Free songs
Home / फिचर समाचार / कृषि र पर्यटनमा लगानी गर्नुहोस्ः मन्त्री ज्वाला

कृषि र पर्यटनमा लगानी गर्नुहोस्ः मन्त्री ज्वाला

 बुद्धि पुन

सल्यान। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान थुप्रै सम्भावना बोकेको जिल्ला भएकाले कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ।

उहा“ले सल्यान जिल्ला धेरै सम्भावनाको खानी भएको बताउ“दै कृषि र पर्यटनमा लगानी गरे आर्थिक रुपमा छिट्टै सफल भइने बताउनुभयो। आइतबार ग्लोबल आईएमई बैंक लिमिटेडको एक सय ३४ औं शाखाको रुपमा शारदा नगरपालिका–१ श्रीनगर सल्यानमा शाखा उद्घाटन कार्यक्रममा बोल्दै उहा“ले यस् तो बताउनुभएको हो।

उहा“ले बैंकहरुले शहरी क्षेत्रका उद्योग ब्यवसायमा मात्रै लगानी गर्नुभन्दा ग्रामीण भेगमा थुप्रै सम्भावना भएकाले यसतर्फ सोच्न आग्रह गर्नु भयो। ‘ग्रामीण भेगमा
पनि थुप्रै सम्भावना रहेका छन्, झन् सल्यानमा त कृषि र पर्यटन दुबैको थुप्रै सम्भावना छ’– उहाले भन्नुभयो– ‘निजी क्षेत्रले लगानी गर्दा यस बिषयमा सोच्न आबश्यक छ।’ उहा“ले सरकारले निजी क्षेत्रस“ग साझेदारी गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।

‘अहिले स् थानीय तहहरुमा धमाधम बैंकहरुले शाखा स् थापना गर्ने क्रम जारी छ। यसले जनतालाई सहजता हुनुका साथै बैंकहरुले पनि विभिन्न क्षेत्रहरुमा लगानी गर्ने वातावरण सिर्जना हुन्छ’– उहा“ले भन्नुभयो। उहा“ले सरकारले अगाडि सारेको सुखी नेपाली, समृद्ध नेपालको नारालाई साकार पार्न पनि निजी क्षेत्रसगको सहकार्य आवश्यक रहेको बताउनुभयो। सिंगो कर्णाली प्रदेशस“गै सल्यान पनि थुप्रै सम्भावना भएको जिल्ला भएकाले यहा“ लगानी गर्न आवश्यक रहेको उहाको भनाइ थियो।

‘कर्णाली प्रदेशको खाद्यान्नमा आत्मनिर्भर जिल्ला सल्यान हो, यहा फलफूल र तरकारीको राम्रो सम्भावना छ, वर्षेनि टिमुर, अदुवा, सुन्तला, ताजा तरकारी जिल्लाबाट करोडौंको निर्यात भइरहेको छ’– उहाले भन्नुभयो– ‘यस क्षेत्रमा लगानी गर्न सके आर्थिकरुपमा सल्यानलाई सबल बनाउन सकिन्छ।’ कार्यक्रममा बैंकका प्रबन्धक चन्द्रप्रसाद ढकालले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पु¥याउने उद्देश्यले सल्यानमा पनि शाखा स् थापना गरिएको बताउनुभयो। उहा“ले यस बैंकले अत्याधुनिक प्रविधियुक्त भाइबर बंैकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बंैकिङ्ग सेवाको साथमा १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्ट, छत्रेश्वरी गाउ“पालिकाका अध्यक्ष सन्तोष केसी, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार योगराज विकले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top