Free songs
Home / फिचर समाचार / ९२ वर्षमा नागरिकता

९२ वर्षमा नागरिकता

शिवराज पन्थी

गढवा। गढवा–३ रतनपुरकी ९२ वर्षीया चल्ली चौधरीलाई नागरिकता बनाउने शिविरमा डो¥याउ“दै सामाजिक अभियन्ता सरस् वती योगीले ल्याउनुभयो। नागरिकता लिन शिविरमा आउनुभएकी चौधरीले बृद्ध उमेरमा सिडिओको हातबाट नागरिकता पाएपछि खुशी हुनुभयो।

दुबै आ“खा देख्न नसक्ने उहा“ले नागरिकता पाएपछि बृद्धभत्ता पाइने भयो भनेर खुशी ब्यक्त गर्नुभयो। त्यसो त नागरिकता बनाउने शिविर सञ्चालन गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास समेतको टोलीबाट हालसम्म नागरिकता नै नलिएकी गढवा–१ बनघुस्रीकी २७ वर्षीया पुष्पा गिरी र गढवा–२ चिमचिमेकी गीताकुमारी केसीले गाउ“मै नागरिकता पाउ“दा खुसी ब्यक्त गर्नुभयो। उहा“हरुलगायत शिविरमा उपस् िथत भएका एक सय २२ बढीे नागरिकहरुले नागरिकता प्राप्त गर्दा खुशी ब्यक्त गरेका हुन्। नाका क्षेत्र र दुर्गम भूगोल चिमचिमेजस् ता ठाउ“हरुमा बसोवास गर्ने नागरिकहरु गाउ“घरमै नागरिकता दिने अभियानमा प्रजिओ नै गाउ“मा आएपछि स् थानीय नागरिकहरु खुशी भएका हुन्।

गढवा गाउपालिका वडानं. २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षतामा शुरु भएको शिविर उद्घाटन कार्यक्रममा गढवा गाउ“पालिका वडा नं.२ कोठरी निवासी रासमा कुमारी चौधरीलाई गाउपालिकाका अध्यक्ष सहजराम यादव र इलाका प्रशासन कार्यालय लमहीका प्रमुख पे्रम खवासले नागरिकता प्रदान गरी कार्यक्रमको उद्घाटन भएको हो।

नाका क्षेत्र र दुर्गम भूगोललाई केन्द्रित गरी गाउ“–गाउ“मा नागरिकता बनाउने शिविर सञ्चालन गरिएको र देउखुरी क्षेत्रमा लमही नगरपालिकाको देवीकोटमा ७७ जनाले नागरिकता लिएको र गढवा गाउ“पालिकाको पचाहामा शनिवार शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो। यसैगरी जिल्लाका अन्य दुर्गम भूगोलमा पनि नागरिकता वितरण शिविर सञ्चालन गरिएको उहाले बताउनुभयो।

शनिवार देउखुरीको पचाहामा सञ्चालित शिविरबाट ७७ जना महिला र ४५ जना पुरुष गरी जम्मा एक सय २२ जनाले नागरिकता लिएका र मतदाता नामावलीकालागि फोटो खिचाई डाटा इण्ट्री गराएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख पे्रम खवासले जानकारी दिनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top