Free songs
Home / समाचार / प्रमुख समाचार / अटेरी गर्ने २२ हजार चालक कारवाहीमा

अटेरी गर्ने २२ हजार चालक कारवाहीमा

 निमुसंगम घर्ती

घोराही । दाङ देशकै सवारी दुर्घटना उच्च हुने जिल्लामा पर्छ। ट्राफिक नियमको पालना नभएकै कारण अधिकांश दुर्घटना हुने गरेको प्रहरीको अनुसन्धानले देखाउ“छ। त्यसमा पनि चालककै लापरवाहीले सवारी दुर्घटना बढ्दो अवस्थामा रहेको प्रहरीको निष्कर्ष छ।

चालु आर्थिक वर्षमा ८५ वढी व्यक्तिहरुको सवारी दुर्घटनामा परेर अकालमा मृत्यु भएको छ। दैनिकजसो सवारी दुर्घटना हुने र मानवीय क्षति पनि हुदै आएको छ। यही दुर्घटनालाई रोक्न प्रहरी रातदिन खटिरहेको छ। तर वर्षौदेखि डरदाग्दो अवस्थामा हु“दै आएका सवारी दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ९० देखि ९५ वटा सवारी साधनका चालक ट्राफिक नियम पालना नगरेकै कारण कारवाहीमा पर्ने गरेका छन्।

पा“च सय रुपैया“देखि एक हजार पा“च सय रुपैया“सम्म उनीहरुले जरिवाना तिर्नुपरेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ हजार सात सय ८९ सवारी साधनका चालक कारवाहीमा परेका छन्। ट्राफिक नियमविपरीत सवारी साधन चलाउने चालकलाई कारवाही गर्दा एक करोड ३९ लाख ६९ हजार पा“च सय रुपैया“ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय प्रशासन शाखाका जवान लालबहादुर देउवाले जानकारी दिनुभयो।

 मोटरसाइकल चालक धेरै

दैनिक सरदर एक सय चालक कारवाहीमा परिरह“दा धेरै नियमविपरीत चल्ने मोटरसाइकल चालक देखिएका छन्। प्रहरीले बितेको आठ महिनामा नौ हजार १५ जना मोटरसाइकल चालकलाई कारवाही गर्दा ५८ लाख ३४ हजार रुपैया“ जरिवाना संकलन भएको छ। त्यसपछि ट्रकका चालक चार हजार सात सय १२ जना कारवाहीमा पर्दा २८ लाख ८३ हजार पा“च सय, जीपका दुई हजार छ सय ८७ जना चालक कारवाहीमा पर्दा १५ लाख नौ हजार सात सय, बसतर्फ दुई हजार छ सय ६४ चालक कारवाहीमा पर्दा १४ लाख ९६ हजार रुपैया“ राजस्व संकलन भएको छ। त्यसैगरी दुई हजार सात सय १५ ट्याक्टर चालक कारवाहीमा पर्दा १६ लाख ९४ हजार पा“च सय र नौ सय ८८ टेम्पो चालक कारवाहीमा पर्दा छ लाख ७४ हजार पा“च सय रुपैया“ राजस्व संकलन भएको जवान देउवाले जानकारी दिनुभयो।

कागजपत्र नबोक्ने धेरैजिल्लामा दैनिक एक दर्जन बढी स्थानमा तीन पटक सवारी जा“च हु“दै आएको छ। जा“चका क्रममा आवश्यक कागजपत्र नबोक्ने, मादकपदार्थ सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा धेरै यात्रु र सामान बोक्ने, तीब्र गतिमा कुदाउनेहरु कारवाहीमा परेका छन्।

यात्रालाई सुरक्षित बनाउन मादकपदार्थ सेवन जँचमा दाङमा प्रहरीले कडाइ गरे पनि चालकहरुको लापरवाही रोकिएको छैन। चालु आर्थिक वर्षको आठ महिनामा दाङमा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने पा“च सय ६० जना चालक कारवाहीमा परेका छन्। सवारी दुर्घटनाको कारण मादकपदार्थ सेवन गरेर गाडी चलाउनु प्रमुख कारण देखिएको भन्दै ट्राफिकसगै नेपाल प्रहरीले जा“चमा निकै कडाइ गर्दै आएको छ। तर सवारी चालकहरुको अटेरी रोकिन नसकेको प्रहरीको भनाइ छ।

सबैभन्दा धेरै मोटरसाइकल चालकहरु मादकपदार्थ सेवन गर्ने देखिएका छन्। आठ महिनामा चार सय ५२ मोटरसाइकल चालक कारवाहीमा पर्दा चार लाख ५२ हजार रुपैया“ राजश्व संकलन भएको छ। त्यसैगरी ४५ जना टेम्पो चालक, २५ जना जीप चालक, २१ जना ट्याक्टर चालक, १४ जना ट्रक चालक र तीनजना बस चालक मादकपदार्थ सेवन गरेका कारण कारवाहीमा परेका छन्। सबै चालकहरुलाई जनही एक÷एक हजार रुपैया“ जरिवाना गरिएको ट्राफिक प्रहरी जवान देउवाले जानकारी दिनुभयो।

कुल पाच सय ६० जना मादकपदार्थ सेवन गरेर गाडी चलाउने चालकलाई जरिवाना गर्दा पाच लाख ६० हजार रुपैया राजस्व संकलन भएको छ। यसैबीच मादकपदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएपछि केही चालकहरुमाथि मुद्दा चलाएर कैद सजायसगै जिल्ला प्रशासनबाट जरिवानासमेत हुदै आएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top