Free songs
Home / विचार / भाग्यमानी बन्ने क्रममा नयाँँ पुस्ता

भाग्यमानी बन्ने क्रममा नयाँँ पुस्ता

रामचन्द्र उप्रेती

छोरी सरला भन्दै थिइन् काठमाडौंमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे। कलेज जान कस् तो गाह्रो हुन्थ्यो। जेहोस् अहिलेका केटीहरुले यस् तो असभ्यता भोग्नुपरेको छैन। २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबर्जस् ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको छ। छोरी सरला भन्दै थिइन् काठमाडौंमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे। कलेज जान कस् तो गाह्रो हुन्थ्यो। जेहोस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नुपरेको छैन। २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबर्जस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको छ।

बितेका २५ वर्षमा अनगिन्ती यस् ता बन्द हड्ताल भएका थिए जहा“ साइकल, रिक्सा, एम्बुलेन्स, दमकल, शववाहन, प्रहरीका सवारीसम्मलाई अवरोध हुने गरेको थियो। औषधि पसल, होटल समेत बन्द गर्ने गरिन्थ्यो। बेलुका गन्तव्यमा पुगिने आशामा सीमित खर्च लिएर हि“डेका मानिस बाटामा बिरामी, केटाकेटी, बुढाबुढी लिएर हप्ता–हप्तासम्म नै बिचल्लीमा परेका घटना धेरै पुरानो भएको छैन। १५ दिनको छुट्टी लिएर विदेशबाट आएकाले काठमाडौं बाहिर घरसम्म जान नपाएर त्यतैबाट फर्कनुपरेको थियो। दश वर्षमा दर्जन सरकार बने, भत्किए। यो धेरै पुरानो कुरा होइन।

पदासिन सफेद लुटेराहरुको दबदबा कतिसम्म थियो भनेर अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की, अहिलेका निलम्बित पप्पु कन्स् ट्क्सनका मालिक ठेकेदार सांसद पप्पु यादव, अलिक अघिका कर फछ्र्यौट आयोगका पदाधिकारी र भर्खरै ओझेल परेका कतिपय वरिष्ठ न्यायाधीशलाई हेर्दा हुन्छ। लुट्न सक्नु, अकुत धन आर्जन गर्नु, पैसाको बलमा पद प्राप्त गर्नु, पदको सिंढी चढ्नु कतैबाट आलोचनाको विषय बन्दैनथ्यो। सयौं, हजारौ निरीहको लुटेर धन जम्मा गर्ने र केही अंश चन्दा, दान दिएर सम्मानित हुने कुरा सामाजिक संस् कार बनेको अवस् था अभैm पुरानो भएको छैन। कसले कसरी कमायो कहिल्यै कसैले नखोज्ने समाज हो हाम्रो।
सेवा गर्नुपर्ने राजनीतिकर्मी धनका व्यापारी बन्ने, सीमित मुनाफामा चल्नुपर्ने व्यवसायी व्यापारी ठग बन्ने, राज्यको तलव सुविधा लिएर सेवा दिन बसेका कर्मचारी सेवाग्राहीलाई अक्करमा पारेर पैसा धुत्ने शासन प्रशासनको दैनिकी बनेको देशमा हामी सुधारमा चमत्कारको अपेक्षा गर्छौं।

मानिसले सिक्ने समाजबाट हो । चलनबाट हो । अरुको कर्मको नक्कल गरेर सिक्ने हो। अझ भन्दा बडाले गरेको कामबाट हो। समाजले स्थापित गरेका मूल्य मान्यताबाट हो। श्रम गर्ने वर्गबाट श्रम नगर्ने वर्गमा रुपान्तरण हुन मरिहत्ते गर्ने समाजको चरित्र बनेको छ। दलाली गर्नु, कमिशन लिनु, बिचौलिया बनेर आर्थिक आर्जन गर्नु, इमानदार र सोझालाई ठगेर आर्थिक आर्जन गर्नु जीविका चलाउने र धन थुपार्ने आदर्श बनेको छ। समाजको ठूलो हिस् सालाई यो संस् कृतिले लपेटिसकेको छ। समाजको सबैभन्दा भरपर्दो मध्यम वर्गका युवाको प्लस टु पार गर्नुको उद्देश्य विकसित मुलुकमा सुकिलो दास बन्न जानेमा छ। सुकिलो दास बन्न नसक्नेहरु सामाजिक संस् कारलाई चुनौती दिन नसकेर सीमित आर्जनका लागि असीमित सपना बोकेर पसिना चुहाउन विदेशको बाटो रोजेका छन्। ती सबैको आशा र आलोचनाको केन्द्र बनेको छ सरकार।

