Free songs
Home / विचार / कुलोपानीमा शक्ति प्रदर्शन

कुलोपानीमा शक्ति प्रदर्शन

युवराज शर्मा

दाङ जिल्लामा भएका सिंचाई कुलोपानीमा परम्परागत रीतिथितिहरु छन्। सबै प्रकारका रीतिथितिहरु मौखिक छन् र मान्यताप्राप्त छन्। कतिपय लिखित भए पनि धेरै मौखिक छन्। जसलाई पूराना पुस् ताहरले सहर्ष स्वीकार गर्छन् भने नया“ पुस् ताले कम मात्रामा अनुकरण गर्छन्। यस् तो परम्परा हिजो पनि थियो आज पनि छ। तर युवा पुस् ताले परम्परागत रीतिथितिहरुलाई पालन गर्नु हुन्न भन्छन्। त्यस् ता वर्गका व्यक्तिहरु पढेलेखेका भए पनि उनीहरुमा शिष्टता, मर्यादा र अनुशासन पाइन्न। हुन त देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आयो। संघ, प्रदेश र स् थानीय तहका संरचनाहर बने। स् थानीय तहको सरकारका आफ्नै भनाइ छन्। वडाध्यक्षहरु वडाका जिम्मेवार र जवाफदेही बनेका छन्। तर नागरिकहरुस“गको व्यवहार धेरै वडाध्यक्षको राम्रो पाइन्न। पञ्चायती शैलीको वडाध्यक्ष जस् तो बन्छन्। उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको झलक देखाउ“दैनन्। गाउ“–गाउ“मा नेताहरु जागेका छन्। बोली र व्यवहारमा नया“पन छैन। पुरातनशैलीको हैकमवाद छ। कृषि व्यवसायीहरुका लागि उनीहरुको जीवनस् तर उठाउन सक्ने कार्यक्रम ल्याएका छैनन्। उनीहरु भन्छन्– सहकारीमार्फत् खेतीमा विकास गर। त्यसमार्फत् खेती र कुलोपानी बनाऊ। त्यस् ता सहकारी समूहका अध्यक्षहरु भन्छन् कमिशन नपाएसम्म सिफारिस गर्दैन। यस् तो वातावरण सहकारी समूहमा भए पछि कृषिको विकास र सिंचाई कुलो कसरी बनाउने ? गाउ“ले किसानहरु सोचनीय अवस् थामा छन्। उनीहरुको पक्षमा उनीहरुको समस् यालाई कसैले सुन्दैन। त्यसकारण किसानहरुले कृषि विकासको अवसर पाएका छैनन्। सिंचाई कुलो पक्की बनाउन सकेको अवस् था छैन। यो अवस् थाहरुबाट किसानहरु पीडित भएको बुद्धिजीवीहरु, राजनीतिक विश्लेषकहरुले सुनाउछन्।

कुलापानीका अध्यक्षहरु पुरानतशैली र हैकमवादमा प्रशासन गर्छन्। त्यस् ता अध्यक्ष भएको कार्य समिति पनि क्रियाशील छैनन्। त्यसमध्येको बालिम सिंचाई जल उपभोक्ता कृषक संस् था पनि एउटा हो। यो संस् था सिंचाई डिभिजन कार्यालय तुलसीपुर दाङबाट स् वीकृत छ। उक्त नामबाट दर्ता पनि छ। यसलाई कानुनी मान्यता छ। यसका नियम विनियमहरु धेरै लिखित छन् भने धेरैमध्ये कतिपय अलिखित छन्। परम्परागतरुपमा रीतिथितिबाट चलेका छन्। तिनीहरुलाई कार्यसमितिप्रति जवाफदेही बन्न सकेको अवस् था छैन। व्यक्तिको आशयमा इच्छानुसार अध्यक्षले काम गर्ने गरेको भन्छन् जलउपभोक्ताहरु। यसबाट स् पष्ट छ कि कार्यसमितिका पदाधिकारीहरुले पाएको पद पुरानो जिम्दारी प्रथा जस् तो देखिन्छ। यहा“ सरल, सहज र स् वच्छ वातावरण छैन। कुलोपानीमा पनि दलीय व्यवहार गर्छन्। यो ज्यादै घिनलाग्दो अवस् था हो। सरकार नेकपाको छ तर कुलोपानीमा हैकम नेपाली कांग्रेसका कार्यकर्ताको छ। यी दुबै दलहरुको व्यक्ति विशेषले कृषि व्यवसायीहरुलाई दुःख पु¥याएको वातावरण छ। यसको छानबिन कुन सरकारले गर्ने हो संघीय, प्रदेश र स् थानीय तह ? पर्खाइमा किसानहरु छन्। भनिन्छ गाउ“मा सिंहदरवार पुग्यो। तर सिंहको तस् िवर पनि गाउ“मा आएन। कुलोपानीका समस् याहरु हेर्ने को ? एक आपसमा भएको गुटबन्दीले गर्दा कतै भएका कागजपत्र पनि गुम हुने त होइनन् ? कार्यसमितिप्रति शंका गर्छन् व्यवसायीहरु। गुटवन्दीका कारणले पुराना रीतिथितिहरु मास् ने, कागजपत्रहरु धुलाउने, सडाउने, जलाउने क्रियाकलाप अपनाउन सक्ने आशंका गर्छन्– कुलोपानीका उपभोक्ताहरु।

