Free songs
Home / विचार / मान्छेभित्रको मान्छेको प्रसङ्ग

मान्छेभित्रको मान्छेको प्रसङ्ग

जीतबहादुर शाह

मलाई स्पष्टै सम्झना छ, मैले कक्षा १ मा तीन वर्ष दोहो¥याएर अध्ययन गरेको हु“। विद्यालय पुग्न डेढ घण्टा जति लाग्थ्यो। उकालो, ओरालो, भीर र जङ्गल हिडेर जानुपथ्र्यो। विद्यालय टाढा र बाटो अप्ठ्यारो भएकोले विद्यालय नियमित जाने काम कमै हुन्थ्योे। त्यसो त शिक्षकहरु पनि दिनदिनै विद्यालयमा हाजिर भएको नगण्य नै हुन्थ्यो। सानो उमेरमा हिड्दा कतै लटपटिएर लडियो र चोटपटक लाग्यो भने महिना दिनसम्म विद्यालय जानु पर्दैनथ्यो। आफूलाई विद्यालय जान मन लागे पनि ‘लडेर भीरबाट खसिन्छ अलि ठूलो भएपछि जाने’ भन्ने आदेश हुन्थ्यो घरका अग्रजहरुबाट। त्यतिबेला यतिबेलाको जस् तो उदार कक्षोन्नतिको नाममा विद्यालयमा कहिलेकाहीं मात्र आउनेहरुलाई पनि कक्षा चढाउने काम गरिन्नथ्यो। कक्षा चढ्नको लागि वार्षिक परीक्षामा सामेल भएर उत्तीर्ण हुनै पथ्र्यो। यस् तैमा दुई वर्षसम्म विद्यालय गएर पनि परीक्षाको समयमा विद्यालयमा अनुपस् िथत भएछु। माथिल्लो कक्षामा चढ्नका लागि वर्षको अन्तमा हुने परीक्षामा सामेल भएर उक्त परीक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने कुरा मलाई थाहै भएन, न त कसैले यो बारेमा मलाई बुझ्ने गरी बताए ।

एकदिन विद्यालय जाने क्रममा एक्लै उकालो हिडिरहेको बेला मैले मेरो अन्तर्मनस“ग मन्थन गरें– ‘मस“गै पढ्ने साथीहरु माथिल्लो कक्षामा गइसके। म अझै पनि उही कक्षामा छु। यो त हु“दै भएन। अब मैले जसरी पनि नियमितरुपमा विद्यालयमा जानुपर्छ र राम्रोस“ग पढेर अरुले जस् तै माथिल्लो कक्षामा पुग्नुपर्दछ।’ त्यतिबेला सानो छ“दा मैले गरेको स् वनिर्णयले मलाई एकाएक परिवर्तन ग¥यो। म नियमित रुपमा विद्यालयमा जान थालें। पढाइमा सुधार गरें। परीक्षामा उत्तीर्ण मात्र होइन, कक्षा प्रथम भएर माथिल्लो कक्षा चढ्दै अगाडि बढें। कक्षा १० सम्म अध्ययन गर्दा समेत मैले मेरो कक्षामा कसैलाई पनि उछिन्न दिइन। त्यो दिन अन्तर्मनदेखि गरेको आत्मनिर्णय र सोको कार्यान्वयन गर्ने दृढ प्रतिबद्धताले मलाई पछि पर्न दिएन। मेरो त्यो निर्णयले मभित्रको केही गर्नुपर्छ भन्ने भावना भएको तर निदाएर बसेको अर्को मान्छेलाई ब्यू“झाउने काम गरेछ।

