकता प्रक्रियाको प्राविधिक पक्ष टुंगोमा नपुगेकाले पनि समयको प्रतीक्षा गर्नुको विकल्प रहेन। तर पनि यति भन्न सकिन्छ– बारम्बार बाहिर प्रस् तुत हुने गरेका तुषले भित्रभित्रै उकुस्मुकुस् रहेको सन्देश दिएकै छन्। सहीसलामत नरहेको, आन्तरिक अन्तर्विरोध हल नभएको, विष्फोटका लागि ‘वक्तका इन्तजार’ गरेको मान्न सकिन्छ। पाइलैपिच्छे धराप थाप्ने र धारेहात लगाएर सराप्नेको कमी छैन। कुरोको चूरो त उही हो, उसले खर्लप्पै खायो, मैले पाइन।

राजपा पार्टी बनिसकेको छैन र संयुक्त मोर्चामै सीमित छ। महाधिवेशन गर्ने जमर्को गर्छ, तर गर्न सक्दैन। एक्लै हा“क्न नसक्ने, अर्कालाई कम आ“क्न नछाड्ने, अरुले मानिदिउन्चाहि“ भन्ने, आफूले अर्कालाई मानेर जानचाहि“ नसक्ने समस् यामै जेलिएको छ। अध्यक्ष मण्डलका सदस् यहरु एकल निर्णयका आधारमा बोल्छन्, आपत आइलागेपछि मात्रै बैठकमा जुट्छन्। दुई वर्षमा एकपटक बैठक बस् ने गरेको बताइन्छ। जुट्न र फुट्न नसकेको पार्टी हो त्यो। समाजवादी फोरम फोरमबाट जोरम भन्ने प्रक्रियामै छ। अरु सबै सहिन्छ, उपेन्द्र यादव नै अध्यक्ष चाहिन्छ, जसले अध्यक्ष स् वीकार्छन्, तिनीहरुस“ग एकता प्रक्रियामा गइन्छ, नत्र गइन्न, मूल मन्त्र हो त्यो दलको। पुराना पञ्चहरुका पार्टीमा पनि नीतिभन्दा नेता प्रधान छ। मिल्न खोज्छन्, आफूलाई तराजुमा राखेर अरुस“ग जोख्छन्, आफैतिरको पल्ला गह्रुङ्गो देखेपछि सहयात्रा गर्न सक्दैनन्। मोहनविक्रम सिंह, सिपी मैनाली, नारायणमान विजुकुछे, मोहन बैद्य र विप्लवसमूहको रोग पनि त्यही हो। ठूला माछाले साना माछा खाइदिने डर छ, आफैले नेतृत्व गर्ने रहर पनि छ। अरुलाई भुसुना देख्ने र आफैलाई सर्वज्ञ र मर्मज्ञ हात्ती ठान्ने रहर कहर बनेकोले एक्लिदै, दुब्लिदै र खिइदै गएको देख्दैनन्। पुराणवाचक पण्डितले वरिपरि श्रोता राखेर कथा सुनाउ“दा मन्त्रमुग्ध भएका भक्त देखेपछि सपना साकार हुने जपनामै जिन्दगी सकिएको पत्तो छैन। नेपाली राजनीतिको यो समस् या अझै केही समय यस् तै रहने भयो। बाबुराम भट्टराईको नया“ शक्ति, रविन्द्र मिश्रको विवेकशील साझा र सिके राउतको जनमत पार्टी मिलेमा बौद्धिक जगतमा तहल्का मच्चाउनचाहि“ सक्थे। तर पनि मैं जुजुमान र अरु सबै हनुमान भन्ने रोग हावी छ सबैमा।

बजार हल्ला अनुसार फोरम र नया“ शक्ति पार्टीका बीचमा एकीकरण प्रक्रियाको वार्ता जारी छ। त्यो वार्ता पनि भ्यागुताको धार्नी पु¥याउने प्रयास जस् तो नहोला भन्न सकिन्न। प्रधानमन्त्री भइसकेका बाबुरामस“ग आफ्नै खालका सिङ्, जुरा र अधुरा योजनाका कुरा छन्। उपप्रधानमन्त्री र पार्टी अध्यक्ष रहेका उपेन्द्रस“ग प्रधानमन्त्री र ठूलो पार्टीको अध्यक्ष बन्ने रहर पूरा भइसकेको छैन। प्रचण्ड र ओली जस् तै सहअध्यक्ष रहेर जाने दुबैका प्रयास त्यति लामो समयसम्म टिक्न नसक्लान्।

