Free songs
Home / समाचार / प्रमुख समाचार / नेकपाको एकता अझै अलमलमा

नेकपाको एकता अझै अलमलमा

 

फाईल फोटो

युगबोध समाचारदाता

काठमाडौं। एक वर्षअघि पार्टी स्थापना दिवसको अवसरमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पनि एकता प्रक्रियाले पूर्णता पाइसकेको छैन।

सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश समिति र धेरै प्रदेशहरुमा स्थानीय समिति बने पनि जिल्ला समिति बन्न सकेका छैनन्। त्यस्तै जनवर्गीय, पेशागत, जातीय संगठन र विभागहरु गठन नहु“दा एक वर्षदेखि पार्टी निष्क्रियप्रायः रहेको छ।

एकताले पूर्णता नपाउ“दै सामानान्तर अभ्यास शुरु भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वको अलग्गै सूची तयार पारेपछि एकता प्रक्रिया अझै अलमलमा परेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता चा“डै टुंगिने बताउ“दै आए पनि त्यसका लागि परिणाममूलक गृहकार्य हुन सकेको छैन।

पार्टी एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी आफैले लिएको नेकपाको नौ सदस्यीय सचिवालयको बैठक एक महिनायता अवरुद्ध छ। अध्यक्षद्वयले अन्य नेताहरुलाई नसोधेरै जिल्ला नेतृत्व टुंग्याउन थालेपछि आफूहरुले समानान्तर सूची तयार पारेको नेपालपक्षीय एक नेताले बताए। स्रोतका अनुसार एकीकरण प्रक्रिया ढिला भएकाले तल्ला कमिटीमा असन्तुष्टि चुलिएको र अध्यक्षद्वयले सबैलाई मान्य हुनेगरी जिल्ला नेतृत्व बा“डफा“ड गर्न लागेको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल नेता नेपालकहा“ पुग्नुभएको थियो। त्यसपछि नेपाल पक्षले छुट्टै सूची तयार पारेको छ।

पूर्वमाओवादीभन्दा पूर्वएमालेबीचको विवादका कारण एकतालाई पूर्णता दिन समस्या देखिएको छ। नेपालनिकट नेता बेदुराम भुसालले कार्यदलले फरक प्रतिवेदन बुझाएको र त्यसआधारमा सूची तयार पारिसकेकाले सचिवालय र स्थायी कमिटीमा छलफलको विषय बनिसकेको दाबी गर्नुभयो। प्रस्ताव तयार भएपछि कमिटीमा पेश गर्ने उहा“ले बताउनुभयो।

महासचिव विष्णु पौडेलले भने सबै पक्षलाई मान्य हुने गरी अध्यक्षद्वयले प्रस्ताव ल्याउने र त्यसलाई सचिवालयले अनुमोदन गर्ने बताउनुभयो। एकता चा“डै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पु¥याइएको उहाको दाबी छ।

दोस्रो तहका नेताको फरक तयारी

एकता प्रक्रिया टुंगिन ढिलाइ गरेकोप्रति दोस्रो तहका नेताहरुले चिन्ता व्यक्त गर्दै नेतृत्वलाई दबाब दिने रणनीति अघि सार्न थालेका छन्। यसअघि सचिवालयले बनाएको कार्यदलको बहुमतको एउटा मत हु“दाहु“दै पनि महासचिव पौडेल र कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले फरक प्रतिवेदन बुझाएको भन्दै उनीहरुले बिरोध गर्दै आएका छन्। अब अध्यक्षद्वयले पार्टी स्थापना दिवससम्म नया“ सन्देश दिने बताएकाले त्यहा“सम्म पर्खने नीति लिएको एक नेताले बताए। ‘हामी वैशाख ९ गतेसम्म पर्खन्छौं’– एक नेताले भने– ‘त्यतिबेलासम्म पनि अध्यक्षद्वय र सचिवालय एकता टुंग्याउन सक्षम भएन भने हामीले नै स्थायी समितिको बैठक बोलाउ“छौं, स्थायी समितिको बहुमतबाट एकता टुंगिएको घोषणा गर्नेछौं, हामीलाई आशा छ, त्यस्तो अप्रिय कदम चाल्ने स्थिति आउनेछैन।’

कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको शनिवार निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ। दलका केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि थप छलफल गर्न आवश्यक रहेको ह“ुदा शनिवारको बैठक स्थगन गर्नुपरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो। नेपाली कांग्रेसका २८ केन्द्रीय विभाग रहेकामा तेह्रौं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन्। केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय कार्यसम्पादन समिति ३१ सदस्यीय रहनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top