Free songs
Home / अन्तर्वार्ता / घोकाएर होइन, बुझाएर पढाउने गर्छौं

घोकाएर होइन, बुझाएर पढाउने गर्छौं

 ई. अनन्तराज घिमिरे
अध्यक्ष– गुरुकूल एकेडेमी रतनपुर, दाङ

व्यावहारिक ज्ञान र नैतिक शिक्षण सिकाइलाई प्रमुख लक्ष राखेर स्थापना भएको गुरुकुल एकेडेमीले सञ्चालनको चौथो वर्षमा प्रवेश गरेको छ। शिक्षण सिकाइलाई व्यावहारिक बनाउँदै हरेक बालबालिकालाई नैतिकवान बनाउने गुरुकुलले जिम्मा लिएको दाबी गर्दै आएको छ। घोराही–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले स्थापनाकालमा विभिन्न चुनौतीको सामना गर्नुपरेको थियो। चर्को शुल्क, आवश्यकताहीन जस्ता प्रश्नहरु गुरुकुलका लागि थिए। स्थापना भएको चार वर्षमा गुरुकुलको शिक्षण सिकाइमा भएको सुधार, अनुभव, आवश्यकता र बालबालिकाको शैक्षिक भविष्यप्रतिको चिन्ताका विषयमा युगबोधकर्मी निमुसंगम घर्तीले एकेडेमीका अध्यक्ष इञ्जिनियर अनन्तराज घिमिरेसँग गर्नुभएको कुराकानीको सारसंक्षेप। –सम्पादक

गुरुकुल एकेडेमी स्थापना भएको चौथो वर्ष हुन लाग्यो । कसरी अघि बढिरहनुभएको छ ?

स्थापना हु“दाका क्षणहरू हिजो जस्तो मात्र लाग्छ । समयलाई हेर्दा चार वटा वर्षहरू बितिसके। अनुभवले केही निखारता अवश्य ल्यायो तर समग्रमा यस संस्था स्थापनादेखि हालसम्म बिताएको समय भनेको बामे सरेको मात्र हो। आजका दिनसम्म विद्यालयले भौतिक संरचना तथा मानव स्रोत साधन जुटाउदै खर्चेको समय हो। बालबालिकाको आधार निर्माण गरेको मात्र समय हो। यिनै बालबालिका यस विद्यालयका स्तम्भ हुन् जसले भोलि राष्ट्रको सपना साकार गर्नेछन्। आज गुरुकुलले ल्याएको परिवर्तनलाई हेर्दा अन्य विद्यालयहरूले पनि अनुशरण गर्दै गएको देख्न सकिन्छ। जस्तै दण्ड नभइ माया, नवीनतम शैक्षिक प्रविधि, यातायातमा सुधार आदि यो देख्दा खुशी लाग्छ। अबका दिनहरूमा अझ सचेतताका साथ फरक ढा“चामा सिकाइलाई उपलब्धिमूलक बनाएर लैजाने, विद्यालयहरूको भीडमा नमूनाको रूपमा प्रस्तुत हु“दै भोलिको परिवेशमा स्वनिर्भर भई राष्ट्रलाई विकास र समृद्धितर्फ उन्मुख बनाउने नागरिक तयार गर्नु नै विद्यालय परिवारको उद्देश्य रहेको छ। शिक्षामा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, बालबालिकाले इच्छा र समाजको आवश्यकता मध्यनजर गर्दै सिकाइमा कसरी आमूल परिवर्तन गर्न सकिन्छ भनेर लागिरहेका छांै। अवश्य शैक्षिक वर्ष २०७६ अझ प्रभावकारी र लक्षउन्मुख भएर जानेछ।

अहिले विगतलाई कसरी सम्झनुहुन्छ ?

