Free songs
Home / सम्पादकीय / पन्ध्रौं राष्ट्रिय योजनाको दिशा

पन्ध्रौं राष्ट्रिय योजनाको दिशा

राष्ट्रिय योजना आयोग पन्धौं पञ्चवर्षीय योजना निर्माणको चरणमा जुटेको छ। त्यसै तयारीस् वरुप राष्ट्रिय विकास परिषद् बैठक चलिरहेको छ। नयाँ योजनाका लागि आयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष प्राप्तिका ५५ वटा सूचक सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ सम्म लागु हुने पन्धौं पञ्चवर्षीय योजना बन्दैछ। आयोगले प्रस् ताव गरेका राष्ट्रिय सूचकमध्ये समृद्धिका ३२ वटा छन् भने सुखका २३ वटा छन्। दोहोरो अंकको आर्थिक बृद्धिदरदेखि मानव विकास सूचकांक बढाउनेसम्मका सूचक प्रस् ताव गरिएको छ। उच्च र समतामूलक राष्ट्रिय आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स् वस् थ र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन र कानुनी शासन गरी नौवटा प्रमुख राष्ट्रिय लक्ष पनि अघि सारिएको छ।

लामो राजनीतिक उपथलपुथलपछि मुलुक राजनीतिक स् िथरताको बाटोमा अघि बढ्न खोजेको छ। अहिलेसम्मको धेरै समय राजनीतिक परिवर्तनको आन्दोलनमा खर्च भयो। त्यसो त अब राजनीतिक परिवर्तनको आन्दोलन सकियो भन्ने होइन र सकिदैन पनि। समाज विकासअनुरुप समाजलाई नेतृत्व गर्ने राजनीतिक प्रणाली चाहिन्छ, त्यसअनुकूल व्यवस् था पनि परिवर्तन भइरहन्छ । तर आजसम्म चलेका मध्ये प्रगतिशील व्यवस् था अहिले हामीले प्राप्त गरेका छौं। पूँजीवादी समाजको प्रगतिशील ब्यवस् था भनेको लोकतान्त्रिक गणतन्त्र हो, जो हामीले लामो संघर्षपछि पाएका छौं। अहिले राजनीतिक परिवर्तन भएको पक्का हो । तर त्यो परिवर्तन नेता र कतिपय कार्यकर्ता तहभन्दा तल जान सकेको छैन। अबको एक चरण राजनीतिक परिवर्तनको मर्मअनुसार आर्थिक, सामाजिक र सांस् कृतिक परिवर्तन जनस् तरसम्म पुग्नु आवश्यक छ। अब बन्ने विकास योजनाहरु यसमै केन्द्रित हुनु आवश्यक छ।

यसअघि १४ औं योजनासम्म निर्माण हुँदा र अहिले मुलुकको राजनीतिक अवस् थामा धेरथोर भिन्नता छ। कुनै विकासे कार्यक्रमहरु राजाका हुकुमबाट बने। कुनै विकासे कार्यक्रम असाध्यै केन्द्रिकृत प्रणालीमा चुनिएका थोरै व्यक्ति (विज्ञ) बाट बने। जति योजना बने, त्यसको थोरै हिस् सा पनि लागु हुने स् िथति बनेन। फलस् वरुप नेपालमा २०१३ सालदेखि आवधिक योजना बन्न शुरु भए पनि यसको परिणाम भने अपेक्षाकृत आउन सकेन। अहिले पनि केही जिल्ला सदरमुकामसम्म सडक पुगेको छैन भन्नुपर्ने बाध्यता छ। अहिले पनि झण्डै ३८ प्रतिशत मात्रै सुरक्षित आवासमा बस् छन्, जसले गर्दा बाँकी जनता प्रकृतिसँग संघर्ष गर्दै बाँच्नुपर्ने अवस् था छ। झण्डै २० प्रतिशत जनता अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि छन्। बेरोजगारीको दर झण्डै १२ प्रतिशत छ। ं

यो समग्र अवस् थामा सुधार आउने होइन भने एकातिर जतिसुकै राजनीतिक परिवर्तन गरे पनि त्यो दिगो हुनेछैन भने जनता थप निराश र पलायन हुँदै जानेछन्। मोटोमोटीरुपमा राजनीतिक आन्दोलन एउटा उत्कर्षमा पुगेको, स् िथरताको चाहना असाध्यै बढेको र दुई तिहाइ बहुमतको सरकार बनेको आजको अवस् थामामा आजको आजै नभए पनि जनताको जीवनमा खुशियाली ल्याउने योजना दिन आवश्यक छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष सान्दर्भिक नै भए पनि लक्ष प्राप्तिका लागि नीति, योजना र कार्यक्रम बनाउनु महत्वपूर्ण कुरा हो। कुराले मात्र पेट भरिदैन, अब कुरा होइन, काम गरेर देखाउनुपर्ने बेला आएको छ। आर्थिक समृद्धिको दिशामा अघि बढ्न आत्मगत र वस् तुगत दुबै हिसाबले स् िथति परिपक्व बन्दै गएको छ। आत्मगतरुपमा हेर्दा जनतामा समृद्धिको चाहना र आवश्यकता असाध्यै बढेको छ भने अहिले कसैले विरोध गर्न नसक्ने साझा एजेण्डा पनि यही बनेको छ। वस् तुगतरुपमा दुबै छिमेकी मुलुक आर्थिक विकासमा असाध्यै अघि बढेका छन्। चीन विश्वकै पहिलो महाशक्ति बन्ने दौडमा छ भने भारत चौथो शक्तिको रुपमा स् थापित छ। यो बेलामा नेपालले पनि वस् तुसंगत योजना बनाएर अघि बढ्दा अब द्रूतर गतिको विकासमा अघि बढ्न कसैले रोक्न सक्दैन। त्यसका लागि एक मात्र आवश्यकता भनेको सत्ता सञ्चालकहरुको दृढ इच्छाशक्ति, सोअनुसारको योजना, कार्यान्वयन र सुशासन हो। अहिले बन्दै गरेको पन्ध्रौं राष्ट्रिय योजना यही दिशामा केन्द्रित हुनु आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top