Free songs
Home / समाचार / संक्षिप्त समाचार / मुक्तिनाथ विकास बैंक घोराहीमा

मुक्तिनाथ विकास बैंक घोराहीमा

गोविन्द खड्का

घोराही । मुक्तिनाथ विकास बंैकको शाखा घोराहीमा स् थापना भएको छ। घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले आइतवार सहिद उमेश मार्गमा बैंकको उद्घाटन गर्नुभएको हो।

गाउ–गाउमा पुगेर सेवाले मन जित्न प्रमुख अतिथि मेयर चौधरीले शुभकामना दिनुभएको थियो। समाजका सकारात्मक ऊर्जा, जा“गर, सीप र कमाइलाई बढाउने कार्यक्रम ल्याउन कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सुझाव थियोे।

१२ वर्षअघि स् याङ्जामा स् थापना भएको बैंकले एक सय २० बढी शाखाबाट सेवा प्रदान गर्दै आएको जनाएको छ। एक करोड २० लाखबाट शुरुवात भएको पू“जी चार अर्ब पुगेको बताइएको छ। अबको एक वर्षभित्र देशभरका विभिन्न स् थानमा साठी बढी शाखा खोल्ने लक्ष छ।

एक हजारदेखि करोडौंसम्म लगानी गर्न सकिने वैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउतले जानकारी दिनुभयो। कार्यक्रमका अध्यक्षसमेत रहनुभएका राउतले ३५ अर्ब कर्जा लगानी गरेको जानकारी दिनुभयो। उहा“का अनुसार त्यसमा ११ अर्ब लघुवित्तमा छ, १० अर्ब बिनाधितोको कर्जा लगानी गरिएको छ। ४० प्रतिशत उत्पादनमा र ३० प्रतिशत कृषिमा लगानी गरिएको छ। सात लाखसम्म समूहमा, पा“च लाखसम्म व्यक्तिलाई बिनाधितो कर्जा दिने व्यवस् था छ। बैंकमा चार लाख खातावाल छन्। त्यसमार्फत ४० अर्ब निक्षेप संकलन हुन्छ। खराब कर्जा अत्यन्तै न्यून छ।

कार्यक्रममा घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र नागरिक समाजका संयोजक चन्द्रराज पन्तलगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। बंैकका घोराही शाखा डेस् क प्रमुख विकल घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण बैंकका अनुगमन अधिकृत तेज गिरीले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top