Free songs
Home / सम्पादकीय / हावाहुरीको वितण्डाले सिकाएको पाठ

हावाहुरीको वितण्डाले सिकाएको पाठ

बारा र पर्सामा गत आइतवार साँझ आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। यो अकल्पनीय दुर्घटनामा २८ जनाको ज्यान गइसकेको छ भने करीब पौने सात सय घाइते भएका छन्। साढे तीन सय जतिको अहिले पनि उपचार भइरहेको छ। नेपालमा विभिन्न घटना दुर्घटनामा नागरिकको ज्यान जाने गरेको भए पनि हावाहुरीका कारण यति धेरै ज्यान गएको यो बिरलै हुने मध्येको एउटा घटना हो। एकैपटक २८ जनाको निधन र पौने सात सय घाइते हुँदा एकातिर मानवीय समवेदना बढेको छ भने अर्कोतिर हावाहुरीका कारण ज्यान गएकाले यो नौलो घटनाको रुपमा पनि देखिएको छ। त्यसैले सिंगो देशको ध्यान बारा पर्सातिर नै केन्द्रित भएको छ। उद्धारको चरण करीब सकिएको छ भने घाइतेहरुको उपचार चलिरहेको छ। योसँगै तत्काल पुनर्निर्माणको माध्यमबाट बिस् थापित नागरिकलाई आफ्नै घरमा फर्काउनुपर्ने दायित्व छ। यसमा सरकार सम्पूर्णरुपमा लाग्नु आवश्यक छ भने सिंगो देशबासीले पनि आफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक छ।

घटनालगत्तै प्रदेश २ को सरकारले पीडित परिवारलाई तीन÷तीन लाख राहत दिने घोषणा गरेको छ भने घाइतेको उपचार पनि निःशुल्क गरेको छ। लगत्तै प्रधानमन्त्री घटनास् थल पुगेर अभिभावकत्व लिने प्रयास गर्नुभएको छ भने मन्त्रिपरिषद् बैठकबाट पीडितहरुको आवास निर्माण गरिदिने निर्णय गरिएको छ। त्यस् तै सांसदहरुले गच्छेअनुसार सहयोग गर्ने घोषणा गरेका छन् भने प्रमुख सत्तारुढ दल नेकपाले प्रतिमृतक परिवार पाँच÷पाँच लाख राहत पार्टीको तर्फबाट दिने घोषणा गरिसकेको छ। प्रतिपक्ष कांग्रेसले पनि राहत घोषणा गरेको छ भने नेताहरु घटनास् थल पुगेर सहानुभूति दिइरहेका छन्। त्यसो त अन्य प्रदेश र टाढा रहेका स् थानीय सरकारबाट पनि सहयोगको घोषणा गरिरहेका छन्। सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ भने रुपन्देहीको तिलत्तोमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग संकलन गरेर चार लाख दिने घोषणा गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले ५० लाखसहित निजी क्षेत्रबाट पनि सहयोग घोषणा र संकलन शुरु भएको छ।

यी सबै सहयोग संकलनका घोषणा र प्रयासहरुले नेपालीपनको पहिचान दिइरहेका छन्। सानो तर विविधताले भरिएको मुलुक नेपालमा एक ठाउँमा संकट आउँदा बाँकी ठाउँले सहयोग गर्ने पुरानो परम्परा हो। अरुको दुःखमा पीडा बाँँड्ने र सुखमा रमाउने नेपालीको मौलिक पहिचान हो। यसपटक दुई जिल्लामा आएको संकटमा पनि यो देखिएको छ। सरकार निकै प्रभावकारीरुपमा लागेको छ। पीडितको अभिभावकत्व लिंदै राज्यको प्रभावकारी उपस् िथति देखाउनु सरकारको सकारात्मक कदम हो। त्यस् तै राजनीतिक, सामाजिक, निजी क्षेत्र र आम नागरिकले जुनस् तरमा सहानुभूति र समवेदना बाँडेका छन्, यसबाट हाम्रो नेपालीपन अझ उँचो भएको छ। हामी जति कमजोर अवस् थामा रहे पनि मानवीयता मरेको छैन भन्ने यसले देखाउँछ।

योसँगै केही समीक्षा गर्नैपर्ने सवाल पनि छन्, जो कोही प्राविधिक र केही राजनीतिक वा समाजशास् त्रीय प्रकृतिका छन्। यसपटक मौसम पूर्वानुमान महाशाखा नराम्ररी चुकेको छ। त्यसो त उसले हावाहुरी र चट्याङको अनुमान गर्न नसकिने तर्क पनि दिएको छ। यदि त्यसो हो भने सरकारले यी उपकरणको तत्काल ब्यवस् थापन गर्नुपर्छ र उपकरण हुँदाहुँदै लापरवाही गरिएको भए सम्बन्धित अधिकारीमाथि कारवाही हुनुपर्छ। नेपाल उष्ण मौसमी क्षेत्रमा पर्ने मुलुक हो। यहाँ मौसम परिवर्तन भइरहन्छ। एकातिर आफ्नै हिमाली हावापानी छ भने अर्कोतिर अरब सागरबाट आउने वायुका कारण कतिबेला कस् तो मौसम हुन्छ आम नागरिकले अनुमान गर्नै नसक्ने अवस् था हुन्छ। यस् तो बेलामा सरकारले पनि आफ्ना प्रविधिको माध्यमबाट नागरिकलाई सूचित गर्ने र संभावित दुर्घटना टार्ने काम गर्नुपर्छ। यो सवालमा यसपटक मौसम पूर्वानुमान महाशाखा असफल भएको छ। सँगसँगै प्रदेश र स् थानीय सरकारहरु बदलिंदो मौसमप्रति थप सचेत बन्नुपर्ने पाठ यो घटनाले सिकाएको छ।

दोस्रो हरेक घटना दुर्घटनापछि देखिने समाजशास् त्रीय पाटो पनि छ, जो यसपटक पनि देखियो। प्रायः प्राकृतिक प्रकोपको मारमा गरीबहरु नै पर्ने गर्दछन्। बाढी पहिरो र हावाहुरीलगायत सबै प्रकोपमा सबैभन्दा धेरै गुमाउने भनेको बिपन्नले नै हो किनकि उनीहरु कमजोर आवासमा बस् छन्। नेपालमा गरिबीलाई नै भजाएर राजनीति गरिन्छ तर राजनीतिले गरिबी हटाउनेतिर भरपर्दो योजना अघि सार्न सकेको छैन। संविधानले सुरक्षित आवासको व्यवस् था गरेको छ। अब राज्यले सबै नागरिकलाई सुरक्षित आवासको ब्यवस् था मिलाउन के गर्नुपर्छ, त्यसका लागि पनि यो हावाहुरीको बितण्डाले पाठ सिकाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top