दुईतिहाईको स् िथर सरकार छ । यसले नगरे कसैले गर्दैन भन्ने जमात ठूलो छ । आशाको नजरले हेरेको छ। हतारो उसलाई पनि छ । तर पर्खने धैर्यता गुमाएको छैन। छिचरो भएर बोल्दैन। जानेको छ । तर जतासुकैका भित्तामा लेख्दैन। जसले सरकार बनाउन खासै योगदान गरेन, जसले सरकार र समाजको जटिलतालाई बुभ्mदैन वा बुझेर पनि नबुझेको जस् तो गर्छ ती सबै भित्ते सञ्चारकर्मी भएका छन्। त्रिकालदर्शी  भएका छन्। आप्mनो टाउकालाई उति दुःख दिदैनन्। अरुले भित्तामा टा“सेको हेरेर, सारेर विचार बनाउछन्। मन बनाउछन्। ती सबै यो सरकारस“ग सुधार र विकासमा चमत्कारको आशा गर्छन्। धेरैलाई लाग्छ यो सरकार दुई तिहाईको सरकार यसले जे चाह्यो त्यो तत्कालै गर्न सक्छ। गर्नुपर्छ। किन नगरेको ? सरकारलाई पनि कम हतारो छैन। केही गर्न खोजेको छ। गर्न खोज्दा अर्कोले भन्छ सरकारले दुई तिहाईको घमण्ड देखायो।

संघीयताको कार्यान्वयन कानुनको निर्माणदेखि शुरु गर्नुपर्ने सरकारको जिम्मेवारी। कर्मचारी समायोजनको चक्र। न नीति नियम, न बस् ने कुर्सी टेवल, न कार्यालयको ठेगाना, न कर्मचारी आपूm बाहेकका सात सय ६० वटा  थरिथरिका सरकारको अवस् था र  असन्तुष्टि। यी सबैको चाङमा उभिएर, सबैलाई धेरथोर चित्त बुझाएर नियम कानुनअनुरुप सुशासन कायम गर्नु र समृद्धिको खाका कोर्नु चानचुने कुरा होइन।

सरकारले गरेर मात्रै पुग्दैन हामी पनि सुध्रिनु पर्छ। हामी सुध्रिएर मात्रै ह“ुदैन सरकार नै जिम्मेवार हुनुपर्छ। सरकार कमजोर भएको लामो समयमा हुर्केको धुर्तहरुको अराजक चेतले मुलुकको चप्पाचप्पालाई थिलथिलो पारेको छ। बलियो सरकारको पहिलो काम धुर्तको अराजकतालाई नियन्त्रण गर्नु हो त्यो पनि कानुन सम्मत। कानुनभन्दा बाहिरबाट नियन्त्रण गर्न खोज्दा फेरि सरकार नै अराजक बन्ने खतरा हुन्छ। त्यो कसैको रोजाइ होइन र हुनु ह“ुदैन पनि। त्यसैले यहा“ चमत्कार गर्न सरकारलाई सजिलो छैन। तर सबैले सामाजिक भित्तामा आप्mनो पत्रकारितालाई सार्वजनिक गर्ने अवसर प्रविधिले जुराइदिएकाले ठीक र बेठीक छुट्याउन अरु केही समय लाग्ने भएको छ। पाकेको केरा र नानीको आची उस् तै–उस् तै हो भन्ने चेतको पनि कमी छैन। पाथिभरामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई एकजना भित्ते पत्रकारले लेखेका थिए जनताले सजाय दिन सकेका थिएनन् पाथिभरा देवीले सजाय दिएछन्। योभन्दा बुद्धिको दरिद्रता अरु के होला ? तिनलाई पनि आप्mनो कुरा भित्तामा लेखेर सार्वजनिक गर्ने छुट छ। यी पात्र त प्रतिनिधि मात्र हुन्। यस् तो स् वभाव र चरित्रको जमात बोल्छ, चिच्याउ“छ, कुर्लन्छ, धारेहात लगाएर सत्तोसराप गर्छ तर सकारात्मक कामको सिन्को भा“च्दैन। यस् तालाई पनि सरकारले चमत्कार गरिदिएको हेर्न मन छ। अझ भन्छन् सरकार किन चमत्कार गर्दैन ? मुलुक राजनीतिक संक्रमणमा रहेको लामो समयमा हुर्केको धुर्तहरुको सफेद लुट समूहलाई कानुनको दायरामा ल्याएर सुशासनको विश्वास आम मानिसमा ल्याउनु सरकारको पहिलो काम हो। सरकारले सुशासनको पाइला चाल्दा अराजकतामा रजाइ“ गर्न पल्केको सफेद लुटाहा पदाधीशहरुले पहिलो विरोध गर्ने गरेका छन्। ती गांैडा–गांैडामा बसेर सरकारका प्रत्येक कदममा क्षेप्यास् त्र प्रयोग गर्छन्। तिनका कुरालाई पत्याएर भित्ते पत्रकार सरकारको आलोचना गर्छन् । तर सरकारका सकारात्मक कामको चर्चा गर्दा आपूm चर्चित नभइने डर तिनलाई छ। किनकि यहा“ गाली गरेर चर्चित हुने संस् कार बसेको छ। चर्चित हुने सजिलो बाटो तथ्यहीन नै सही गालीको बोली बोल्नुपर्ने वाध्यता धेरैको बनेको छ। किनकि हामीमा नकारात्मक स् वादको बानी परेको छ।

