Free songs
Home / समाचार / प्रमुख समाचार / स्थानीय तहहरु भ्रष्टाचारको चंगुलमा

स्थानीय तहहरु भ्रष्टाचारको चंगुलमा

यमलाल भुसाल

बुटवल  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा परेका भ्रष्टाचारका उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका विषयगत कार्यालयका रहेका छन्।

अख्तियारमा सबैभन्दा बढी उक्त मन्त्रालय मातहतका कार्यालयका काम कारवाहीलाई लिएर तीन सय ७५ वटा उजुरी परेका छन्। कूल एक हजार ४४ मुद्दामध्ये पौने चार सय स् थानीय तहकै देखिएका छन्। त्यसैगरी शिक्षा मन्त्रालयअन्तर्गत तीन सय १०, भूमि व्यवस् था मन्त्रालयअन्तर्गत ८५, भौतिक पूर्वाधार ५०, वन मन्त्रालयअन्तर्गत ४९, ऊर्जा अन्तर्गतका ३४, स् वास् थ्य अन्तर्गतका ३३, गृह अन्तर्गतका २८, कृषि अन्तर्गतका १४ र अन्य मन्त्रालयका ४१ उजुरी परेका छन्।
संघीय मामिला तथा स् थानीय विकास मन्त्रालय अन्तर्गत स् थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार तथा अनियमितता भएका उजुरी परेको कार्यालय प्रमुख सहसचिव तारानाथ अधिकारीले बताउनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा भ्रष्टाचारजन्य छवटा घटनामा आठजनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरुलाई रंगेहात पक्राउ गर्दा उनीहरुको साथबाट ३९ लाख ७७ हजार पा“च सय रुपैया“ घुस रकम बरामद गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म गरेका प्रगति सार्वजनिक गर्नका लागि आइतवार पत्रकारहरुस“गको अन्तत्र्रिmया कार्यक्रममा दोस्रो चौमासिकसम्म छजना सरकारी कर्मचारी सहित आठजनालाई पक्राउ गरी उनीहरुलाई जागिरबाट निलम्बन गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको उहा“ले जानकारी गराउनुभयो।

त्यसरी घुससहित रंगेहात पक्राउ पर्नेमा तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मीका सवइञ्जिनियर प्रकाश झा, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख सुरेश ठाकुर र उनकी श्रीमती, यातायात व्यवस् था कार्यालय लुम्बिनी सवारी दर्ता बुटवलका सवारी जा“च पास प्राविधिक सरोजकुमार शाह रहेका छन्।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. १३ का शाखा अधिकृत भरतकुमार काउछा, रुपन्देहीको शुद्धोधन गाउ“पालिकाका इञ्जिनियर कपिल अर्याल, सवइञ्जिनियर लक्ष्मण ढुंगाना र कपिलवस् तु जिल्लाकृष्ण धार्मिक मावि व्यवस् थापन समितिका सदस् य विजयनाथ चौवेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो।

चालु आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका एक हजार एक उजुरीमध्ये चार सय ९२ वटा उजुरी फछ्र्याैट भएको कार्यालयका उपसचिव नारायण पाण्डेले जानकारी गराउनुभयो। प्रदेश पा“चका नौ र गण्डकी प्रदेशको नवलपरासीपूर्वसहित १० जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा सबैभन्दा बढी रुपन्देहीमा तीन सय ३८ उजुरी परेका थिए। त्यसमध्ये कार्यालयले एक सय ७७ वटा उजुरी फछ्र्यौट गरेको जनाएको छ।

त्यस्तै एक सय ९७ उजुरी दर्तामध्ये कपिलवस् तुमा ९५ वटा, नवलपरासी पश्चिममा एक सय ७९ मा ६२, अर्घाखा“ची ७२ मा ४६, पाल्पामा ५३ मा ४१, गुल्मीमा ४८ मा ३२, नवलपरासी पूर्व ४९ मा २९, रोल्पामा ३१ मा सात, प्युठानमा १२ मा दुई र रुकुम पूर्वमा सबैभन्दा कम सातवटा उजुरी दर्ता भएकामा एउटा उजुरी फछ्र्याैट गरेको उहा“ले बताउनुभयो।

कार्यालयका अनुसार भवन निर्माण, त्यसको गुणस् तर, छात्रबृत्ति रकम दुरुपयोग, पाठ्यपुस् तक वितरण, शिक्षक कर्मचारी नियुक्ति, सामाजिक सुरक्षा भत्ता वितरण, उपभोक्ता समितिमार्फत हुने विकास निर्माण, सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता, वन तथा ऐलानी जग्गा, औष्ािध खरीद तथा वितरण, स् थानीय तहमा करार कर्मचारी नियुक्ति, उसको आन्तरिक आयको बिनियोजन, नक्कली बिल भर्पाईलगायतका क्षेत्रमा भ्रष्टाचार तथा अनियमितता हुने गरेको उपसचिव पाण्डेले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top