सम्भावना र चुनौती पूरक हुन् । समाज कतातिर लम्कदैछ भन्ने साझा सवाल हो। शिक्षा राष्ट्रको खम्बा हो । यदि खम्बा डग्मगायो भने संरचना धरापमा पर्न सक्छ। यसर्थ विभिन्न गरिब राष्ट्रहरूको इतिहास हेर्दै जा“दा प्रमुख कारण अशिक्षा साथै शिक्षा भए पनि अव्यावहारिक भएको हु“दा व्यावहारिक र प्रयोगात्मक शिक्षाको अपरिहार्यतालाई देखेर हामी स्थानीय व्यक्तिहरूको टिमले सा“च्चै आफ्नै ठाउ“मा एउटा नमूना विद्यालयको स्थापना जरुरी महसुस ग¥यौं र अन्तमा गुरुकुल स्थापनाको मार्ग रोज्यौं। आजको समयमा थुप्रै विद्यालय यत्रतत्र भेट्न सकिन्छ। ती पुरानै शैलीमा चलिरहेका र चलाइएका छन्। जसबाट केही बालबालिका अब्बल या नेतृत्वमा पुग्छन् वा पुग्न सक्लान् तर धेरैको भविष्य अन्यौलतामै रुमल्लिएको पाइन्छ। गुरुकुलको आवश्यकता भन्ने विषय स्पष्ट छ। हरेक बालबालिकामा अन्तरर्निहित प्रतिभा हुन्छ जसलाई प्रस्फुटन गराउने भनेको शिक्षाको जिम्मेवारी हो। अब स्रोत र साधनको पर्याप्तता नहुने हो भने बच्चाले अवसर पाउदैन । अवसर नभए प्रदर्शन हुन सक्दैन। यसर्थ दाङको परिवेशमा गुरुकुल चार वर्षअघि नभएर २० वर्ष अघि नै थियो। अझ हामी त ढिला भयौं, शुरुआत अहिले नगरे कहिले ? विगतका चुनौतीहरूलाई सम्झदा अलमलमा परिन्छ।

हो, धेरै बाधा व्यवधानहरू नआएका होइनन्। जिम्मेवार व्यक्तिहरूले समेत विभिन्न समस्या खडा नगरिदिएका पनि होइनन्। कतिले त होटेल हो कि विद्यालय भनेर प्रश्न समेत गरेको आजै जस्तो लाग्छ। तर अप्ठ्याराहरूबीच समाधानले पनि पच्छ्याएका छन्। सहयोगी मनहरू पनि नभएका होइनन्। यहाहरूजस्तै सकारात्मक सोच राख्ने सञ्चार माध्यम, पत्रकार बन्धुहरू, अन्य मित्रहरू साथै अभिभावकहरूको सहयोगले विद्यालय अघि बढ्दै गयो र ती चुनौतीहरू पार गर्दैै आज यो स्थानसम्म आइपुगेको छ। जसले शुरुमा विरोध गर्नुभयो, आज उहाहरू नै एउटा सिट भर्ना गरिदिनुप¥यो भन्दै आउनुहुन्छ। यही नै हाम्रो मुख्य उपलब्धि हो जस्तो लाग्छ।

शिक्षण सिकाइमा गुरुकुलको विशेषता के हो ?

