Free songs
Home / फिचर समाचार / बाङ्गेसालवासीको सिंचाई गर्ने सपना अधुरै

बाङ्गेसालवासीको सिंचाई गर्ने सपना अधुरै

सागर रिजाल

प्युठान। बाङ्गेसालवासीको सिंचाई गर्ने सपना अधुरै भएको छ। वर्षौंदेखि चर्चामा रहेको सिंचाई आयोजनाको काम भएको छैन। यहा“का स् थानीयको सिंचाई गर्ने सपना ४२ वर्ष अघि २०३३ सालमा सिंचाई आयोजनाका लागि केही प्रयास भएको थियो। केही समयपछि फेरि २०५१ सालमा आयोजनाको डिपिआर बनाउन भनी बजेट आएको भए पनि  कार्यान्वयन नभएको यहा“का स् थानीयहरु बताउछन्।

सिंचाई आयोजना सफल भएमा साविकको बाङ्गेसालको सम्पूर्ण आवादी जग्गा, करीब त्यही बराबर पर्ती बा“झो, ऐलानी तथा सार्वजनिक जग्गामा सिंचाई सुविधा पुग्नेछ। एक हजार आठ सय १६ घरधुरीका ११ हजार दुई सय ४३ जनसंख्या यस आयोजनाबाट प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्। त्यस् तै एक हजार सात सय ९७ हेक्टर खेतीयोग्य जमिन सिंचित हुनेछ। उर्वरभूमि बाङ्गेसालमा खाद्यान्न बाली, नगदेबालीको प्रचुर सम्भावना छ। सिंचाईको दिगो व्यवस् थापन नहुदा यहाका किसानको जीवनस् तरसमेत उठ्न सकिरहेको छैन। यस आयोजना बहुउद्देश्यीय भएको बताइन्छ । पालिकाका विकट वस् तीमा रहेका तीन सय घरपरिवारलाई स्थानानन्तर गरी उनीहरुको जीवनमा समृद्धि ल्याउन सकिने वडा नम्बर २ का अध्यक्ष तथा प्रवक्ता वसन्तबहादुर जिसीले विश्वास व्यक्त गर्नुभयो ।

सरुमारानी गाउ“पालिका वडा नं. २ का वडा अध्यक्ष बसन्तबहादुर जिसीले बाङ्गेसालमा सिंचाईको सम्भावना भएको र कार्यान्वयन गर्न सकिने भन्दै गाउ“पालिकामा ध्यानाकर्षण प्रस् ताव पेश गर्नुभएको थियो। पालिकाले प्रवक्ता जिसीकै नेतृत्वमा कार्यदल समेत बनाएको गाउपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो। ‘हामीले कार्यदललाई अध्ययन एवं अनुसन्धान गर्न एक महिनाको समय दिएका छौं’– उहाले भन्नुभयो– ‘अध्ययनपश्चात् आयोजनाको प्रक्रियालाई थालनी गर्न प्रदेश तथा संघ सरकारसमक्ष अनुरोध गर्नेछौं र पालिकाले पनि सहकार्य गर्नेछ।’

सिंचाई माग्न योजना आयोगमा

यसैबीच प्रवक्ता जिसी बाङ्गेसालमा सिंचाई माग्न राष्ट्रिय योजना आयोगमा पुग्नुभएको छ। गाउ“पालिकाको सिफारिस लिएर नेकपाका युवा नेता सूर्य थापा, प्रदेश सांसद कृष्णध्वज खड्का, नेपाल इञ्जिनियरिङ्ग एशोसिएसनका महासचिव छविराज पोख्रेललाई साथमा लिई विभिन्न सरोकारवाला मन्त्रालयमा अनुरोधपत्र पेश गरिएको ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top