Free songs
Home / विचार / कुराकानीलाई विश्वासयोग्य बनाउन ‘स्पेश’ सूत्र

कुराकानीलाई विश्वासयोग्य बनाउन ‘स्पेश’ सूत्र

रमेशकुमार अधिकारी

नेपाली समाज कुरौटे समाज हो। अंग्रेजीमा ओरल सोसाइटी भन्ने गरिन्छ। पश्चिमा समाजलाई रिडिङ सोसाइटी भनिन्छ। अर्थात पढन्ते समाज। कुरौटे समाजमा सूचना, ज्ञान वा समाचार फैलाउन सजिलो हुन्छ। विषय छिटो फैलन्छ । छिटो प्रभाव पार्छ र छिटो प्रतिक्रिया प्राप्त हुन्छ। यही विधिबाट शहरका टोल वस्ती वा दूरदराजका गाउ“घरमा पारिवारिक, सामाजिक वा सार्वजनिक सरोकारका विषयहरु पुग्ने वा फैलने गर्दछन्। यही बानीबाट अभ्यस्त नेपाली समाजमा कुरा गर्न पाए समय बितेको पत्तै नपाउने आदत विकसित छ। प्रायः सबै नेपालीमा बच्चैदेखि बसेको यो कुरौटे आदत उमेर छिप्पिदा झन प्रखररुपमा प्रकट हुन गरेको पाइन्छ। यस किसिमको कुरौटे आदत भएको समाजमा समस्या कहा“नेर हुन्छ भने फैलिरहेका सूचना, ज्ञान वा समाचारको आधिकारिक स्रोत प्रष्ट हु“दैन। जसले गर्दा व्यक्ति सूचित हुन्छन । तर विश्वस्त हुन सक्दैनन्।

कुरौटेबाट पढन्ते स्वरुपमा नेपाली समाजको रुपान्तरण हुन तत्काल सम्भव देखिदैन। यद्यपि फेसबुकलगायतका सामाजिक सञ्जालले पकड जमाउ“दै गएका छन् र तिनको प्रभावले कुरौटे आदतलाई बदल्न सघाउ“दै पनि छ। तथापि वर्तमान पुस्ताको स्वभाव कुरौटे प्रबृत्तिको रुपमा नै रहने देखिन्छ । आमनागरिकमा कुरौटे स्वभाव कायम भइञ्जेलसम्म ओहोदामा रहेका जिम्मेवार व्यक्तिको अभिव्यक्ति वा कुरा पनि हलुका रुपमा लिने र नपत्याइदिने अवस्था कायम रहन्छ। कुरा गर्नेले आफ्नो कुराको नतिजा, असर र प्रभावको विश्लेषण नगर्ने र कुरा सुन्नेले पनि एक कानले सुन्ने र अर्को कानले उडाउने शैलीमा ग्रहण गर्ने भएकाले कुराको प्रभावले समाजमा सिर्जना वा नवप्रवर्तनको तस्विर देख्न मुश्किल भइरहन्छ। अहिले यही अवस्थाबाट नेपाली समाज गुज्रिरहेको छ। उदाहरणका लागि प्रधानमन्त्रीका दूरदृष्टियुक्त कुरा सार्वजनिक भइरहेका छन्। मन्त्रीहरुका पनि राम्रा–राम्रा कुरा बाहिर आइरहेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय सरकारका प्रमुखहरुबाट पनि राम्रा–राम्रा नीति र योजना व्यक्त भइरहेका छन्।

तर पनि ती भनाइ उपरको विश्वास बलियो भएको पाइ“दैन। सामाजिक सञ्जालले यही कुराको संकेत गरिरहेका छन्। प्रकट गरिएका कुराउपरका प्रतिक्रिया नकारात्मकरुपमा प्रकट भइदिदा अझ समस्या बल्झन्छ। सामाजिक सञ्जालको सुविधाले आजकल हरेक संपे्रषणमा तत्काल अभिमत प्रकट हुने गरेको पाइन्छ। त्यस्ता प्रतिक्रियाहरुमा नकारात्मक पक्ष प्रबल भइदिदा जिम्मेवार पदाधिकारीबाट व्यक्त भएका बाचा वा प्रतिबद्धता पनि शंकाको घेरामा पर्दछन् र झन अविश्वास बढ्न जान्छ। यस्तै–यस्तै दृश्य देखिन्छ अहिले नेपाली समाजमा। भन्नेले समीक्षा गरेर बोलीमा विश्वास बढाउन ध्यान दिएको अवस्था पनि छैन र सुन्नेले धैर्यता गरेर नतिजा पर्खेको स्थिति पनि छैन। यसरी समाज अघि बढ्दा राज्यप्रतिको विश्वास पनि कमजोर बन्दै जाने खतरा भएकाले यो परिस्थितिलाई सकारात्मक रुपमा बदल्न जरुरी छ।