बालिम कुलो बालिम खोलाको पहिलो कुलो हो। यस कुलाले प्राचीन समयमा सर्वोच्च अदालतमा मुद्दा खेप्नुपरेको तितो अनुभव पुराना वासिन्दाहरुले सुनाउ“छन्। त्यस समयका कुलोपानी सञ्चालक बमबहादुर शाह हुनुहुन्थ्यो। उहा“ले बसालेका नीति नियमहरु नया“ पुस् ताहरुले सञ्चालन गर्दा कार्यान्वयनमा शक्ति प्रदर्शन गरेको देखियो। कुलोपानीमा परम्परागत नीतिनियमहरु हुन्छन्। तर कुलापानीमा शक्ति प्रदर्शन गर्नु वर्तमान समयमा युवाहरुको मूर्खतापूर्ण कार्यशैली देखिएको बताउ“छन् रीतिथिति मान्नेहरु। पुराना वासिन्दाहरुमध्ये नया“ पुस् ताहरु रीतिथिति विगार्ने दलीय भावनाले कुलोपानीमा शक्ति प्रदर्शन गर्ने जस् ता प्रवृत्ति अपनाउ“छन्। कुलोपानीका प्रथम सञ्चालक वमबहादुर शाहको निधन भएपछि कुलोपानीमा थिति बिग्रदै गएको थियो। तर पदमप्रसाद पौडेलले सम्हाले पछि रीतिथिति व्यवस् िथत भयो। उहा“ले केयर नेपाल संस् थाबाट ऋण लिएर कुलो पक्की बनाउनुभयो। उहा“को निधनपछि युवा पुस् ताले सञ्चालनको जिम्मेवारी लिए पनि रीतिथितिहरु व्यवस् िथतरुपले चल्न सकेन। एकले अर्कोलाई दोषारोपण गर्ने काम गर्छन्। आफ्ना गुणहरु उपभोक्ताहरु माझमा देखाउन सकेका छैनन्। पहिलेका वमबहादुर शाह र पदमप्रसाद पौडेलहरुले कुलोपानीको सञ्चालक भएका समयमा तलव खानुभएन। उहॉहरुले निःस्वार्थ सेवा गर्नुभयो। त्यसपछिका व्यक्तिहरुले तलव खाने व्यवस् था गरे। जहा“ पनि उनीहरुले पारदर्शिता, जवाफदेहीता, आर्थिक पारदर्शिता देखाएनन्। दण्ड जरिवाना गर्ने, आफ्ना मान्छेस“ग रकम नलिने र अरुस“ग रकम असुल्ने गर्छन्। त्यसको हिसाव उपभोक्ताहरुलाई सुनाउ“दैनन् भन्छन् जलउपभोक्ताहरु।

कुलोपानीस“ग सम्बन्धित भयरथान छ। यहा“ चार कट्ठा जग्गा हो। यसको बीचमा एउटा पिपलको रुख छ। त्यहा“को जमिनलाई तारबार गर्न स् व. वमबहादुर शाहकी धर्मपत्नीले वर्तमान सञ्चालक पूर्ण खत्रीलाई आफूले खर्च व्यहोर्ने थिए बनाई दिनोस् भनेको कुरा खत्रीले सुनाउ“छन्। तर यसतर्फ कुलोपानीका सञ्चालक पूर्ण खत्रीको ध्यान गएको पाइन्न भने २ नंं. वडा कार्यालयको दृष्टि पुगेको छैन। घोराही उपमहानगरपालिका वडा नंं. २ ले निर्माणको व्यवस् था मिलाइदिनुपर्ने हो। यो भयरथान पुरानो हो। त्यसको उदाहरण त्यहा“ भएको पिपल रुखले दर्शाउ“छ। त्यस भयरथानको जमिनको सधियारहरुले आ“ठो मिच्ने काम गरेका छन्। त्यहा“का वासिन्दाले अन्न भिœयाउ“दा भयरलाई चढाउने मूलथलो हो। तसर्थ भयरथानको संरक्षण गर्ने काम यसलाई घोराही उपमहानगरपालिकाले छोडेको छ। यस भयरका संरक्षक पनि नगर प्रमुख नरुलाल चौधरी भएको हु“दा यसतर्फ ध्यान पु¥याइदिन स् थानीयहरुको आग्रह छ। यसै आर्थिक वर्षमा बन्ने आशा गर्छन्।

