Free songs
Home / सम्पादकीय / लमही–कोइलावास सडक

लमही–कोइलावास सडक

दाङ जिल्लालाई दक्षिणको छिमेकी मुलुक भारतसँग जोड्ने लमही–कोइलावास सडकमा टे«क्टर चल्न शुरु गरेको इतिहास कोट्याउन थाल्ने हो भने झण्डै पाँच दशक पछाडि फर्कनुपर्ने हुन्छ। त्यो बेला दाङलगायत उत्तरी पहाडका जिल्लाका जनताले नुन, तेल, लत्ताकपडालगायतका अति आवश्यक वस् तुहरुको जोहो गर्न कोइलावास नाका पुग्नैपर्ने हुन्थ्यो। पछि महेन्द्र राजमार्ग सुचारु भएपछि कोइलावासको चहलपहल पूरै सेलाएर गयो र त्यो खण्डहरजस् तै बन्न पुग्यो। दशकौंसम्म लमही–कोइलावास सडक राज्यको प्राथमिकताभित्र परेन। बाटो मर्मत सम्भारको न्यूनतम कामसमेत हुन नसक्दा सबैभन्दा नजिकैको नाका गुमनामजस् तै बन्न पुग्यो।

अन्ततः भूगोलले नजिक बनाइसकेको कोइलावास नाका पुनः सुचारु हुने आशा स् थानीयमा पलाउन थालेको छ। लमही–कोइलावास सडकको दूरी ३३ किलोमिटर  मात्रै भएकोले यस क्षेत्रका नेपाली नागरिकहरुलाई भारतका विभिन्न स् थानमा पुग्नका लागि यो बाटो नै सरल र सहज हुन जान्छ। लमही–कोइलावास सडक कालोपत्रे गर्ने काम अब छिट्टै पूरा हुने भएकोले खण्डहरजस् तै बनिसकेको कोइलावासले पुनर्जीवन पाउने आशा त्यस क्षेत्रका जनतामा जागेको छ। निश्चय पनि यो बाटो कालोपत्रे भएपछि कोइलावासको महत्व बढ्नेछ। यातायातको विकाससँगै व्यापारिक गतिविधि र कारोवार बढ्दै जाँदा कोइलावासले पुनर्जीवन पाउने सम्भावना छ।

लमही–कोइलावास सडकको केही स् थानमा मुआब्जा वितरणमा ढिलाई हुँदा स् थानीयले अवरोध गरी कालोपत्रे गर्ने काम रोकेको समाचार आएको छ। सडक निर्माणको कामले गति लिए पनि मुआब्जा वितरणको काममा ढिलाइ हुँदा जग्गाधनीहरु मर्कामा परेका छन्। रोक्का जग्गा हुलाकी सडकका नाममा दर्ता गर्ने काम होस् वा कित्ताकाटमा भएको ढिलाइ होस्, यस् ता समस् या हल गर्ने जिम्मेवारी राज्यका निकायहरुको नै हो। विभिन्न प्राविधिक एवं कानुनी जटिलताहरु हल गर्दै जग्गाधनीहरुलाई समयमै मुआब्जा दिने र कालोपत्रेको काम नरोक्ने गरी समस् या समाधान गर्न विलम्ब गर्नुहुँदैन। मुआब्जा वितरण गर्न आएको रकम सम्बन्धित कार्यालयमा बाँकी रहिरहने र जग्गाधनीहरुले मुआब्जा समयमै नपाउने अहिलेको अवस् था आपसी समन्वय र सहकार्यमार्फत् छिट्टै हल गर्नुपर्छ। जस् तोसुकै परिस् िथतिमा पनि निर्माण कार्य रोकिनु राम्रो होइन। त्यसैले निर्माण कार्य नरोक्ने गरी अन्य प्रक्रियाहरु चाँडोभन्दा चाँडो पूरा गर्नेतर्फ सम्बद्ध सबै पक्ष लाग्नुपर्छ।

एक समयमा कोइलावास राप्तीको प्रमुख द्वारको रुपमा रहेको थियो। त्यहाँ निर्मित राप्तीद्वारले यही वास् तविकतालाई पुष्टि गर्छ। अब कोइलावास राप्तीद्वारको रुपमा मात्र नभएर चीन–नेपाल–भारतसमेतलाई जोड्ने त्रिदेशीय मार्गको रुपमा विकसित हुन सक्ने सम्भावना छ। त्यसैले लमही–कोइलावास सडकलाई छिटोभन्दा छिटो पूर्णता दिने गरी काम अगाडि बढाउन जरुरी छ। सानातिना अल्झन वा समस्याहरुको पछाडि दगुरेर हैन, आपसी सहमति, सहकार्य र समन्वयमार्फत् राम्रो वातावरण निर्माण गरेर चाँडोभन्दा चाँडो यो सकडलाई पूर्णता दिनेतर्फ लाग्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top