प्रसिद्ध लेखक कार्ल अल्बृचको ‘सोसियल इन्टेलिजेन्स’ नामक पुस्तक पढ्दै गर्दा सो पुस्तकमा प्रयोग गरिएको ‘स्पेश’ शब्दको सूत्र हाम्रा लागि उपयोगी हुने देखेर सोबारे यस लेखमा चर्चा गर्न लागेको छु। स्पेश शब्द अंग्रेजी अक्षर एस.पी.ए.सि.इ.मिलेर बनेको छ। उक्त पुस्तकले एक्लो शब्द स्पेशका बारेमा चर्चा नगरेर सो स्पेश शब्दमा समावेश भएका एस.पी.ए.सि.इ.अक्षरका अलग–अलग शब्द जुराउ“दै ती अलग–अलग शब्दका अर्थलाई विस्तृतरुपमा अथ्र्याउ“दै तिनलाई दैनिक जीवनमा प्रयोग गर्न सल्लाह दिएको छ। तिनै शब्दहरुको सार–स्पेश सूत्र हाम्रा सम्बाद र कुराकानीलाई विश्वसनीय बनाउन उपयोगी हुने देखेर यस लेखमा प्रस्तुत गरेको छु।
अब लागौं स्पेश शब्दमा प्रयोग भएका पा“चवटा अक्षरबाट बनेका अलग–अलग पा“चवटा शब्दहरुको सन्देशतर्फ। पहिलो अक्षर ‘एस’बाट सिचुयसनल अबेरनेस भन्ने शब्दावलीलाई प्रयोगमा ल्याइएको छ। यो अंग्रेजी शब्द हो र यसको नेपालीमा अर्थ हुन्छ परिस्थितिको जानकारी। यो शब्दले दिन खोजेको सन्देश के हो भने हरेक व्यक्तिले कुनै विषयमा कुरा गर्नु भन्दा पहिला परिवेश, परिस्थिति वा सन्दर्भबारे राम्रो जानकारी राख्नुपर्दछ। आफ्ना कुरा राख्दै गर्दा मौजुदा परिस्थिति सापेक्ष, स्रोताका लागि उपयोगी र विश्वसनीय हुने कुरालाई मात्र पस्कनुपर्दछ। आफूलाई मन पर्ने कुरा गर्ने तरीकालाई बदलेर सबैलाई मन पर्ने गरी कुरा गर्न यो सूत्रले सिकाउ“छ, सम्झाउ“छ र घच्घच्याउ“छ। पहिला हेर, सुन र बुझ अर्थात लुक–लिसन–लर्न अनि विषयमा प्रवेश गर र आफ्नो कुरा राख भन्ने यो सूत्रको आशय हो।

यसरी कुनै पनि विषयमा आफ्नो पकड वा जानकारी दरिलो बनाएर कुरा गर्दा त्यस्तो कुरामा दम हुने र अरुलाई बिश्वस्त बनाउन सकिने यो सूत्रको सार हो।
दोस्रो अक्षर ‘पी’ को पूरा रुप हो प्रिजेन्स। यसको नेपालीमा उपस्थिति भन्ने अर्थ लाग्छ। यो शब्दले हरेक व्यक्तिलाई आफ्नो उपस्थितिका बारेमा ख्याल गर्न सम्झाउ“छ। र, जोड दिन्छ कि तिमी जहा“ उपस्थित हुन्छांै त्यहा“ तिम्रो उपस्थितिले चुम्बकीय आकर्षण पैदा गर्न सक्नुपर्दछ। अरुका दृष्टिमा तिम्रो उपस्थिति अर्थपूर्ण बन्न सक्नुपर्दछ। सो उपस्थितिमा जे बोल्छौं वा सम्वाद गर्छौं त्यसले स्रोतालाई विश्वास दिलाउन सक्नुपर्दछ। अर्थात हरेक व्यक्तिको उपस्थितिले दर्शक वा स्रोताको माझमा तरंग पैदा गर्नुपर्दछ र त्यहा“ गरिने कुराले अरुलाई उत्पे्ररणा जगाउन, उत्साह भर्न र आकांक्षा पूरा गर्न सघाउनुपर्दछ। यो सूत्रको सार हो जहा“ पनि जहिले पनि उपस्थित हुनाले हलुका भइन्छ। तसर्थ उपस्थितिमा ओजन र अभिव्यक्तिमा ओज हुने गरी मात्र व्यक्तिले कुराकानी गर्नुपर्दछ भन्ने सल्लाह यो सूत्रले दिएको छ।