वर्तमान समयमा निर्माण भएको बालिम सिंचाई जलउपभोक्ता समितिद्वारा निर्मित सिंचाई कुलोलाई सिआईपी संस् थाको योजनाअन्तर्गत प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा बनेको हो। त्यसको निर्माणमा स् थानीय व्यक्तिहरुको प्रतिकट्ठा रु. २०० (दुई सय) दरको लागत लागेको छ। सरकारी सहयोग र जनसहयोगको फेहरिस् ित विवरण साधारणसभाको आयोजना गरी उपभोक्तासमक्ष आएको छैन र पत्रपत्रिकामार्फत् सार्वजनिक गरेको पाइन्न। यो कमजोरीलाई दवाउनु शक्ति प्रदर्शन हो वा सार्वजनिक संस् थामा बस् नेहरुले गैरजिम्मेवारीपन देखाएको हो ? बुझ्न सकिन्न भन्छन् उपभोक्ताहरु।

बालिम खोलामा भएको बालिम सिंचाई जलउपभोक्ता कृषक समितिद्वारा सञ्चालित बालिम कुलाको बा“ध उत्तरतर्फ ढुंगाको बिक्री लहर छ। त्यहा“ ढुंगा खरीद गर्ने ठेकेदारहरुको रहर छ। त्यहा“बाट धेरै ढुंगाहरु उत्खनन भएका छन्। यसको विरोधपत्र जलउपभोक्ताहरुले जिल्ला समन्वय समितिका संयोजकलाई र घोराही उपमहानगरपालिकाका प्रमुखलाई दिएकै हो। कुनै कारवाही भएन। त्यस सम्बन्धमा सुनुवाइ पनि भएन। ठेकेदारहरुको ढुंगा उत्खननमा शक्ति प्रदर्शन देखियो । उनीहरुको कार्य गत वर्ष बन्द भएन। अहिले पनि उत्खनन गर्ने दाउ“मा छन्। त्यसको असर पानीका मूलहरुमा परेको छ। गत वर्षको तुलनामा यस वर्ष पानीको मात्रा घटेको छ। यसको प्रभाव घटेपछि जमिन बॉझो रहने संख्या बढ्दैछ। यसतर्फ संघीय प्रदेश र स् थानीय सरकारले ढुंगा उत्खनन कार्य बन्द गर्नुपर्छ। खोलाको उत्तरमा पानी संरक्षण गर्न बा“ध बनाउन ध्यान दिनुपर्छ। अन्यथा बालिम खोलाको सिंचाई कुलोमा जलप्रवाह घट्दै जानेछ। खेतीपाती गर्ने किसानहरुले कृषि गर्ने कार्य त्यागेर घर छोड्न बाध्य हुनेछन्। उब्जनी घट्नेछ। खाद्य आपूर्ति गर्न समस् या पर्नेछ।

स् थानीय सरकार गाउ“मा आयो भन्दै खेतीपाती गर्नेहरु रमाएका थिए। अब उनीहरुको हर्षित मुद्रा पनि निराशा भयो। शक्ति प्रदर्शनमा ढुंगा ठेकेदारहरु रमाउन पाए। खेती गरेर खाद्य उत्पादन गर्ने किसानहरु सिंचाईको अभावमा रुनु प¥यो। विदेशिनु प¥यो। परदेशको दासत्व स् वीकार्नु पर्नेभयो।

कुलोपानीको कार्यसमिति सल्लाहकारहरुले बा“ध व्यवस् था र कुलाको सरसफाइ गर्न गराउन छोडेको देखिन्छ। यस् ता संघसंस् थामा छाडावाद हावी भएको छ। जवाफदेहिता, पारदर्शिता र कार्यतत्परता जस् ता असल चरित्रको छैन। जहा“ पनि कुलोपानीमा शक्ति प्रदर्शन देखिन्छ। शक्ति भन्दा ठूलो शान्ति हो भन्ने ज्ञान कुलोपानीका अगुवाहरुले बुझ्नुपर्छ। कुलोपानीमा गुटबन्दीले किसानको हित हु“दैन। सन्दर्भमा घोराही उपमहानगरपालिकाको ध्यान जानुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top