गुरुकुल शैक्षिक र अतिरिक्त दुबै क्रियाकलापद्वारा व्यावहारिक ज्ञान र सीप प्रदान गरिरहेको विद्यालय हो। अब अतिरिक्त क्रियाकलापहरू त यहा“हरूले देख्दै र सुन्दै आइरहनुभएको छ। र,  अर्को महत्वपूर्ण पक्ष शिक्षण सिकाइमा पनि हामीले गम्भीरतापूर्वक नीति निर्माण गरी कार्यान्वयन गरिरहेका छौं। शिक्षा मनोविज्ञान र बाल मनोविज्ञान दुबैका सिद्धान्तलाई मूर्तरूप दिनेतर्फ हामी अग्रसर छौं। हामी कुनै पनि बालकलाई सिकाइका लागि असक्षम भन्दैनौं । बरु फरक–फरक विधि र प्रक्रियाद्वारा उसमा विचार र विवेकको उदय गराउ“छौं। सिकाइ दिगो हुनुपर्छ। घोकेका कुरा केही समयसम्म मात्र हुन्छ । त्यसकारण हामीले बालकलाई घोकाएर होइन बुझाएर पढाउने गर्छौं। भाषिक विषयहरूलाई हामी पर्याप्त भाषिक वातावरण दिएर, अभ्यास र पुनरावृत्ति गराएर, एकीकृत कार्यक्रम सञ्चालन गरेर अघि बढिरहेका छौं। सामाजिक र पेशा व्यवसायजस्ता विषयको लागि सम्बन्धित क्षेत्रमै गएर अवलोकन, प्रश्नोत्तर, सीप सिकाइजस्ता क्रियाकलाप सञ्चालन गरिरहेका छांै। त्यस्तै अत्याधुनिक शैक्षिक प्रविधिको प्रयोगद्वारा भिडियो, अडियो पावर प्वाइन्ट कक्षा र व्यवस्थित पुस्तकालयको अधिक उपयोग गरेर शिक्षण सिकाइ अघि बढाइरहेका छौं। यसरी तालिमप्राप्त दक्ष, अनुभवी शिक्षक÷शिक्षिकाद्वारा विशिष्ट विधि र पद्धति अवलम्बन गरेर शिक्षण गर्नु नै गुरुकुलको शिक्षण सिकाइको विशेषता हो।

तपाईले गुरुकुलको अध्यक्षसगै शैक्षिक क्षेत्रको जिम्मेवार पदमा बसेर काम गर्नुहुन्छ, समयअनुसारको शिक्षालाई पछ्याउन सकिएको छ त ?

महत्वपूर्ण प्रश्न गर्नुभयो। समाजलाई कतातिर लैजाने, राष्ट्रको उद्देश्य र अस्तित्वजस्ता महत्वपूर्ण विषयहरू शिक्षास“ग प्रत्यक्ष सरोकार राख्छन्। सरकारले विभिन्न नीतिहरू ल्याउ“दै गर्दा शिक्षामा समेत केही परिवर्तन नल्याएको होइन तर समाज रूपान्तरण गर्न विकसित देशहरूमा भएका सकारात्मक परिवर्तन हेर्दा शिक्षा नीतिमा विशेष ख्याल राखिनुपर्ने देखिन्छ। विगतदेखि सिक्दै सिकाइ“दै आएको विषयवस्तुलाई विस्तारै परिमार्जित गर्दै टेक्नोलोजीलाई साथमा लिइ संस्कार र व्यावहारिकतास“गै शिक्षालाई समायोजन गर्न सकेमा अवश्य नमूना उपयोगी देखिन्छ जुन प्रयोग गुरुकुल एकेडेमीमा प्रयास भइरहेको छ। समयसापेक्ष शिक्षामा परिवर्तनको शुरुआत गर्न कहिल्यै पनि ढिला हु“दैन । यसर्थ हामीले शुरु गरिसकेका छौं। अवश्य अन्य सबैमा यो परिवर्तन ढिलो या चा“डो आउने आशा गर्न सकिन्छ। पाठ्यक्रम महत्वपूर्ण आधार हो। राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय पाठ्यक्रमलाई समायोजन गरेर अघि बढ्न सकेमा बालबालिकामा नया“ सोच र आत्मविश्वास जागरुक हुन्छ । जसले गर्दा क्षमता अभिबृद्धि हुनका साथै शिक्षामा लगाव देखिन्छ। व्यवहार उपयोगी शिक्षा आजको आवश्यकता हो, जुन यस विद्यालयले यस विषयलाई महत्वका साथ लिएको छ।

अहिलेको शिक्षा आदर्शमा मात्रै सीमित भए, व्यावहारिक भएन भन्ने पनि छ। गुरुकुलले दिने शिक्षा व्यावहारिकसगै सीपमूलक छ त ?