तेस्रो अक्षर ‘ए’ बाट अथेन्टीसिटी शब्दलाई प्रयोगमा ल्याइएको छ। यो शब्दको नेपालीमा आधिकारिकता भन्ने अर्थ लाग्छ। जुन विषयमा आफ्नो उमेर, योग्यता, दक्षता, ओहोदा र अनुभवले कुरा गर्न सुहाउ“छ त्यही विषयमा मात्र कुराकानी गर्नुपर्दछ भन्ने यो सूत्रको आसय हो। आफ्नो क्षेत्राधिकारमा नपर्ने र आफ्नो उमेर, योग्यता, दक्षता, ओहोदा र अनुभवले नभ्याउने विषयमा समेत गफ गर्ने आमप्रबृत्तिलाई यो सूत्रले लगाम लगाउ“छ। वास्तवमा जसले पनि जहा“ पनि र जुन विषयमा पनि कुरा गर्ने नेपालीहरुको बानीले गर्दा हामी गफाडी बन्दै गएका छौं। तर यो सूत्रको प्रयोग गरेर आधिकारिक विषयमा मात्र बोल्ने वा कुरा गर्न थाल्ने हो भने बोली वा कुराकानीमा विश्वास बढ्ने निश्चित छ।

चौथो अक्षर ‘सि’ को पूरा रुप हो क्ल्यारिटी। नेपालीमा अर्थ हुन्छ स्पस्टता। कुराकानी अरुका लागि बुझ्न सरल हुनुपर्दछ। अस्पष्ट वा दोहोरो अर्थ लाग्ने कुराकानी गर्न ह“ुदैन भन्ने यो सूत्रको सार हो। अल्मल्याउने वा भ्रम सिर्जना गर्ने कुराकानी वा संवादले स्रोताको समयको बर्बाद र धोका हुने भएकाले कुराकानी स्पष्ट, सरल र बोधगम्य हुनुपर्नेमा यो सूत्रले जोड दिन्छ। अहंको सन्तुष्टि वा आत्मरतीका लागि कुराकानी नगर्न यो सूत्रले सम्झाउ“छ र सचेत गराउ“छ। सारमा कुराकानी वा सम्वादले संप्रेषण गर्न खोजेको सन्देश स्रोताका लागि स्पष्ट हुनुपर्दछ भन्ने यो सूत्रको मान्यता हो।

पा“चांै अक्षर ‘ई’ बाट इम्प्याथिक शब्दलाई सूत्रको रुपमा प्रयोग गरिएको छ। इम्प्याथिकको नेपालीमा समभाव भन्ने अर्थ लाग्छ। यो शब्दले के सम्झाउ“छ भने कसैले पनि कुरा गरिरह“दा आफ्ना कुरा अरुले राम्ररी ध्यानपूर्वक सुनि दिउन् भन्ने अपेक्षा गर्दछन्। तर अरुले त्यस्तै कुरा गरिरह“दा आफूले सुन्नुपर्ने भयो भने अभिरुचिपूर्वक सुन्न तयार हुने कुरा ख्याल गर्दैनन्। जसले गर्दा कुराकानी वा सम्बादमा समभाव प्रकट हुन सक्दैन र आत्मीयता गहिरिन सक्दैन। यो सन्दर्भमा कुराकानी वा संबादलाई जीवन्त बनाउन समभावको शैली अपनाउन जरुरी छ भन्ने सन्देश यो सूत्रले सम्प्रेषण गर्दछ। अर्थात आफूले कुरा गरिरह“दा अरुले त्यही कुरा गरेको भए आफूलाई सुनिरह“ु लाग्ने थियो कि थिएन भन्ने कुराको हेक्का राखेर कुरा गर्नुपर्दछ र स्रोताले मन नपराउने तर आफू भने एकाङ्की भएर कुरा गर्ने शैलीलाई यो सूत्रले निषेध गर्दछ।

सारांशमा जसले पनि जुनसुकै विषयमा गफ गर्ने चलनलाई स्पेश सूत्रले गम्भीर बन्न र सीमाभित्र रहेर गफ वा कुरा गर्न सिकाउ“छ। यो सूत्र जिम्मेवारीमा रहेका र सर्वसाधारण सबैका लागि शिक्षाप्रद देखिन्छ। हाम्रा दिनहु“ जसो हुने सम्बाद वा कुराकानीलाई स्पेश सूत्रबाट निर्देशित भएर प्रकट गर्न थाल्ने हो भने पक्कै पनि कुरा गर्ने बानी वा शैलीलाई बदल्न सकिन्छ र व्यक्त भएका बोलीमा विश्वास गर्ने स्थिति कायम गर्न सकिन्छ भन्ने लाग्छ। अतः अब हाम्रा कुराकानी वा सम्बादलाई स्पेश सूत्रद्वारा सम्हाल्दै अरुका लागि ग्राह्य, स्वीकार्य र विश्वसनीय बनाएर कुरौटे समाजको सुन्दरतालाई जोगाउन र खासगरी सार्वजनिक सरोकारका विषयमा ओहोदामा रहेकाहरुबाट हुने सम्वाद वा कुराकानीलाई विश्वासयोग्य बनाउन सम्बद्ध सबैको प्रयत्न हुनुपर्दछ भन्ने सदीक्षा राख्दै आसन्न नया“ वर्ष विक्रम सम्बत् २०७६ को उपलक्षमा सबैमा आरोग्य, सम्पन्नता र खुशीको शुभकामना प्रकट गर्दै लेखको विट मार्दछु।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top