Free songs
Home / फिचर समाचार / राष्ट्रिय खेलकूद प्रतियोगिता अझै अनिश्चित

राष्ट्रिय खेलकूद प्रतियोगिता अझै अनिश्चित

दशरथ घिमिरे

देउखुरी। प्रदेश ५ मा सञ्चालन गर्ने तयारी गरिएको आठौं मिसन राष्ट्रिय खेलकूद प्रतियोगिता अझै अनिश्चित बनेको छ। यही चैत २३ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने मिति सार्वजनिक भए पनि सोही मितिमा खेल सञ्चालन हुन नसक्ने अवस् थामा पुगेको हो।

नेपालगञ्जमा खेलकूद प्रतियोगिताको उद्घाटन गर्ने योजना छ। तर उद्घाटनस् थलको पूर्वाधार निर्माण सम्पन्न नहुदा खेल प्रतियोगिता अनिश्चित बनेको हो। भिआइपी प्याराफिटको सामान भन्सारमा रोकिएको र त्यहा“बाट आएमा मात्रै प्याराफिटको काम सकिने छ। भन्सारमा राजस् व बुझाउने बजेट नै अभाव भएको स्रोतले दाबी गरेको छ। युवा तथा खेलकूद मन्त्रालयले यस वर्षदेखि कार्यविधि नै बनाएर सात वटै प्रदेशमा चक्रीय प्रणालीबाट राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न थालेको हो।

हरेक दुई–दुई वर्षमा खेलकूद प्रतियोगिता आयोजना गर्न कार्यविधि सुनिश्चितता गरेको र हरेक प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरिने युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले बताउनुभयो। प्रदेश ५ को कपिलवस् तु, पाल्पा, दाङ, बा“के, बर्दियामा खेल हुनेछन्। दाङमा उसु, ब्याडमिन्टन, बास् केटबल, क्रिकेट, टेबुलटेनिस, एथलेटिक्स र महिला फूटबल हुने जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाले जानकारी दिनुभयो।

पूर्वाधार अवलोकन गर्न मन्त्रीको दौडाहा

प्रदेश ५ को दाङसहित अन्य जिल्लामा राष्ट्रिय खेलकूद प्रतियोगिता हुदैछन्। प्रतियोगिता आयोजना गर्न पूर्वाधार निर्माण थालिएको छ। पूर्वाधार निर्माणको अवस् था बुझन युवा तथा खेलकूदमन्त्री प्रदेश ५ का खेल आयोजना हुने स् थलमा पुगेर मैदानको अवलोकन गर्नुभएको छ। आइतवार दाङको लमही क्रिकेट मैदान, बेलझुण्डी, तुलसीपुर क्षेत्रको खेल आयोजना गरिने स् थलको अवलोकन गर्नुभयो।

पूर्वाधार खेल आयोजना गर्न सक्ने अवस् थामा पुगेका छन। मात्रै खेल उद्घाटन हुने मैदानको भिआइपी प्याराफिटको काम बा“की छ’– मन्त्री विश्वकर्माले भन्नुभयो– ‘खेल उद्घाटन हुने मिति र समापन मिति तोक्न बाकी छ। पूर्वाधार अवलोकन पछि बैठक बसेर निर्णय गर्छाैं।’

लमही क्रिकेट मैदान गौरव गर्ने लायकको बन्योलमहीको क्रिकेट मैदानमा मिसन आठौं

महिला क्रिकेट प्रतियोगिता आयोजना गरिदैछ। यो मैदानको निर्माण कार्यको अवलोकन गर्दै युवा तथा खेलकूद मन्त्री विश्वकर्माले गौरव गर्न लायक मैदान बनेको प्रतिक्रिया दिनुभयो। ‘साउन महिनामा क्रिकेट मैदान हेरेको थिए“। त्यो बेला र यो बेलाको मैदानमा धेरै परिवर्तन आयो। गौरव गर्ने लायक मैदान बन्यो’– मन्त्री विश्वकर्माले भन्नुभयो– ‘यो खेल मैदानको स् तरोन्नतिको लागि सरकारले ध्यान दिन्छ। देशभर नौवटा क्रिकेट मैदान छन्। देशभरीका अरु मैदान सरह यो मैदान अघि आयो।’

दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डा“गीको अध्यक्षतामा भएको कार्यक्रममा देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाकर पौडेलले ज्ञापनपत्र बुझाउनुभएको थियो। कार्यक्रमको सञ्चालन देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top