Free songs
Home / समाचार / प्रमुख समाचार / राष्ट्रिय विकास परिषद् बैठक : समृद्धिसहित न्याय नै समाजवादः प्रधानमन्त्री

राष्ट्रिय विकास परिषद् बैठक : समृद्धिसहित न्याय नै समाजवादः प्रधानमन्त्री

k|d cf]nL –;Daf]wg
k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ sf7df8f}Fdf cfof]lht /fli6«o ljsf; kl/ifb a}7ssf] ;dfkg ;df/f]xnfO{ ;Daf]wg ub}{ tl:a/M gjLg kf}8]n, /f;;

युगबोध समाचारदाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसहितको न्याय नै समाजवाद भएको बताउनुभएको छ। संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेकाले यसलाई धेरैले धेरै अर्थ लगाउने गरेको भन्दै उहा“ले समृद्धिस“ग न्याय मिसाउने हो भने मात्रै समाजवाद आउने बताउनुभयो।

उहा“ले विकास नीतिहरू केन्द्रबाट बन्ने र प्रदेश तथा स् थानीय तहमा पठाउने बताउनुभयो। राष्ट्रिय विकास परिषद् बैठकको बिहीवार समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको खुट्टा बलियो बनाएपछि विकास हुने बताउनुभयो। ‘अरिगा“ठेजस् ता हाम्रा सात सय ६१ खुट्टा छन्, एउटा केन्द्र, सातवटा प्रदेश र सात सय ५३ स् थानीय सरकारका खुट्टा मिले भने विकास हुन्छ।’ आफ्नो नेतृत्वको सरकारले धेरै कुरा बुझेर विकास शुरू गरेको उल्लेख गर्दै उहाले थप्नुभयो– ‘यी सबै खुट्टा नचलिकन त देश चल्दैन। यति धेरै खुट्टा हालिसक्यौं अब शरीरमा गति चल्नैपर्छ। अनि लक्ष प्राप्त गर्न सक्छौं’– उहा“ले भन्नुभयो– ‘खुट्टा कमजोर बनाएर गन्तव्यमा पुग्न सकिन्न।’

यसअघि १४ वटा पञ्चवर्षीय योजना र सरकारहरू बने पनि विकासले गति नलिएको उल्लेख गर्नुभएका प्रधानमन्त्री ओलीले देशमा संघीय सरकार भएकोले १५ औं योजना सफल हुने दाबी गर्नुभयो। देश संघीयतामा गए पनि व्यवहार केन्द्रिकृत भएको गुनासोप्रति कटाक्ष गर्दै उहा“ले भन्नुभयो– ‘गाउ“पालिकाले नीति बनाउ“दैन, केन्द्रले नीति बनाउने र सबैतिर छरिएर जाने हो अनि केन्द्रिकृत भयो भन्ने ?’ प्रधानमन्त्रीले संघीयता र तीनै सरकारलाई नया“ गाडीस“ग तुलना गर्दै नया“ गाडी किनेपछि लामो बाटो नगुडाउने गरेको र फिटिङ भइसकेपछि दूरी बढ्दै जाने बताउनुभयो।

यसअघि बिहीवार नै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति, कार्यक्रम र बजेटका विषयमा स् थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो। उहाले भन्नुभयो– ‘कार्यक्रमहरू नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्छ। कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्छ।’

योजना आयोगले तयार गरेको आगामी १५ औं आवधिक योजनाको मस् यौदा आधारपत्रलाई अन्तिम रुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरू काठमाडौंमा पुगेका हुन्। आयोगले ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष प्राप्तिका ५५ सूचक’ सार्वजनिक गरेको छ। दीर्घकालीन सोचसहितको १५ औं पञ्चवर्षीय योजनाको मस् यौदामा आयोगले विभिन्न क्षेत्रलाई नौ शीर्षकमा वर्गीकरण गरी छुट्टाछुट्टै लक्ष तोकेको हो। १५ औं पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८०÷८१ सम्म प्राप्त गर्नुपर्ने लक्षलाई सूचकमा राखिएको छ। राष्ट्रिय सूचकमध्ये समृद्धिका ३२ वटा छन् भने सुखका २३ वटा छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top