Free songs
Home / अन्तर्वार्ता / सेवासँँगै शिक्षा पु¥याउने अभियानमा छौं

सेवासँँगै शिक्षा पु¥याउने अभियानमा छौं

 

हिमालयलाल कसजू
अध्यक्ष– नेपाल परिवार नियोजन संघ नेपाल

नेपाल परिवार नियोजन संघ स् वास् थ्य क्षेत्रमा नेपालमा काम गर्दै आइरहेको एक गैरसरकारी संस् था हो। जसले छ दशकदेखि प्रजनन स्वास्थ् सेवासगै स्वास्थ्य चेतनाको स्तरलाई पनि बृद्धि गर्दै लगिरहेको छ। विकट वस्ती र विपन्न वर्ग समुदाय लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविरदेखि विभिन्न घुम्ती कार्यक्रमहरु समेत गर्दै आएको पाइन्छ। जसले प्रजनन स् वास् थ्य सेवाका क्षेत्रमा सरकारलाई ठूलो सहयोग पु¥याउदै आइरहेको छ तर पनि अझै कतिपय वस् ती र समुदाय उक्त सेवाबाट बिमुख हुनु परिरहेको छ। संघको विकास र जनसेवामा खटिरहनुभएका संघका नवनिर्वाचित अध्यक्ष हिमालयलाल कसजूस“ग नया“ युगबोधकर्मी गिरिराज नेपालीले विविध विषयमा गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत छ। –सम्पादक

 

नेपाल परिवार नियोजन संघले लामो समयदेखि स् वास् थ्य सेवा पु¥याउदै आइरहेको छ। नया नेतृत्व नया योजना केही छ कि, उही शैलीमै चल्छ?

नेपाल परिवार नियोजन संघले स् वास् थ्य सेवा क्षेत्रमा नेपालमा करिब छ दशकदेखि सेवा पु¥याउ“दै आइरहेको छ। जसले विपन्न वस् तीका घर–घर, विकट क्षेत्रका कुना–कुनामा पुगेर प्रजनन स् वास् थ्यस“गै जनचेतनाको स् तरलाई पनि माथि उठाउ“दै लगिरहेको छ। जसले हामीलाई मात्रै होइन राज्यलाई पनि ठूलो श्रेय मिलिरहेको छ। नया“–नया“ प्रविधिको विकासस“गै हामीले सेवा र सूचनालाई उसैगरी परिमार्जन गर्दै लगिरहेको छौं। जुन लक्ष र उद्देश्यका साथ हामी हि“डेका छौं त्यो लक्ष र उद्देश्यलाई पनि सार्थकता मिलिरहेको छ। स् वयं म आफै पनि संघमा लागेको लामो समय भइसकेकाले केही दीर्घकालीन लक्ष र उद्देश्य लिएको छु। त्यसलाई सार्थक बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु।

दीर्घकालीन लक्ष र उद्देश्य भन्नाले?

हाम्रो दीर्घकालीन लक्ष र उद्देश्य भनेकै कसरी आमनागरिकलाई हाम्रो सेवास“ग जोड्न सकिन्छ भन्ने नै हो। अझै पनि धेरै ठाउ“मा प्रजनन स् वास् थ्य बारे न सेवा पुगेको छ न शिक्षा नै पुगेको पाइन्छ। अहिले सरकारले पु¥याइरहेको प्रजनन स् वास् थ्यबारेको तथ्यांक हामीले पु¥याएको सेवा १९ प्रतिशत मात्रै देखिन्छ। त्यसलाई बृद्धि गर्दै कसरी आमनागरिक प्रजनन स् वास् थ्य सेवामा हामीस“ग जोड्न सकिन्छ? कसरी स् वास् थ्य शिक्षा र चेतनाको स् तर विकास गर्न सकिन्छ भन्ने हाम्रो ध्येय हो ।

ठूलै लक्ष र उद्देश्य बोकेर सेवामा तल्लीन भइरहे पनि सेवा क्षेत्रको विस् तार खासै हुन सकेको छैन नि किन?

संघले छ दशकदेखि देशभर नै क्षेत्रगत आवश्यकताका आधारमा सेवा पु¥याउदै आइरहेको छ। शाखाका रुपमा २८ वटा जिल्लामा शाखा विस् तार गरेका छौं, जहा आवश्यकता छ। जहा“का नागरिक स् वास् थ्य सेवाको पहुचमा पुग्न सकेका छैनन्। हामीले त्यस् ता ठाउ“लाई उच्च प्राथामिकतामा राखेर काम गरिरहेका छौ। २८ वटा जिल्लामा शाखा विस् तार गरेर काम गरिरहेका छौं। त्यसलाई थोरै भन्न मिल्दैन। यो सानो पनि होइन। एउटा कुरा के हो भने हाम्रो शाखा दाङमा छ। तर दाङका छिमेकी जिल्लाहरुमा छैनन् भने हामीले छिमेकी जिल्लाहरुमा समेत सेवा पु¥याउनुपर्छ र त्यो गर्दै पनि आइरहेका छौं। मैले माथि नै भनिसकें आवश्यकताका आधारमा कस् तो वर्ग समुदाय स् वास् थ्य सेवाको पहुचमा छैनन, त्यसको मूल्यांकन गरेर आपसी समन्वय र सहकार्यमा काम गर्दै आइरहेको छौं।

कतै सेवा अनुरुपको कार्यक्षेत्र विस् तार हुन सकेन कि?

