Free songs
Home / फिचर समाचार / वसन्तको सफलता : कपाल काटेरै २८ लाखको घर

वसन्तको सफलता : कपाल काटेरै २८ लाखको घर

निमुसंगम घर्ती

घोराही। बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म दैनिक कैंची र ब्लेड हातमा। पालै नपाइने गरी कपाल र दाह्री काट्नेको घुइ“चो। १६ वर्षदेखिको दैनिकी यसरी नै चल्छ वसन्त चौधरीको छ।

२०५९ सालदेखि कपाल र दाह्री काट्दै आउनुभएका घोराही उपमहानगरपालिका–१७ गुलरियाका वसन्तको मेहनतले फल पनि राम्रै दिएको छ। कैंची र ब्लेडलाई आम्दानीको स्रोत बनाएका वसन्तले कपाल काटेर के प्रगति गर्नुभए होला भन्ने प्रश्न उठ्न सक्छ। तर वसन्तले स् वदेशमै वा गाउ“मै रोजगार छैन भन्नेलाई सीप सिक्न र खट्न गतिलो उदाहरण दिनुभएको छ।

गुलरियाचोकमा अहिले बसन्तले कपाल र दाह्री काटेरै २८ लाखको पक्की घर बनाउनुभएको छ। शुरुमा गाउ“कै दाइ धर्म चौधरीले कपाल काटेको देखेर सीपमा हात हाल्नुभएका वसन्तले अहिले पेशा नै बनाउनुभएको छ। ११ वर्ष मेनरोडमा, चार वर्ष तुलसीपुर चोक र एक वर्ष अन्यको पसलमा कपाल काटेका वसन्तले १६ वर्षको अवधिमा राम्रो प्रगति गर्नुभएको छ।

नेपाली समुदायका कमै मात्र भेटिन्छन् कपाल काट्नेहरु तर वसन्तले अन्य छजनालाई पनि कपाल काट्न सिकाएको बताउनुहुन्छ। ‘शुरु–शुरुमा त सबै भारत र तराईबाट आएकाहरुले कपाल काट्थे तर मैले यो पेशालाई व्यावसायिक बनाउछु भनेर लागें’– उहाले भन्नुभयो– ‘मेहनत र लगनशील भएर लाग्दा कपाल र दाह्री काटेर पनि कमाई राम्रै भयो। दैनिक ३० जनासम्मको कपाल काट्दा वसन्तले दुई हजार रुपैया आम्दानी गर्दै आउनुभएको छ। आम्दानीको पाच सय रुपैया सहकारीमा जम्मा गर्दै पनि आउनुभएको छ। ‘पहिले त विदेश जाने सोच बनाएको थिए तर पछि मन फेरियो र यहीं कपाल काट्छु भनेर लागें’– उहाले भन्नुभयो। सीप सिकेपछि घाटा हु“दोरहेनछ भन्ने लाग्यो र पछिपछि त यही पेशा प्यारो भयो र सफल भए।’

‘अहिले नेपाल नाई संघको सचिव छु। पेशा र कामलाई पूजा गर्न सक्नुपर्छ भन्ने लाग्दै गयो र निरन्तर कपाल काट्नमै व्यस् त भए“’– उहा“ले भन्नुभयो– ‘त्यही मेरो व्यस् तता र खटाइले नै अहिले पा“च वटा सटर र एउटा कोठा भएको २८ लाखमा घर बनाउन सकें। सबैले विदेशमै पैसा छ भन्ने सोच बोकेको देख्दा अचम्म लाग्छ तर पैसा यहीं छ मेहनत र सोचको आवश्यकता मात्रै परिवर्तन हुन आवश्यक छ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top