Free songs
Home / फिचर समाचार / घोरदौरासहित चार स्थानमा सांस्कृतिक डबली बन्ने

घोरदौरासहित चार स्थानमा सांस्कृतिक डबली बन्ने

युगबोध समाचारदाता

घोराही। दाङको घोरदौरासहित प्रदेशका चार स्थानमा प्रदेश सरकारले सांस् कृतिक डबली निर्माण गर्ने भएको छ। प्रदेश नं. ५ को सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशका चार जिल्लामा सांस् कृतिक डबली निर्माण गर्ने भएको हो।

पर्यटकीय सम्भावना भएका ठाउ“मा सांस् कृतिक डबली तथा खुला नाचघर निर्माण प्रक्रिया अगाडि बढेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

यस वर्ष पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोट र बर्दियाको ठाकुरद्वारामा खुला नाचघर निर्माण प्रक्रिया अगाडि बढाएको सो मन्त्रालयका सचिव धनञ्जय पौडेलले जानकारी दिनुभयो। घोरदौरामा डबलीका लागि जग्गा पहिचान भइसकेको छ।

दर्जनौं पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गरेको छ। ‘अब प्रदेशका कला र संस् कृति नाचघरमै बसेर हेर्न पाइनेछ’– सचिव पौडेलले भन्नुभयो– ‘आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखेर नाचघर निर्माणको प्रक्रिया थालेका छौं।’ प्रदेश सरकारले सांस् कृतिक
डबली तथा नाचघर निर्माणका लागि रु. दुई÷दुई करोडका दरले बजेट विनियोजन गरेको छ।

खुुला नाचघर निर्माणका लागि पाल्पाको श्रीनगरमा जग्गाको टुङ्गो लागिसकेको छ। अर्धचन्द्राकारमा निर्माण गरिने नाचघरमा छ सयजना दर्शक बसेर हेर्न मिल्ने व्यवस् था मिलाइने छ। पाल्पामा डिभिजन वन कार्यालयमार्फत नाचघर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।

नाचघरको बाहिरी भागमा करुवाबाट पानीको फोहरा निस् िकएको सुन्दर दृश्यसहितको कलात्मक नाचघर निर्माणका लागि डिपिआरको काम भइरहेको मन्त्रालयले जनाएको छ। यस आर्थिक वर्षमै ठेक्का भएर काम शुरु गर्ने तयारीमा मन्त्रालय छ। नाचघर निर्माणका लागि रुपन्देहीको नुवाकोटमा जग्गा खोज्ने काम भइरहेको छ। यसवर्ष नुवाकोटमा खुला नाचघरको पूर्वाधारको शुरुवात हुनेछ।

चालु आवमा बजेट अपुग हुने भएकाले बहुवर्षीय ठेक्का प्रक्रियामार्फत खुला नाचघर निर्माणको काम थालनी गर्ने मन्त्रालयले जनाएको छ। प्रदेश नं. ५ को समृृद्धिको आधार नै पर्यटन भएकाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ। नाचघरको निर्माणपछि आन्तरिक पर्यटकका साथै गौतम बुद्धको जन्मस् थल आउने विदेशी पर्यटकले समेत रुपन्देही, पाल्पा, दाङ र बर्दिया पुगेर प्रदेशको कला र संस् कृति हेर्न पाउनेछन्। प्रदेशमा निर्माण हुने नाच घरका कारण पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top