केही पनि भएको छैन भन्नेहरुले दुई वर्ष पहिलेको अवस् थालाई मात्रै हेरिदिए पुग्छ। धेरै पर फर्कनु पर्दैन। केही वर्ष अगाडिको अवस् थाभन्दा प्रायः सबै शहरको फोहोर घटेको छ। उपत्यकाका शहरका सडकको अवस् थामा सुधार भएको सहजै देख्न सकिन्छ। त्यहा“ पहिला धेरै धुलो उड्थ्यो । अहिले कम भएको छ। अहिले उपत्यका बाहिरका शहरमा धुलो उड्ने क्रम बढेको छ। जब निर्माण कार्य सकिन्छ तब केही सहज हुन्छ नै। यो शुभ संकेत नै हो।

जताततै लुट्न पल्केका पदासीनको राज र बोलवाला, उन्मुक्त र अट्टहास हा“सो हा“स् दै हिड्नेहरुको लाममा कमी आएको छ। भन्सारलगायतको राजस् वमा हुने गरेको लुटमा कमी आएको छ । तर पनि महंगी बढ्न पाएको छैन। खर्चका शीर्षक मिलाएर देशको ढुकुटी लुट्ने चलनमा केही सुधारको संकेत देखिएको छ। अब कामै नगरी लुट्न पाइ“दैन, लुट्नै छ भने पनि काम गरेको देखिनुपर्छ भन्ने मान्यता हुर्कदैछ। सार्वजनिक यातायातमा केही सुधार भएको छ। रोकिएका निर्माण कार्यले गति लिन थालेको छ। भूकम्प पीडितहरुको घर बन्ने र राहत पाउने कुराको गति बढेकै कारण यो अवधिमा धेरै घर बनेका छन्। धेरै स् कूल र सार्वजनिक सम्पदाको निर्माणले गति लिएको छ। बैदेशिक रोजगारीमा भएको ठगीका उजुरी अलि बढ्ता सुनिन थालेका  छन्। सफेद ओहोदावाला लुटेराहरु अलिकति हच्केका छन्। बिजुली, पानी, टेलिफोनको बिल तिर्न बस् नुपर्ने लामा लाइनहरु हटेका छन् वा छोटा भएका छन्। सेवाग्राही जनतालाई सधै हेपेर बोल्ने सरकारी कर्मचारीको स् वर केही फेरिन थालेको छ। मन्त्री, उच्च तहका कर्मचारीलाई सायद पहिलो पटक सोध्न थालिएको छ के तपाइ“ आप्mनो काम ठीकस“ग गर्दै हुनुहुन्छ ? सामाजिक र घरेलु हिंसाको उजुरी लिन हत्तपत्त नमान्ने प्रहरी उजुरी सुन्ने हु“दैछ। जनताको प्रत्यक्ष स् वास् थस“ग सरोकार राख्ने खाद्य वस् तुमा भएको मिसावटमा सरकारले चियाउन थालेको अनुभूति हुन थालेको छ। यस् तै–यस् तै धेरै क्षेत्रमा केही न केही हु“दैछ। यो चमत्कार होइन र चमत्कार ह“ुदैन पनि । तर सुधारको केही संकेत त हो।

सरकारले फेरि पनि कुनै महत्वको काम गरेको होइन। यति हो कि विगतका सरकारले यति पनि गर्ने जा“गर देखाएका थिएनन्। यति चाहि“ पक्का हो। परिवर्तन चाहनेले आप्mना आनीबानीमा पनि परिवर्तन गर्न सक्नुपर्छ। त्यो हामीले गर्नुपर्छ र सरकारले सरकारको काम गर्नुपर्छ।  राजस् वमा माफिया, ठेक्कापट्टामा माफिया, उद्योगमा माफिया, जग्गामा माफिया, मेडिकलमा माफिया, स् वास् थ्यमा माफिया, भन्सारमा माफिया, वैदेशिक रोजगारमा माफिया। माफियाको जालो नपुगेको र विचौलिया नभएको कुनै कार्यालय छैन। जताततै ठगहरुको विगबिगी छ। यस् तोमा हामी पनि सुध्रिनुपर्छ र सरकार पनि। अहिले ठोकेर भन्न सकिन्छ विगतका कुनै सरकारभन्दा यो सरकारले बढी आशा देखाएको छ। अर्को कुरा पनि ठोकैरै भन्न सकिन्छ हामी पनि विगतमा भन्दा बढी नै जिम्मेवार हुन सिक्दैछौं। घरको फोहोर सडकमा फाल्न कम भएको छ। आप्mनो रमाइलोका लागि अरुलाई अनाहकमा दुखः दिने काम कम हुदै गएको छ। त्यसैको परिणाम हो यो होली अर्थात २०७५ को होली अरुलाई दुःख दिएर, झुक्याएर रङ दल्ने, लोला हान्ने जस् ता कर्ममा ठूलो परिवर्तन आएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top