हैन, अब यो संख्याको हिसावले हामीले हे¥यौं भने कम भन्न चैं मिलेन। अब नेपाल सरकारले यो प्रजनन स् वास् थ्य सेवाको हिसाबमा वर्षमा २०÷२२ लाख वर्षेनि सेवा पु¥याउ“दै आइरहेको छ। त्यसमा हामीले पा“च÷छ लाखलाई वर्षेनि सेवा पु¥याइरहेका छौं। जुन हामीले टार्गेट गरे अनुरुपको नै भइरहेको छ। ७७ जिल्लामा २८ वटा शाखा हेर्दा त थोरै देखिएला तर हाम्रो सेवा आवश्यकता र तत् वस् ती, समुदाय हुने भएकाले हामीलाई कम बढीको महसुस अझै गर्नुपरेको छैन। तर यतिमा सन्तोष हुन सकिदैन । किनकि आवश्यकताका आधारमा अझै पनि यस् ता ठाउ“हरु छन्। जहा“ स् वास् थ्यचौकी समेत पुग्न सकेका छैनन्। मुलुक संघीय संरचनामा भर्खरै गएको छ। यसका संरचनाहरु बन्ने क्रममा छन्। सरकार पनि अहिले स् वास् थ्य सेवाको पहु“च बढाउन चाहिरहेको छ। आगामी दिनमा हामीले हाम्रो सेवा अझै प्रभावकारी बनाउ“दै आमनागरिकको पहु“चसम्म पु¥याउन अलि फराकिलो बनाउ“दै लैजाने प्रयास गरिरहेका छौं। जसले हाम्रा सेवा क्षेत्रलाई पनि बढाउ“दै लैजानेछ।

सेवा क्षेत्रलाई फराकिलो बनाउदै सेवाको पहुचसम्म आमनागरिकलाई जोड्नेछौं भन्नाले?

 

अझै पनि कतिपय वस् ती र वर्ग समुदाय पहु“चसम्म यौन तथा प्रजनन स् वास् थ्य सेवा पुग्न सकेको छैन, जहा“ सेवा पुग्न सकेको छैन। त्यहा“ झन शिक्षा पुग्ने कुरै भएन। जसका कारण उनीहरु अझै रोग पालेर बसिरहेका छन्। हो त्यस् ता वर्गलाई समुदायको स् वास् थ्य सेवा पहु“चमा ल्याउन हामीले नया“ नीति तथा कार्यक्रमहरु तय गरी आवश्यकता र औचित्यका आधारमा जोड्दै लैजाने सोचमा छौं। अर्काे कुरा यो दातृ राष्ट्रको सहयोगबाट सञ्चालित एक गैरसरकारी संस् था हो। जसका बारेमा तपाइ“ हामी जानकार छौं। यदि हामीले हाम्रा सेवाहरुलार्ई प्रभावकारीरुपमा सञ्चालन गर्न सकेनौं भने अहिले सेवा पाइरहेका मुलुकभरको १९ प्रतिशत जनसंख्या छ, भोलिका दिनमा हामीले हाम्रो काममा प्रभावकारी ल्याउन सकेनांै भने त्यो पनि बन्द हुने र लाभाविन्त जनसंख्या पनि सेवाबाट बञ्चित हुनुपर्ने अवस् था सिर्जना हुन सक्छ। जसका कारण राज्यलाई थप १९ प्रतिशत माथिको लगानी थप्नुपर्छ। अर्काे कुरा, अहिलेसम्म ‘डोनर’बाट सञ्चालित छौं। संघ आर्थिकरुपमा अझै सशक्त हुन सकेको छैन। त्यसका आधारहरु तय हुन सकेका छैनन्। जसका लागि अबको नया“ नेतृत्वले संघलाई आर्थिकरुपमा सशक्त बनाउने प्रयासको खोजीमा छौं। जसले भोलिका दिनमा ‘डोनर’को मुख ताकेर बस् नु नपरोस्। स् थापित भइसकेका सेवा क्षेत्र आर्थिकरुपमा सवल गराउन सके ‘डोनर’ले दिएको रकमलाई नयॉ शाखा विस् तार र प्रविधि विकासमा खर्च गर्ने सोच राखेका छौं।

तपाइहरु स्वास्थ्य सेवाको संवेदनशील क्षेत्रमा हुनुहुन्छ । यो क्षेत्र किन फष्टाउन नसकेको होला?