गम्भीर प्रश्न उठाउनुभयो। आदर्शलाई व्यवहारमा परिणत गर्ने त हाम्रो मूल ध्येय नै हो र त्यही पथमा हामी सफलतापूर्वक यात्रा गरिरहेका छौं। कहीं कतै कसैले गुरुकुलको शिक्षा आदर्श मात्रै हो। व्यावहारिक होइन भन्न पनि सक्छ तर हाम्रा सम्पूर्ण शैक्षिक क्रियाकलापहरू व्यावहारिकतामा आधारित छन्। जस्तै बालकलाई सद्गुणी, सदाचारी र सहयोगी बनाउन हामी हाम्रा धर्म र संस्कृतिका अनेकन दृष्टान्त दिएर सामाजिक उत्तरदायित्व पूरा गर्न प्रेरित गर्छौं। जस्तोसुकै कठिन र अभावको वातावरणमा पनि आधारभूत कुराको जोहो गर्न सक्नुपर्छ र त्यो सीप चाहिन्छ भनेर हामीले ऋयिकभ ऋबmउ एक हप्तासम्म सञ्चालन गरेका थियौं। यो पनि त व्यावहारिक शिक्षा हो। गाई फार्म, च्याउ खेती, तरकारी खेती, बङ्गुर पालनजस्ता कृषिका सीप सिकाउन हामीले गरेका क्रियाकलाप त मैले अघि नै भनिसकें। हाम्रा नृत्य, करा“ते, सङ्गीतजस्ता अतिरिक्त क्रियाकलाप पनि सीपमूलक शिक्षा नै हो। यसलाई तपाइ“ अलग गर्न सक्नुहुन्न । त्यसैले व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गर्न गुरुकुलले कुनै कार्यक्रम बा“की राखेको छैन र राख्ने पनि छैन। हाम्रा उत्पादन अर्थात विद्यार्थीहरूका आचरण, सीप र भविष्यमा उनीहरूले अपनाउने पेशा, व्यवसायले पनि यस कुरालई पुष्टि गर्नेछ भन्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु।

ट्युसन, होस्टेल, अतिरिक्त क्लासका नाममा जबरजस्ती घोकन्ते शिक्षा दिने र बालबालिकाको मनोविज्ञान नबुझ्ने समस्या त छ नि ?

प्रथमत ः शिक्षा कस्तो, के का लागि भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। दोस्रो बालबालिकाको रुचि भन्ने कुरा आउ“छ। हो, यहा“ले भनेझैं मनोविज्ञान नबुझी जबरजस्ती शिक्षा लाद्ने काम नभएको होइन। क्षमताअनुसार मात्र बोझ उठाउन सकिन्छ। यो विषयमा विद्यालय, शिक्षक, अभिभावक सबैको बराबर जिम्मेवारी देखिन्छ। आजको युगमा यस्तै पुरानै प्रवृत्तिमा जोड दिने हो भने परिवर्तन कदापि हुन सक्दैन । यसको परिणाम केवल शून्य हुन आउ“छ। अझ भन्नुपर्दा यसलाई अपराधको संज्ञा दिन सकिन्छ। यसलाई मार्गनिर्देशन गर्न सरकारबाटै शिक्षामा फरक कदमहरू चालिनुपर्छ। साथै विद्यालय व्यवस्थापकहरूले पनि सोचमा परिवर्तन गर्नुपर्छ र महत्वपूर्ण त अभिभावकहरूको प्रत्यक्ष सरोकारको आवश्यकता हुन्छ । जसमा आफ्ना छोराछोरीको क्षमता र रुचि पहिचान गर्न नितान्त आवश्यक हुन्छ। यसरी यहा“ले भनेझैं विभिन्न शीर्षकमा राखेर उद्देश्यअनुरूप उपलब्धि नभएमा पुनः विद्यार्थी र अभिभावक चपेटामा पर्ने देखिन्छ तर आवश्यकताअनुरूप सिकाइ भने अति आवश्यक भएको मानिन्छ। अब ट्युसन, अतिरिक्त कलास भनेका ती चिज हुन् जब अभिभावकले घरमा समय दिन सक्दैनन्, होस्टेल भनेको अभिभावकभन्दा टाढा भएका नानीबाबुहरूकालई दिइने सेवा हो । गुरुकुलभित्र रहेर हेर्दा विद्यालयबाट सकेसम्म आवास प्रयोग नगर्न सल्लाह दिइन्छ र आवश्यक परे मात्र थप पढाइको व्यवस्था गरिएको छ। अझ यस विद्यालयमा समय नै अलि बढी भएको हुदा अतिरिक्त क्लास त्यति आवश्यक मानिदैन। बालमनोविज्ञान र रुचि महत्वका विषय भएकाले विद्यालयले सबै क्रियाकलापलाई महत्वका साथ लिएको छ।

