Free songs
Home / फिचर समाचार / ‘ह्वीलचियर’ पाउँदा खुशी

‘ह्वीलचियर’ पाउँदा खुशी

शिवराज पन्थी

गढवा। गढवा गाउपालिका–३ पचैयाका ३६ वर्षीय बिन्देश्वर चौधरीले जीवनको आधा उमेर सकिएपछि गाउ“पालिकाबाट ह्वीलचेयर अर्थात् ड्राइसाइकिल पाउ“दा आइतवार खुशीले गद्गद् हुनुभयो। म यो साइकलको सहाराबाट पूरै देउखुरी घुम्ने र देख्ने सपना बोकेको छु’– उहा“ले कार्यक्रममा उपस् िथत सबैलाई दंग पार्नुभयो।

गाउपालिकाले ह्वीलचेयर वितरण गर्ने कार्यक्रम थाहा पाएर खुट्टा टेक्नै नसक्ने गढवा–४ खड्कपुरका १८ वर्षीय कमलनारायण चौधरीलाई उहा“का बाबु भुपलाल चौधरीले कार्यक्रमस् थलमा बोकेर ल्याउनुभयो। उहा“ले पनि जीवनमा पहिलो पटक ह्वीलचेयर चढ्ने सपना पूरा भएको बताउनुभयो। त्यस् तै गढवा–७ की ६४ वर्षीया सीतारामी चौधरी, गढवा–६ का ११ वर्षीय समिर चौधरी, गढवा– ७ मक्नहवाका विष्णु चौधरीलगायतका आठजनाले गाउ‘“पालिकाको बजेटबाट ह्वीलचेयर पाउ“दा हर्षित भएको बताएका छन्।

गढवा गाउ“पालिकाको चालु आर्थिक वर्षको अपांग लक्षित बजेटबाट आइतवार एक कार्यक्रम आयोजना गरी राप्ती बहिरा संघले अपांगता भएका ब्यक्तिहरुका लागि सहायक सामग्री वितरणको ब्यवस् थापन गरेको हो। राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादव र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले संयुक्त रुपमा अपांगता भएका ३३ जनालाई ह्वीलचेयर लगायतका विभिन्न सहायक सामग्रीहरु वितरण गर्नुभएको हो।

जस अनुसार एकजनालाई ड्राइसाइकल, आठ जनालाई ह्वीलचेयर, १० जनालाई वैशाखी जोडी, १० जनालाई एलबो स् िटक, चारजना दृष्टिविहीनलाई सेतो छडी गरी ३३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको गाउ“पालिकाले जनाएको छ।

यसअघि राप्ती बहिरा संघले गढवा गाउ“पालिकास“ग समन्वय गरी अपांगता भएकाहरुको डाटा संकलन गरी पुस् ितका तयार गरेर विमोचन गरी गाउपालिकालाई हस् तान्तरण गरेको थियो। जसअनुसार गढवा गाउ“पालिकामा पा“च सय ४३ जना अपांगता भएका ब्यक्तिहरु रहेको तथ्यांक सार्वजनिक भएको छ। जसमा दुई सय ५३ जना शारीरिक अपांगता, ६८ जना दृष्टिविहीन, ५८ जना बहिरा, ५२ जना मानसिक, ५९ जना स्वर तथा बोलाई, पाचजना बौद्धिक, दुईजना अर्टिजम र ३८ जना बहुअपांगता भएका ब्यक्तिहरु रहेको तथ्यांक संकलन भएको गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो।

सामग्री वितरण कार्यक्रममा गाउ“पालिकाका अध्यक्ष सहजराम यादव, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, देउखुरी सामुदायिक पुस् तकालयका अध्यक्ष गिरिराज भट्ट, पे्रस संयोजक शिवराज पन्थी र स् थानीय बुद्धिजीवी सूर्यबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो। डेक नेपाल बाकेका प्राविधिक रामकुमार थारुको स्वागत मन्तब्य र विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण राप्ती बहिरा संघका नवराज बस् नेतले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top