विवेकशील साझाको रोग नदोहोरिएला भन्न सकिन्न। अदृश्य शक्तिकेन्द्रका आदेश कार्यान्वयन गर्नका लागि भए जतिञ्जेल आशीर्वाद प्राप्त हुन्छ, त्यतिञ्जेल टिक्छ र विक्छ पनि। आशीर्वादको हात र साथ अर्कोतिर फर्केपछि कर्के नजर लगाउन शुरु भइहाल्छ। राजपा र फोरमका बीचमा पनि एकता वार्ताका लागि पत्राचार त भएकै छ नि † छ जनाको टोलीमा मिसिएर सात वा आठजना बन्ने सम्भावना न्यून छ। यसै पनि राजपाभन्दा फोरमको शक्ति कम छैन। अध्यक्षमण्डलको कुनै पनि नेताले अर्काको मातहत रहन मान्दैन, जान्दैन।

नेपालका राजनीतिक दलका पसलले राम्रो फसल उत्पादन गर्न सकेनन्। मनी र मसल, डन, गन र धनकै बर्चश्व छ जताततै। आशीर्वाद दाताले पनि कुन दलमा कति मनी र मसलको बल छ त्यो हेर्छ र तौलन्छ। जताको शक्तिलाई प्रयोग गर्दा काम हुन्छ, बन्छ, उसैलाई कजाउ“छ, भजाउ“छ। कमजोरलाई कजाएर काम लिन सकिन्न भन्ने थाहा छ। विचार र सिद्धान्तका कुरा त कमजोरका हतियार मात्र हुन्छन् अचेल। भाषण गर्दा र लेख लेख्दा काम लाग्ने मात्र हुन्। वास् तविक राजनीति त ड्याङ्डुङ् ढ्याङ्ढुङ्मा निर्भर हुन्छ। त्यही कुरा बुझेर गड्याङ् गुडुङ् गरेको हो विप्लव समूह पनि। तर परिस् िथति त्यति अनुकूल छैन। अदृश्य शक्तिकेन्द्रको आशीर्वाद पनि नआइसकेकोले पर्ख र हेरमै होला। प्रचण्ड र ओलीलाई आशीर्वाद दिने शक्ति एउटै भए दुबैलाई बराबर काखमा राख्न गाह्रो छ धेरै समयसम्म। अर्को विकल्प तयार नहुञ्जेल यस् तै चल्ने होला। दुबैलाई दनक दिने शक्ति जुटाउन समय लाग्छ। समयले पनि मौका खोज्छ। वक्तका इन्तजार सबैलाई छ।

धैर्य, शान्ति र सहिष्णुता छैन कतै पनि। असन्तोषको आक्रोश मात्र व्याप्त छ। जता हे¥यो उतै भताभुङ्ग र लथालिङ्ग देखिन्छ। भत्काउन र बिगार्न मात्रै सिपालु रहेछन्। बनाउने र मनाउने बर्कत र बुद्धि रहेनछ कसैस“ग। सबैले एकअर्कालाई भत्काउन र बिगार्न मात्रै लाग्दा बन्ने भएन। बनाउने दिन आएन। विकास भएन। निकास आएन। लगानी जति सबै बिगार्नकै लागि प्रयोग भयो। त्यसैले त ठग ठेकेदारले बनाएका पुलहरु उद्घाटन गर्न नपाउ“दै धसिन्छन्। कालोपत्रे बाटाका खाटा महिनादिनमै उप्कन्छन्। भवन भत्काउछ हावाले। नेताका दाहिने हात र खुट्टा हुन् ठग ठेकेदारहरु। माफियाले मुलुक चलाउ“छन्, सरकार गलाउछन् र ढलाउछन् भनेर मन्त्रीले नै भन्छन्। अरुका कुरा उस्तै हुन्छन्। बिगार्ने हैन, देश र समाज सिंगार्ने दल र नेताको इन्तजार गर्दागर्दै जाने भो यो एकबारको जुनी पनि।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top