एक युगमा एक दिन आउ“छ, त्यसले उक्त युग परिवर्तन गर्नका लागि आधीबेहरी र उथलपुथल बोकेर ल्याउ“छ भने झै मानिसको जीवनलाई पनि एकाध घटनाले आश्चर्यजनक किसिमले कायापलट गरिदिदोरहेछ। मेरो त खासै के कुरा भयो र ? महामानवहरुको जीवनीको अध्ययन गर्दा समेत उनीहरुको जीवनमा भएका एकाध घटनाहरुले उनीहरुलाई महामानव हुनका लागि मार्गप्रशस् त गरेका तथ्यहरु भेटिन्छन्। मानिसमा रहेको मस् ितष्कको अर्धचेतन र अवचेतन भागलाई सक्रिय बनाउने काम गर्दारहेछन् यस प्रकारका एकाध घटनाहरुले मानिसलाई र अनि मानिस निरन्तररुपमा मन, बचन र कर्मले सफलताको लागि अहोरात्र खट्दोरहेछ। यसैलाई मान्छेभित्रको मान्छे जागेको भनिदोरहेछ। यसैबाट मानिस मानिसबाट महामानव र अझ भनू“ भने देवत्व प्राप्त गर्न सफल हु“दोरहेछ।

हामीमध्ये धेरैलाई जानकारी पनि छ होला। गौतम बुद्धले एकदिन यात्राको क्रममा बुढो मानिस, विरामी मानिस र लाश देख्दा उनको मानसिक ब्रह्माण्डमा भूइ“चालो आउ“छ र मानवीय दुःखको अन्तका लागि उनी राजदरबार छोडेर हिड्छन्। अन्ततः बुद्ध दर्शनको विकास गर्छन्। मेसोडोनियाबाट भारतमा पढ्न आएकी एउटी अविवाहित किशोरीले एकदिन सडकमा हिड्दै गर्दा कन्टेनरमा फ“्याकिएको बच्चा जिउ“दै रोइरहेको भेटाउ“छिन् र उक्त बालकलाई बचाउने क्रममा जीवनको मोड बदल्छिन्। अन्ततः सडक बालबालिका र अनाथहरुको लागि जीवन समर्पित गर्छिन् र नोवेल पुरस् कार समेत हात पारी मदर टेरेसाको नामले विश्वविख्यात हुन्छिन्। न्यूटनले बगैंचामा घुम्दै गर्दा स् याउको फल रुखबाट खसेको देखेपछि त्यो फल किन भूइ“मा झ¥यो र त्यो फल किन माथितिर गएन ? भन्ने प्रश्नले उनलाई बेचैन बनाउ“छ र उक्त प्रश्नकै जवाफ खोज्ने क्रममा पृथ्वीको गुरुत्वाकर्षण शक्तिको आविस् कार गर्ने विश्वविख्यात वैज्ञानिकको रुपमा आफूलाई संसारसामु चिनाउ“छन्।
महात्मा गान्धीको जीवनी अध्ययन गर्दा बोध हुन्छ, उनी सानो छ“दा खराव संगतका कारण कुलतमा लागेर बरबाद भइसकेका थिए। तथापि महात्मा गान्धी सत्यवादी थिए र उनले यो सबै कुरा आफ्नो पितालाई भेटेर भन्न नसके पनि चिट्ठी लेखेर आफू बिग्रेको कुरा बताए। चिट्ठी पढिसकेपछि महात्मा गान्धीको पिताले उनलाई आफू भएको ठाउ“मा बोलाए। पिताबाट कुटाइ खाइने भयो भनेर डरले काप्दै महात्मा गान्धी आफ्नो पितासामु हाजिर भए। त्यतिबेला पिताले आ“खाबाट आसु झार्दै ‘मेरो प्यारो छोरा मैले तिमीलाई कति असल र कति महान बनाउने सपना देखेको थिए“ । तर तिमी बरबाद भएछौ’ भनेर रोए।

आफ्नो कारणले पिताले रुनु परेको कारुणिक घटनाले महात्मा गान्धीलाई अन्तरमनमा गहिरो चोट पारेछ र त्यसपछि उनी चटक्कै कुलतबाट उम्किएछन्। यसै घटनाले महात्मा गान्धीलाई शान्ति र अहिंसाको पक्षधर हुन प्रेरणा प्रदान ग¥यो र उनको यो भनाइ पनि प्रसिद्ध छ –‘खराव मानिसलाई सुधार्ने एक मात्र अचुक औषधिको नाम माया र स्नेह हो।’

