Free songs
Home / समाचार / संक्षिप्त समाचार / अब्यवस्थित हापुरे सडकमा प्रजिअको निरीक्षण

अब्यवस्थित हापुरे सडकमा प्रजिअको निरीक्षण

 

अर्जुन परियार

हापुरे । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बबई गाउ“पालिकाको अव्यवस् िथत सडकको निरीक्षण गर्नुभएको छ। सडक निर्माणप्रति स् थानीयहरुको असन्तुष्टि बढ्दै गएपछि दाङको बबई गाउ“पालिका हापुरेमा बढेकोे विवाद समाधानका लागि निरीक्षण गरिएको हो।

सडक निरीक्षणस“गै विवादित विषय पनि साम्य भएको छ। बबई गाउपालिका हापुरेको सडक निर्माण फरक–फरक तरीकाले भएको भन्दै स् थानीयहरुले गुनासो गर्न थालेपछि बबई गाउ“पालिकाको मध्यस् थतामा विवाद समाधान भएको हो।

सडक निर्माणमा गरिएको लापरवाहीबिरुद्ध स् थानीयले संघर्ष समिति गठन गरेलगत्तै बबई गाउ“पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई खबर गरी विवाद समाधान गर्न अनुरोध गर्नुभए लगत्तै प्रमुख जिल्ला अधिकारीको उपस् िथतिमा विवाद समाधान भएको हो।

यससगै साघुरो सडकलाई खुला बनाई दुबैतिर नाला निर्माण हुने भएको छ। आइतवार बबई गाउपालिकाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी रिजालसहित नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दीपकजंग चौधरी, सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्मा, बबई गाउपालिकाका प्रमुख भुवनेश्वर पौडेल, वडाध्यक्षहरुलगायत स् थानीयहरुको सहभागितामा भएको छलफलमा सडक निर्माणमा भएको कमजोरीलाई सुधार्दै निर्माण कार्य अगाडि बढाउने सहमति भएको हो।
त्यस् तै हापुरे बजारमा रहेका विद्युतका पोलहरु पनि छिट्टै सारिने भएको छ।

विद्युत कार्यालय र सडक डिभिजनको पोल सार्ने सम्बन्धमा सहमति भएकोले पोल सार्ने काम लगत्तै शुरु हुने बताइएको छ। विद्युतका पोल सार्ने काम छिटै शुरु हुने र टेलिकमका पोललाई पनि ब्यवस् िथत गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top