Free songs
Home / समाचार / प्रमुख समाचार / बड्कापथ सिंचाई आयोजनाको दश वर्ष, बन्यो जम्मा ६ किलोमिटर नहर

बड्कापथ सिंचाई आयोजनाको दश वर्ष, बन्यो जम्मा ६ किलोमिटर नहर

दशरथ घिमिरे

देउखुरीत। चार हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने योजनाका साथ शुरु भएको बड्कापथ कुलो सिंचाई आयोजनाको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा भइरहेको छ। आकाशे पानीको भरमा खेती ह“ुदै आएको राप्तीपारिको क्षेत्रमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले सञ्चालित आयोजनाको पूर्वाधार निर्माण कार्यले गति लिन नसकेको हो।

कछुवा गतिमा सिंचाई आयोजनाको पूर्वाधार निर्माण भइरहेको उपभोक्ताले गुनासो गरेका छन्। आयोजनाको निर्माण कार्यले गति लिन नसक्दा किसानहरुमा निराशा छाउन थालेको छ। ‘आयोजनाको काम शुरु भएको दश वर्ष भइसक्यो तर कामले गति लिन सकेन। खेतबारीमा राप्तीको पानी सिंचाई गर्ने सपना अधुरै भयो’– बड्कापथ कुलो सिंचाई आयोजना मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले भन्नुभयो– ‘तीन–चार वर्षमा हाम्रो कुलोमा पानी चल्ने बनाउनु जरुरी छ।’

राप्ती नदीको पूर्वी किनारमा नहर बनाएर राप्तीको पानीले सिंचाई गर्ने योजनाका साथ आर्थिक वर्ष २०६८÷०६९ बाट बड्कापथ कुलो सिंचाई आयोजना निर्माण कार्य शुरु भएको हो। उक्त आयोजना सरकारको प्राथमिकतामा नपर्दा निकै कम बजेट विनियोजन ह“ुदै आएको छ। आयोजनाको निर्माण शुरु भएको एक दशक भइसकेको छ। यो दश वर्षको कार्य प्रगति हेर्दा निकै सुस्त गतिमा काम भइरहेको छ। दश वर्षको अवधिमा छ किलोमिटर मात्रै नहर निर्माण भएको छ। ३० किलोमिटर लामो नहर निर्माण गर्ने लक्ष छ। तर सरकारले प्रतिवर्ष विनियोजन गरिरहेको बजेटलाई आधार मान्ने हो भने अझै १५ वर्ष लाग्नेछ आयोजनाको काम सम्पन्न हुन।

दश वर्षको अवधिमा ७३ करोड बजेट खर्च भएको छ। यस वर्ष १४ करोड बजेट रहेको छ। यो आयोजना सम्पन्न हुन झण्डै दुई अर्ब बजेट लाग्ने लागत अनुमान छ।

‘२०६५ सालमा राष्ट्रिय योजना आयोगबाट स्वीकृति पाएर आयोजनाको काम शुरु भएको हो। अहिले दश वर्ष पुग्यो। दश वर्षमा दश किलोमिटर पनि नहर बन्न सकेन’– प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना कार्यालयका प्रमुख कृष्णप्रसाद रिजालले भन्नुभयो– ‘दश वर्षमा दश किलोमिटर पनि नबन्नुका कारण धेरै छन्।’
आयोजनाले गति लिन नसक्नुको मुख्य कारण थोरै बजेट बिनियोजन हुनु हो।

यसका अतिरिक्त नहरको रेखांकनभित्र परेको जग्गा प्राप्ति अर्काे समस्या रहेको छ। नहर पर्ने जग्गाको मुआब्जा वितरण गर्न नसकिने भएपछि जग्गाधनीले समस्या सिर्जना गर्ने गरेका छन्। स्थानीयस्तरमा छलफलबाट निकास निकाल्ने गरिए पनि जग्गा प्राप्ति समस्याको रुपमा रहेको छ। ऐलानी जग्गाको बसोवास व्यवस्थापन गर्न समस्या रहेको छ। ‘यस आर्थिक वर्षमा विनियोजित बजेट निकै न्यून रहेको छ। हाल सञ्चालनमा रहेको ठेक्का दायित्व नै पूरा गर्न नसकिने अवस्थामा छ’– प्रगन्ना तथा बडकापथ सिंचाई आयोजनाका इञ्जिनियर विनोद पन्तले भन्नुभयो– ‘नहरको पूरा लम्बाइको ठेक्का बजेट अपुग भएकोले नया“ ठेक्का लगाउन सकिएको छैन।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top