Free songs
Home / सम्पादकीय / प्राकृतिक स्रोत साधनको व्यवस्थित उपयोग गर्ने सवाल

प्राकृतिक स्रोत साधनको व्यवस्थित उपयोग गर्ने सवाल

नेपाल प्राकृतिक स्रोत, साधन र सम्पदाको दृष्टिले सम्पन्न मुलुक हो। जलस्रोतमा नेपाल विश्वकै दोस्रो धनी राष्ट्र मानिन्छ। प्रकृतिले नेपाललाई धनी र सम्पन्न बनाए पनि नेपाल विश्वकै गरिव एवं अल्पविकसित राष्ट्रहरुको सूचीमा अग्रणी स् थानमा छ। यसो हुनुको कारण र तथ्य खोज्दै जाँदा धेरै चिज अगाडि आउने गर्दछन्। यसो हुनुमा अहिलेसम्मका सत्ताधारीहरु र जनस् तरमा समेत देखापर्ने दरिद्र मानसिकता पनि एउटा कारण हो। अर्थात हामीहरु आर्थिकरुपमा मात्र गरिव छैनौं मानसिकरुपमा समेत गरिव छौं। अब कम्तिमा यो मानसिकता बदल्न सक्नुपर्छ।

भर्खरै मात्र नेपाल सरकारले विद्युत उत्पादनमा जनताको प्रत्यक्ष सहभागिता र लगानी बढाउने उद्देश्यका साथ ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको शेयर धनी’ नारालाई साकार पार्न शेयर खुला गरेको छ। जनस् तरबाट लगानीका लागि देखाइएको उत्साहलाई हेर्दा नेपालमा लगानीका लागि पूँजीको कमी नभएको स् पष्ट भएको छ। जनताको लगानीलाई सुरक्षित गर्दै उचित प्रतिफल दिने वातावरण बन्न सक्यो भने यहाँ लगानीका लागि विदेशीको मुख ताक्नुपर्ने छैन। विदेशमा रहेका नेपाली मूलका नागरिकहरुलाई समेत यस क्षेत्रमा आकर्षित गर्न सकिने प्रशस्त सम्भावना छ।

आफूसँग भएका प्राकृतिक स्रोत, साधन र सम्पदाको समुचित उपयोग गरेर नै मुलुकलाई विकास र समृद्धिको मार्गमा अग्रसर गराउन सकिन्छ। जलविद्युत क्षेत्रमा अहिले थालिएका प्रयासहरु निश्चय नै सकारात्मक छन्। यसलाई अन्य क्षेत्रहरुमा विस् तारित गर्दै लग्न सकियो भने साँच्चै मुलुक आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनेछ। नेपालमा कृषि र पर्यटनमा समेत राम्रो सम्भावना छ। कृषि नै त्यस् तो क्षेत्र हो जो औद्योगिक विकासको महत्वपूर्ण आधार मानिन्छ। तर अहिले कृषि क्षेत्रको अवस् था सन्तोषजनक छैन। एकातिर उत्पादनशील खेतीयोग्य जमिन बाँझो रहेको छ, अर्कातिर यस क्षेत्रमा श्रमशक्तिको अभाव दिनप्रतिदिन खड्किदैछ। कृषि कर्मप्रति नागरिकहरुमा अरुचि बढ्दै जानु निश्चय नै राम्रो होइन। यसले मुलुकको औद्योगिकीकरणमा समेत अवरोध सिर्जना गर्नेछ।

नेपालमा रहेका प्राकृतिक स्रोत साधनहरुमध्ये खोला तथा नदीहरुमा पाइने ढुंगा, गिट्टी, बालुवाको जथाभावी उत्खनन र उपयोग भइरहेको पाइन्छ। यसलाई व्यवस् िथत तरिकाले उत्खनन गरेर विकास निर्माणको काममा उपयोग गर्नुको साटो व्यक्ति विशेषले अनुचित फाइदा लिइरहेको अवस् था छ। ढुंगा गिट्टी र बालुवाको व्यापारमा ठूलो बेथिति देखिएको छ। खोलामै संकलन केन्द्र खोलेर ढुंगा गिट्टीको पहाड बनाउने, खोलामै डोजर स् काभेटरजस् ता यन्त्रहरुको प्रयोग गर्ने, सडक, पुलहरुमा समेत असर पुग्ने गरी जथाभावी उत्खनन गर्ने क्रम रोकिएको छैन। स् थानीय प्राकृतिक स्रोत साधनहरुको उपयोग र वितरण गर्ने जिम्मेवारी स् थानीय तहलाई दिइए पनि यो काम व्यवस् िथत हुन सकेको छैन। स् थानीय प्राकृतिक स्रोत साधनबाट स् थानीय जनता लाभान्वित हुनुको साटो तस् कर, ठेकेदार, भ्रष्ट बिचौलियाहरु मालामाल बनेका छन्।

प्राकृतिक स्रोत साधनमाथि जनताको अधिकार स्थापित गर्ने र व्यक्तिले होइन, राष्ट्रले लाभ लिने गरी नीति निर्माण गर्ने र योजना बनाउने काममा तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य आवश्यक छ। राष्ट्रको सम्पदा दोहन गरेर व्यक्ति विशेषले अनुचित लाभ लिइरहेको अहिलेको स् िथति अन्त्य गर्न जरुरी छ। प्राकृतिक सम्पदाको उपयोग रोकेर हैन, यसलाई व्यवस् िथतढंगले उपयोग गर्ने नीति बनाएर नै अहिले भइरहेका बेथितिहरुको अन्त्य गर्न सकिनेछ। प्राकृतिक सम्पदाको जथाभावी र अत्यधिक दोहन गरेर व्यक्ति विशेषले अनुचित लाभ लिने प्रवृत्तिलाई अन्त्य गर्ने जिम्मेवारी राज्यको हो। यसमा स् थानीय तहले समेत जिम्मेवार भूमिका निर्वाह गर्न सक्नुपर्ने हुन्छ। यसमा देखापर्ने विचौलिया प्रवृत्तिलाई निरुत्साहित गर्न पनि त्यत्तिकै जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top