तपाइंहरू के कुरालाई विश्वास गर्नुहुन्छ र अन्य स्कूलको भिडमा फरक शिक्षा दिनुहुन्छ ?

हो, विद्यालयहरूको भिडमा आफूलाई फरक मानी उभ्याउनु आफैमा अभ्यास रहेको छ। हाम्रो विद्यालयको महत्वपूर्ण स्तम्भहरू छन्, पाठ्यक्रममा हामी स्थानीय र अन्तर्राष्ट्रिय पाठ्यक्रम मिश्रण गर्छौं, जसले गर्दा आज हाम्रा विद्यार्थीहरू आफूलाई ग्लोबल सिटिजनका रूपमा चिनाउ“छन्। विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिने गरेको छ जसमा ‘लर्निङ बाइ डुइङ’, र ‘थिम्याटिक लर्निङ’ लाई महत्वका साथ लिने भएकाले हाम्रा बालबालिकाले जति बुझेका छन् त्यो बिर्सन उनीहरूलाई गाह्रो पर्छ। विद्यालयलाई फरक बनाउन मद्दत गर्नु अर्को सबल पक्ष यस विद्यालयको व्यवस्थापन पक्ष हो। जसको योजना र कार्यान्वयन तीव्र र समयसापेक्ष छ। विद्यालयको शिक्षक र कर्मचारीहरू मिहिनेत र पेशाप्रति इमान्दार हुनुहुन्छ र सबैको लक्ष एउटै हुनु नै बलियो पक्ष हो। जसका कारण विद्यालय आज यो सिढीसम्म उक्लन सफल भएको छ। म गर्वकासाथ भन्न सक्छु यस विद्यालयले असल र योग्य शिक्षकहरू पाएको छ र सबैलाई विद्यालयको वातावरणमा रमाउने अवसर मिलेको छ। विद्यालयले शिक्षा, संस्कार र संस्कृतिको अवधारणा आत्मसात गर्नु नै भिडमा फरक हुनु हो।

भवन रंगीचंगी, तामझाम, गाडी, सुविधा देखाएर चर्को शुल्क उठाउन निजी विद्यालय अग्रसर छन् भन्ने आरोप तपाइहरूलाई छ नि ?

