Free songs
Home / फिचर समाचार / आधारभूत तहको नजिता : सामुदायिक विद्यालयको अवस्था चिन्ताजनक

आधारभूत तहको नजिता : सामुदायिक विद्यालयको अवस्था चिन्ताजनक

युगबोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिकाले यो वर्षदेखि ‘होमसेन्टर’ हटाएर थालेको एकीकृत परीक्षा प्रणालीले उपमहानगरभित्रका सामुदायिक विद्यालयको नतिजा निकै चिन्ताजनक देखाएको छ।

उपमहानगरले गराएको आधारभूत तह उत्तीर्ण कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयका निकै कम विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत (निजी) विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अनुत्तीर्ण हुने ठूलो संख्या देखिएको छ। नगरको शिक्षा, युवा तथा खेलकूद महाशाखाले ग्रेडका आधारमा मंगलवार सार्वजनिक गरेको नतिजामा यस्तो स् िथति देखिएको हो।

परीक्षामा सहभागी भएका कुल चार हजार ६८ जना परीक्षार्थीमध्ये एक हजार आठ सय ७२ जना मात्रै उत्तीर्ण भएका छन्। प्रतिशतका हिसाबले यो ४६ प्रतिशत हो। यसमा सबैभन्दा कमजोर नतिजा सामुदायिककै देखिएको छ, जसले एक चौथाइ पनि उत्तीर्ण गराउन सकेनन्। उपमहानगरभित्र रहेका ४४ सामुदायिक विद्यालयका दुई हजार दुई सय २८ जना विद्यार्थीले परीक्षा दिएकोमा चार सय ५० जना मात्रै उत्तीर्ण भएका छन्, जुन २० दशमलब २० प्रतिशत हो।

त्यस् तै संस् थागत विद्यालयले पनि शतप्रतिशत नतिजा दिन सकेनन्। संस् थागत विद्यालयबाट एक हजार आठ सय ४० विद्यार्थीले परीक्षा दिएकोमा एक हजार चार सय २२ जना विद्यार्थी उत्तीर्ण भएको महाशाखाका स्रोतव्यक्ति विप्लव अधिकारीले जानकारी दिनुभयो। यो ७७ दशमलब २९ प्रतिशत पास संख्या हो। कक्षा ८ को परीक्षा सञ्चालनका लागि नगरले यस वर्ष आफूले पढ्दै आएको विद्यालयबाट परीक्षा दिन नपाउने र अर्को विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस् था गरेको थियो।
४४ संस् थागत र ३९ सरकारी विद्यालय गरी ८३ विद्यालयका विद्यार्थीले ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। ग्रेडका आधारमा नतिजा निकालिएको र तीन विषयसम्म ग्रेड बृद्धिका लागि मौका परीक्षा सञ्चालन गरिने शिक्षा महाशाखाले जनाएको छ। शिक्षा समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको नतिजा सार्वजनिक कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अब शिक्षाको कमजोरी पत्ता लागेको र सुधार गर्नुपर्ने बताउनुभयो।

परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुनु शिक्षक र विद्यालय पनि अनुत्तीर्ण भएको सरह मानिने भन्दै उहा“ले शैक्षिक सुधारका लागि प्रधानाध्यापकलाई थप जिम्मेवार बन्न निर्देशन दिनुभयो। कक्षा ८ को नतिजाले शैक्षिक अवस् थाको चित्रण गरेको भन्दैउहाले अब सुधारका योजना बनाएर गुणस् तरीय शिक्षा र उत्कृष्ट नतिजा ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले नतिजा चित्तबुझ्दो नभएको भन्दै अब कमजोरी पहिचान गरेर शैक्षिक गुणस् तर बृद्धिमा सबै लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा परीक्षा समितिका सदस् य विकास गौतम, कृष्णप्रसाद अधिकारी, शिक्षक रुद्र बुढा मगर, केशव थापा, शिक्षा महाशाखाका अधिकृत नारायण पौडेल, विपना वर्तालालगायतले नतिजालाई अब सुधारस“ग जोड्नुपर्ने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top