Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्थानीय तहमा सिसि क्यामरा जडान

स्थानीय तहमा सिसि क्यामरा जडान

 बुद्धि पुन

सल्यान। सल्यानको सिद्धकुमाख गाउ“पालिकामा सिसि क्यामरा जडान गरिएको छ। सुशासन र पारदर्शिताका लागि गाउ“पालिकाले प्रदान गर्ने सेवा सुविधालाई चुस् तदुरुस् त पार्न गाउ“पालिकाको कार्यालयमा निगरानीका लागि सिसि क्यामरा जडान गरिएको हो। कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको गुनासो कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन सिसि क्यामरा जडान गरिएको गाउ“पालिकाका सूचना अधिकारी भीम भण्डारीले बताउनुभयो।

गाउ“पालिकाले विभिन्न शाखाहरुको निगरानी गर्न गाउ“पालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेको कार्यकक्षमा मनिटर राखिएको छ। गाउ“पालिकाको कार्यालयमा विभिन्न शाखा र कार्यालय प्रांगणसम्मको निगरानी हुने गरी १७ वटा सिसि क्यामरा करिब पा“च लाखको लागतमा जडान गरिएको छ। क्यामरा जडानपश्चात कर्मचारीले सेवाग्राहीको कामकाज चुस् तदुरुस् त रुपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको गाउ“पालिकाका अध्यक्ष चलाउनेले बताउनुभयो।

गाउ“पालिकाको आर्थिक वर्षको स् वीकृत कार्यक्रम अनुसार गाउ“पालिकामा सिसि क्यामरा जडान गरिएको उहा“ले बताउनुभयो। कार्यालयमा सिसि क्यामरा सञ्चालनमा आएस“गै यसले कार्यालयमा हुने दैनिक क्रियाकलापहरूलाई रेकर्ड गरेर राख्ने छ। कार्यालयको काम चुस् तदुरुस् त र पारदर्शी बनाउन सहयोग हुने भएकाले गाउ“पालिकामा सिसि क्यामरा जडान गरिएको उहा“ले बताउनुभयो।

यस् तै निराजन माध्यमिक विद्यालय ढोरचौँरमा पनि सिसि क्यामरा जडान गरिएको छ। विद्यालयका प्रत्येक कक्षा कोठामा हुने क्रियाकलापहरू प्रधानाध्यापक एकजनाले अवलोकन गर्न गाह्रो हुने गरेको बताउ“दै सिसि क्यामरा जडान भएपछि त्यो समस् या समाधान भएको प्रधानाध्यापक धर्मराज धर्तीले बताउनुभयो। विद्यालयको शैक्षिक गुणस् तर सुधारमा सिसि क्यामरा उपलब्धिमूलक हुने उहाले बताउनुभयो।

गाउपालिकाको पा“च लाख रुपैया“ बजेटबाट विद्यालयमा सिसि क्यामरा जडान गरिएको हो। विद्यालयमा २४ वटा क्यामरा जडान गरिएको छ। सिसि क्यामेरा सञ्चालन कार्यविधि अनुसार नै काम सम्पन्न भएको गाउ“पालिकाले जनाएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top