अब मैले भनिसकेको छु हामी आवश्यकताका आधारमा सेवा पु¥याउ“दै आइरहेका छौं। तर यति भन्दैमा हामी मुक्त हुने स् िथति पनि होइन। हामी सेवाको दौरानमा नागरिकका ढोका–ढोकासम्म पुगेका छौं। तर यतिमै सन्तुष्ट छौं भन्ने होइन। स् वास् थ्य जस् तो संवेदनशील कुरा अरुले गरेको जस् तो समूह गठन गरेर पनि हु“दैन। हामीलाई रोगी चाहिएको हो। रोगी छैनन् भन्न खोजेका पनि होइनौं। भौगोलिक रुपमा उपयुक्त र सुविधासम्पन्न ठाउ“ चाहिन्छ। जसका लागि लगानीको आवश्यकता पर्छ। डोनरका माध्यमवाट सञ्चालित संस् थालाई राज्यले लगानी लगाउन सक्दैन। हामीस“ग पर्याप्त लगानी पनि ह“ुदैन। यही कारण यस्तै समस्या हामीले भोगिरहेका छौं। राज्य गैरसरकारी संस् थाहरु पनि हेर्ने दृष्टिकोण भिन्न रहेकाले संघ फष्टाउन नसकेको एउटा कुरो हो भने अर्काे कुरा डोनरको मुख ताक्नुपर्ने स् िथति हो। पर्याप्त लगानी पाउन नसक्दा हामी खुम्चिनुपर्ने स् िथतिमा पुगेका हौं।

सरकार र संघको आपसी समन्वय र सहकार्य कस् तो छ?

पक्कै पनि हो हामीे निश्चित लक्ष र उद्देश्य बोकेर नागरिकको स् वास् थ्य सेवामा लागेको छौं। सरकारको लक्ष पनि त्यही हो। हाम्रो लक्ष पनि हो। राज्यले गरे पनि त्यही हो। हामीले गरे पनि त्यही हो। सरकारले यो कुरा बुझ्नुपर्ने हो तर सरकारले गैरसरकारी संस् थाहरुलाई जति समेटेर लैजानुपर्ने हो त्यो रुपमा लैजान सकेको छैन। जसका कारण थुप्रै कामहरु सरकार र गैरसरकारी संस् थाहरुबीच दोहोरिदै गइरहेका छन्। मैले भन्न खोजेको कुरा के हो भने जुन–जुन काम लिएर गैरसरकारी संस्थाहरु फिल्डमा उत्रिएका छन् त्यसमा सरकारले पनि ध्यान दिन सके लगानी अझ प्रभावकारीढंगले सञ्चालन गर्न सकिन्थ्यो।

सरकारले पनि स्वास्थ्य सेवा क्षेत्रमा वर्षेनि करोडांै लगानी गरिरहेकै छ। गैरसरकारी क्षेत्रबाट उस्तै लगानी भित्रिरहेकै पाइन्छ। तर प्रजनन स्वास्थ्य सेवा र समस्या अझै उस्तै हुनुको कारण ?

नेपाल विकासोउन्मुख राष्ट्र हो। मुलुक अझै पनि आर्थिकरुपमा सक्षम हुन सकेको छैन। स्वास्थ्य समस्या आर्थिकसगै प्रत्यक्ष जोडिएको एउटा समस् या हो भने शिक्षा पनि उत्तिकै महत्वपूर्ण छ। तर राज्यले सोचे अनुरुप स्वास्थ्य र शिक्षातर्फ लगानी लगाउन सकेको छैन। जसको पीडा विपन्न वर्ग समुदायले भोग्नु परिरहेको छ। अर्काे कुरा आर्थिकका कारण रोग पालेर बस्नु परिरहेको छ भने अर्काे शिक्षाका कारण रोग लुकाएर बस्नुपर्ने स् िथति छ। नेपाली समाज अझै अशिक्षा र गरिवीले पिल्सिरहेको छ। जसले स्वास्थ्य समस्यालाई जोगाउदै लगिरहेको छ। जसका लागि राज्य र गैरसरकारी संस्थाहरु दुबैले सेवास‘“गै शिक्षाको विकासका लागि लगानी लगाउन आवश्यक छ।

जसले समस् याको समाधानसगै सचेतनाको विकासमा सघाउ पु¥याउनेछ। चेतना अभावका कारण अझै पनि प्रजनन स् वास् थ्य समस् या लुकेर बसिरहेका छन्। त्यस् ता वर्ग समुदायलाई सरकारले विशेष योजना र नीति कार्यक्रम तय गरी यस क्षेत्रमा काम गर्ने संघसंस् थाहरुलाई साथमा लिइ प्रजनन स्वास्थ्य समस्या न्यूनीकरणतर्फ सरकार अग्रसर बन्नु जरुरी छ। अझै नेपालका दलित, जनजाति, विपन्न वर्ग समुदायमा यो समस् या कायममै रहिरहेकाले यो आवश्यक पनि छ। तपाइ“लाई म एउटा कुरा भन्छु के भने विपन्न समुदायकी एक बृद्ध आमामा पाठेघरको समस् या हुन्छ। ती आमाले न उपचार पाउन सकेकी हुन्छिन् न कसैलाई भन्न सक्छिन्। पीडामा उनी बँ“चिरहेकी हुन्छिन्। समाजमा प्रशस्तै भेटिने यस प्रकारका घटना र समस् याहरु हुन्। जसका लागि राज्यले विशेष योजना तय गर्न जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top