Free songs
Home / विचार / ग्रेटाथनवर्गलाई प्रकृतिवादी सलाम छ

ग्रेटाथनवर्गलाई प्रकृतिवादी सलाम छ

डिल्लीबहादुर रावत

पर्यावरण प्रदूषण र विनाशले यस धर्तीलाई अक्रान्त बनाउ“दै लगिरहेको सर्वविदितै छ। धर्तीका सत्तासीन राजनीतिक पार्टीका नेताहरुमा बढ्दो अहंमताले दृष्टिविहीन बनाउदै लगिरहेको छ। जसले गर्दा मानिसलगायत सम्पूर्ण प्राणी गम्भीर संकटबाट गुज्रन विवश हुनुपरिरहेको छ। यति मात्र कहा“ हो र,  यो सुन्दर धर्ती मानवको निम्ति अनुपयुक्त बन्दै गइरहेको यथार्थ सबैको सामु घाम झै छर्लङ्ग छ। मानिसले धर्ती मात्र होइन, अन्तरीक्षसमेत फोहोर बनाउन थालिसके। आउने दिनमा अरु ग्रह पनि फोहोर बनाउने निश्चित छ। आखिर मानिस किन यति धेरै विवेकहीन बन्दै गइरहेको होला ? हामी आफूलाई प्राणीमा सर्वोत्कृष्ट प्राणी मान्दछौं । तर व्यवहार भने तल्लो दर्जाको गर्दछौं। पर्यावरण संरक्षणको लागि आवाज उठ्न थालेपछि मात्र शासकहरु पर्यावरणप्रति चासो दिए जस् तो गरिरहेका छन्। भाषण गर्ने माध्यमसम्म बनाउन शुरु गरेका छन्। तैपनि व्यवहारमा ठोस नीति बनाएर उत्रिन सकिरहेका छैनन्। यो नै दुःखको विषय बनिरहेको छ। त्यसैले शासकहरुलाई अझ ठूला– ठूला दबाब अझ निरन्तर दिइरहनुपर्ने देखिन्छ। अब कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा चा“डो भन्दा चा“डो कम नगर्ने हो भने ठूला–ठूला समस् याको सामना गर्न मानिस तयार हुनुपर्दछ। यसको चपेटामा सबै भन्दा पहिले संसारका गरिव वर्ग पर्नेछन्। यस् तैगरी संसारका गरिव देशहरुमा गम्भीर संकट देखा पर्नेछ। अनि सम्पन्न मानिस र देशमा पनि पर्नेछ। पर्यावरण प्रदूषण र विनाशका कारण निम्तिने चौतर्फी संकटबाट अन्ततः कोही पनि बच्न सक्ने छैनन्। त्यसैले यो शताव्दीको आधाआधीसम्म कार्बनडाइअक्साइडको उत्सर्जनलाई शून्यमा झार्न सक्नुपर्दछ। अनि मात्र हामी मानिस प्राणीमा उत्कृष्ट प्राणी ठहरिने छांै।
यसको लागि अहिलेदेखि नै पहल गर्न शुरु गर्नुपर्दछ।

पर्यावरणका विविध पक्षको संरक्षण गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसहरु मनाउन शुरु गरिएको छ। यो राम्रो पक्ष हो। यसै क्रममा द्दण् ःबचअज मा ध्यचमि क्उयचचयध म्बथ, द्दद्द ःबचअजमा क्ष्लतभचलबतष्यलब िम्बथ या ँयचभकत बलम धबतभच मबथ द्दघ ःबचअज मा ध्यचमि ःभतभचययिनष्अब िम्बथ, यसैगरी चैत १४ गते अर्थात ःबचअज द्दड तारीखमा भ्बचतज ज्यगच म्बथ आउ“दैछ। यो दिवस मनाउनुको कारण १ः०० घण्टा भए पनि पृथ्वीलाई कृत्रिम प्रकाशको तापक्रमबाट बचाउ“ भन्ने हो। अर्थात चैत्र १४ गते ८ः३० देखि ९ः३० सम्म पृथ्वीमा बल्ने बिजुलीबत्तीलगायत अन्य ऊर्जा दिने चिजहरु बन्द गरौं भन्ने हो। वास् तवमा यस दिन राज्यले नै आ–आफ्नो पावरहाउसहरु बन्द गरिदिनुपर्दछ। अनि मात्र यो दिवस मनाएको सार्थक हुन जान्छ। पानीबाट निस् कने ऊर्जा मात्र नभइ डिजेल, पेट्रोललगायत युरेनियम आदि ऊर्जा सबै बन्द गराउने र जनतामा यसबारे जानकारी दिने हो भने यो दिवस मनाएको औचित्य हुनेछ। यस् ता पर्यावरणस“ग जोडिएका धेरै दिवसहरु हामीले मनाउने गर्दछांै । तर राज्य स् वयं बेखबर भइदिन्छ। कतिपय अवस् थामा सम्बन्धित मन्त्रालयअन्तरगतका विभाग र कार्यालयहरुले आफूभित्रै स–साना कार्यक्रम गरेर औपचारिकता निर्वाह गरेको देखिन्छ। यो नै दुर्भाग्यको विषय बन्दै गइरहेको छ। जब कि वातावरणस“ग जोडिएका हरेक दिवसमा सरकार र पूरै राज्य संयन्त्र सक्रिय भई सहभागिता जनाउने र आमजनतालाई आ–आफ्नो ठाउ“मा सहभागी हुन आग्रह गर्नुपर्दछ। अनि मात्र पर्यावरणीय चेतनाको विकास बढेर जानेछ। जसले गर्दा पर्यावरणका विविध पक्षको संरक्षणमा सशक्त रुपमा जनसहभागिता जुट्न जानेछ। प्रदूषणलाई कम गर्दै जानेमा जनसमर्थन जुट्दै जानेछ। त्यसैले राज्य पर्यावरण संरक्षणमा जवाफदेही बन्न सक्नुपर्दछ। तर अहिलेसम्म यस् तो हुन सकिरहेको छैन।