धन्यवाद, यो प्रश्न देशकै प्रश्न हो। चर्को भन्ने शब्दलाई कसरी परिभाषित गर्ने महत्वपूर्ण विषय छ। हरेक कामका सबल एवं दुर्बल पक्ष भएझंै विद्यालय शिक्षाका समेत पक्षहरू छन्। आजको समयमा समाज मनोरञ्जनउन्मुख भइरहेको अवस्था छ। जसमा हामीले बुझ्न के जरुरी छ भने केलाई महङ्गो भन्ने र केलाई सस्तो भन्ने ? शिक्षालाई सस्तो बनाएर गुणस्तरमा कमी गरेर शिक्षित बेरोजगार उत्पादन गर्ने या स्तरोन्नतितर्फ लाग्ने ? मनोरञ्जनमा जति पनि खर्च गर्न सक्ने तर शिक्षामा अलिकति खर्च गर्दा चर्को महसुस गर्ने यो समाज कता हि“डिरहेको छ ? यसर्थ आवश्यकताअनुरूप समयसापेक्ष व्यवस्था गर्न जरुरी छ। हामीलाई लाग्छ अनावश्यक महङ्गो शुल्क लिएका छैनँंै। नेपालकै राजधानीदेखि अन्य शहरहरूका विद्यालयले खाना, खाजा र अन्य सुविधाहरूबाहेक र सुविधासहित २५ हजारदेखि एक लाख रूपैया“सम्म मासिक शुल्क लिने गरेका छन्। जसलाई हेर्दा नेपाल राज्यभरि नै यति धेरै सुविधासहित न्यूनतम मासिक आठदेखि १० हजार रूपैया“मा पढाउने विद्यालय गुरुकुल हो। शुल्क लिएअनुसार सेवा सुविधा थपेर दिएका छौं। वास्तवमा भन्नुपर्दा अभिभावकले अलिकति मात्रै मनोरञ्जन र अव्यवस्थित खर्चलाई कटौती गर्ने हो भने गुरुकुलमा पढाउन सजिलो छ। सुविधा प्रदान गरेभन्दा कम शुल्कमै विद्यार्थीलाई पढ्ने वातावरण गुरुकुलले दिएको छ। केही समय यता अभिभावकहरूले आफ्ना बालबालिका देहरादुन, नैनीताल जस्ता देश बाहिर र राजधानीतर्फ लगेर आवासमा राखी पढाउने चलन÷इच्छा देखिएको छ। जुन कुराको भविष्य अन्यौलपूर्ण छ । किनभने बालबालिका घरकै खाना, सॉझ बिहान परिवारको निगरानीभन्दा बाहिर भयो भने बालमनस्थितिमा पर्ने प्रभाव आदिलाई हेर्दा अभिभावक पछुताउनुसिवाय केही हुनेछैन। म फेरि भन्न चाहन्छु काठमाडांै, देहरादुन, नैनीताल वा अन्य कतै सबैको विकल्प तर सुधारको अब्बल एक मात्र संस्था ‘गुरुकुल’ हो। जो यहाहरूकै घरआगन दाङमा छ।

समयअनुसार व्यावहारिक सीप र ज्ञानसहितको रोजगारमूलक शिक्षा दिनम गुरुकुल कति जिम्मेवार छ ?

हजुर एकदम, गुरुकुल व्यावहारिक सीप र ज्ञानसहितको रोजगारमूलक शिक्षा दिन शतप्रतिशत जिम्मेवार छ र हरेक शैक्षिक संस्था यस पक्षमा जिम्मेवार हुनु पनि पर्छ। शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्था बोक्रे आदर्श र बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो बन्नु नै राष्ट्रकै एउटा गम्भीर अनि मननीय समस्या हो। एक्काइसौं शताब्दीको विश्वव्यापी माग धान्न सक्ने अथवा भनौं प्रतिस्पर्धा गर्न सक्ने व्यावहारिक, सीपमूलक र प्राविधिक जनशक्ति उत्पादनमा अब सबै शैक्षिक संस्थाले जोड दि“दै शिक्षाबाट राष्ट्रको समग्र मुहारमा क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने मान्यता गुरुकुलको छ। त्यसकारण अन्त्यमा म के भन्न चाहन्छु भने हामी सबैसग हातेमालो गर्दै, सीपमूलक दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रको चौतर्फी विकासमा हिड्दैछँंै। आउनुहोस् राष्ट्र निर्माणको यो यात्रामा एकजुट होऔं।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top