मानिसले जीवनलाई जे जसरी परिभाषित गरे पनि जीवनको अर्को नाम प्रतिबद्धता रहेछ। असल र महान मानिसहरुको जीवनी अध्ययन गर्दा उनीहरुलाई कुनै कुराले असरदार धक्का पु¥याएपछि त्यसबाट सिकेको पाठलाई कार्यान्वयन गर्नका लागि एउटा प्रतिबद्धता गर्दारहेछन् आफैस“ग। जीवनमा त्यही प्रतिबद्धताको सशक्त कार्यान्वयनले उनीहरुलाई लक्षमा पु¥याउन सहयोग गर्दोरहेछ। मान्छे भित्रको मान्छे जागिसकेपछि मानिसहरुलाई सानातिना बाधाव्यवधानले यदाकदा विलम्ब गरिदिए पनि अन्ततः त्यस् ता मानिसहरु लक्षमा पुगिछाड्दा रहेछन्। लक्ष प्राप्तिका लागि जीवनलाई हत्केलामा राखेर मृत्युलाई जिस् क्याउ“दै हिड्ने मानिसहरुस‘“ग मृत्युले समेत हार खाएर कुलेलम ठोक्दोरहेछ।

हामीले हाम्रा सन्तति र विद्यार्थीहरुभित्र सुतिरहेको अर्थात नजागेको अर्को सन्तति र विद्यार्थीलाई जगाउनु आजको अहं चुनौती हो। उनीहरुभित्र सुतेको मान्छेलाई जगाउनका लागि हामीले उनीहरुको मन छामेर उपयुक्त किसिमका प्रेरक प्रसङ्गहरु दिन सक्नुपर्दछ। उपयुक्त वातावरण र परिवेशको सिर्जना गर्न सक्नुपर्दछ। कसैलाई यो नगर र उ नगर भन्नु भन्दा त्यसबाट हुने असरहरुलाई ह्दयको भाषाले अभिव्यक्त गर्न सक्नुपर्दछ। प्रहरी प्रशासनले ठीक गर्न नसकेका दादा र डनहरुलाई घरका लिखुरे पत्नीहरुले ठीक गरे झैं मान्छेको मनमा बस् न सफल भइयो भने मानिसले जे भने पनि खुरुखुरु मान्छ। विडम्बना, हाम्रो परिवेशमा न त अहिलेका अभिभावकहरु नै सन्ततिको मनमा बस् न सफल भएका छन् न त शिक्षकहरुले नै विद्यार्थीहरुको मनमा डेरा जमाउन सकेका छन्।

एकपटक सुकदेव ऋषिले आफ्ना शिष्यहरुका साथमा गंगा नदी तर्दै गर्दा माथितिरबाट विच्छी बग्दै आएको देखेछन्। ऋषिले उक्त विच्छीलाई हातले समातेर बग्नबाट बचाउन खोजेछन् । तर विच्छीले हातमा टोकेछ। बिच्छीले टोकिरह“दा पनि पटकपटकको प्रयासपछि सुकदेव ऋषिले विच्छीलाई बचाउन सफल भएछन्। यो सबै दृश्य हेरिरहेका एकजना शिष्यले उनलाई प्रश्न गरेछन् –‘गुरु, बिच्छीले यसरी टोकिरह“दा पनि बिच्छीलाई बग्न नदिएर किन बचाउनुभएको ?’ जवाफमा ऋषिले भनेछन् –‘बिच्छीको धर्म टोक्नु हो र मानिसको धर्म उपकार गर्नु हो। बिच्छीले आफू जीवन मरणको दोसा“धमा हु“दा समेत आफ्नो धर्म छोडेन भने मैले मेरो धर्म किन छोड्ने ?’ ऋषिको जवाफबाट प्रश्न सोध्ने शिष्य खुशी भएछन्। यो प्रसङ्गलाई जोडेर भन्नु पर्दा हामी अभिभावक र शिक्षकको धर्म भनेको आफ्ना सन्तति र विद्यार्थीहरुलाई असल बनाउनु हो। हाम्रा सन्तति र विद्यार्थीहरुले आफैले आत्मनिर्णय गरी असल हुन सकेनन् भने पनि उनीहरुलाई असल बनाउनका लागि उनीहरुको मन जित्ने किसिमले प्रेरक वातावरण सिर्जना गरेर आफ्नो धर्म निर्वाह गर्ने काम हामीबाट हुनुपर्ने होइन र ?

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top