यो चैत महिना पर्यावरणस“ग जोडिएका दिवसहरु परेको महिना हो। जसले गर्दा संरक्षणकर्मीहरुको लागि चैत महिना ऊर्जा थप्ने महिना हुन गएको छ। यति मात्र होइन, चैत १ गते पर्यावरण संरक्षणकर्मीहरुको लागि संसारमै अकल्पनीय काम हुन पुग्यो। त्यो कसरी भयो भने स् वीडेनकी १६ वर्षीया बालिका गे्रटाथन वर्गको पहलमा विश्वका ८२ देशका हजारौं शहरहरुमा स् कुले बच्चाहरुले पर्यावरण संरक्षणको लागि दुनियाका शासकहरुलाई दबाब दिनको लागि विशाल ¥यालीहरु आयोजना गरे। यो अभियानले एकाएक तीब्रता पकडेको चाहि“ होइन। यसरी दुनियाका स् कुले बच्चालाई पर्यावरण संरक्षणको आन्दोलनमा पहिलो पटक संगठित गराउन सफल भएकी गे्रटालाई धेरै भन्दा धेरै बधाई एवं सफलताको शुभकामना। १६ वर्षीया ग्रेटा थनवर्गले गत वर्षको अगस् तमा स् वीडेनमा साप्ताहिक आन्दोलनको शुरुवात गरेकी थिइन। कपाल कोरेर चिटिक्क परेर स् कुल जाने उमेरमा ग्रेटाले संसार थर्काइन् । उनले आफै हातले लेखेर एउटा ब्यानर तयार पारिन् जसमा लेखिएको थियो– “जलवायु परिवर्तनको लागि स् कुले हड्ताल।” यिनले ँचष्मबथ ँगतगचभ नामक अभियान चलाइन्। शुरुमा आफ्नो अभिभावक समेतले उनलाई हतोत्सासहित बनाउन खोजे। उनका साथीभाइहरुले साथ दिन इन्कार गरे। तर पनि उनले हार भने मानिनन्। अटल विश्वास र दृढ निश्चितताका साथ निरन्तर लागिरहिन्। स् वीडेनको पार्लियामेन्ट भवन अगाडिको पर्खालमा ब्यानर टा“सेर बिहान ८ः३० देखि सा“झ ३ः०० बजे सम्म एक्लै धर्नामा बस् दै आइन्। अन्ततः दुनिया“को मन छुन सफल भइन्। उनले लेखेको व्यानर १२–१३ वटा भाषामा अनुवाद भयो। पर्यावरण जस् तो गम्भीर र जटिल विषय समाधान गर्न संसारकै शासकहरुलाई दबाब दिन यति ठूलो अभियान चलाउनु चानचुने कुरो अवश्य होइन। त्यसैले पर्यावरण संरक्षणको निम्ति नोवेल पुरस् कारले सम्मानित गरिनुपर्दछ भन्ने मलाई लागेको छ।

नेपालमा पनि माध्यमिक विद्यालयहरुमा प्रशस् तरुपमा इको क्लब गठन भएका छन्। तर त्यति कामकाजी बन्न सकिरहेका छैनन्। यसो हुनुमा शिक्षकहरु पर्यावरणप्रति जवाफदेही बन्न नसक्नु नै हो। त्यसैले सरकारले प्रत्येक माविमा पर्यावरण विषय अनिवार्य गराउनु पर्दछ । पर्यावरण शिक्षक राखेर ईको क्लवलाई सक्रिय बनाउनुपर्दछ। अनि मात्र अन्तर्राष्ट्रिय अभियानमा ऐक्यबद्धता जनाउन सक्नेछन् भने नेपालबाटै अन्तर्राष्ट्रिय अभियान चलाउन अभिप्रेरित हुने थिए। बच्चाहरुले उमेर पुगेका र सरकारलाई  पर्यावरण संरक्षणको क्षेत्रमा काम गर भनेर दबाब दिनु भनेको मामुली कुरा होइन। यति मात्रै होइन स् ाानैदेखि पर्यावरण संरक्षणको अभियानमा लागे भने जो जुन क्षेत्रमा क्रियाशील हुन्छ त्यही क्षेत्रबाट आफू सक्दो सहयोग गर्नेछन। यो अभियान युगकै लागि महत्वपूर्ण हुनपुगेको छ। संसारका व्यक्तिगत स् वार्थमा डुबेका शासकहरुलाई स् कुले बच्चाहरुले राम्रैस“ग झक्झकाइदिएका छन्। स–साना बालबालिकाको बाल मस् ितष्कबाट निस् केको अभियानबाट वयस् कहरुलाई गतिलो पाठ सिकाइदिएका छन्। हुन त वर्तमान विश्वका शासकहरु यत्ति ¥याली आन्दोलनबाट पाठ सिक्नेवाला छैनन्। अझ ठूला–ठूला आन्दोलनको आवश्यकता पर्दछ भने आन्दोलनलाई निरन्तरता दिनुपर्दछ। अन्तमा ग्रेटालाई प्रकृतिवादी सलाम छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top