Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘अल्वर्ट आइन्स्टाइन र सापेक्षतावाद’को समीक्षा

‘अल्वर्ट आइन्स्टाइन र सापेक्षतावाद’को समीक्षा

युुगबोध समाचारदाता

घोराही । साहित्यकार डा. कृष्णराज डिसीद्वारा रचित अल्वर्ट आइन्स्टाइन र सापेक्षतावाद महाकाव्यको समीक्षा गरिएको छ। दाङमा अध्यापन स“गै साहित्य क्षेत्रमा योगदान पु¥याउनुभएका साहित्यकार डा. डिसीको लेखक संघ दाङको नियमित साहित्यिक कार्यक्रमअन्र्तगत २८ औं श्रृंखलामा मंगलवार डा. डिसीको ‘अल्वर्ट आइन्स्टाइन र सापेक्षतावाद’ महाकाव्यको समीक्षा गरिएको हो।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा प्रा. स्थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. बाबुराम आचार्यले कृतिको समीक्षा गर्नुुभएको थियो। महाकाव्यले अल्वर्ट आइन्स्टाइनले दिएको योगदानको चर्चा गरिएको उहाले बताउनुभयो।

भुपेन्द्र सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रा. गदाधर पौडेल, शंकर गौतम, डा. कृष्णराज डिसी, डा. लोकराज पराजुली, गोविन्द न्यौपाने, बम बहादुर डिसी, गोविन्द गौतम, दुुर्गाप्रसाद अधिकारी, धर्मराज न्यौपाने, शंकर आचार्य, कुमुुद पोख्रेल, कमला रिजाल, मधूूसुुदन गौतमलगायतले शुुभकामना व्यक्त गर्नुुभएको थियो । कार्यक्रमको सहजीकरण गोविन्द पौडेलले गर्नुुभएको थियो।

यसैबिच भुपेन्द्र सुवेदीले आफ्ना मातापिताको स्मृतिमा पुरस्कारका निम्ति २५ हजार रूपैयाको अक्षयकोष स्थापना गर्नुुभएको लेखक संघ दाङले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top