Free songs
Home / समाचार / संक्षिप्त समाचार / सेवाकेन्द्र सञ्चालन गर्ने तयारी

सेवाकेन्द्र सञ्चालन गर्ने तयारी

तुलसीपुर (युस)–तुलसीपुर उद्योग वाणिज्य संघले सेवा केन्द्र सञ्चालनको तयारी गरेको छ। नियमित बैठकले संघका वर्तमान सचिव विनिल केसीलाई व्यावसायिक सेवा केन्द्रको संयोजकको जिम्मेवारी दिएको छ। संयोजक केसीका अनुसार अबदेखि वाणिज्य संघमा दर्ता भएका आफ्ना व्यवसायका लागि एउटै स् थानमा धेरै सेवाहरु उपलब्ध हुनेछन्।

सेवामा महिला उद्यमीहरुलाई भारी छुटको व्यवस् था गरिएको छ। उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवामा व्यावसायिक बिमाको समेत व्यवस् थापन गरिएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा बसेको नियमित बैठकमा तुलसीपुर क्षेत्रमा रहेका महिला उद्यमीहरुलाई वाणिज्य संघमा दर्ता गर्न अनुरोध गरेको छ। बैठकले महिला उद्यमीहरुलाई संघमा दर्ता हु“दा ३३ प्रतिशतसम्म छुट गर्ने निर्णय गरेको संघले जनाएको छ।

बैठकमा निवर्तमान अध्यक्ष विमल रिजाल, पूर्व अध्यक्षहरु चिरञ्जीवी रिजाल, हेमन्त रिजाल, सल्लाहकार सुरेश हमाल, आजीवन सदस् य मीनराज ओली, प्रेस सल्लाहकार शरद रेग्मी, महिला सदस् य सपना बस् नेतलगायतले शुभकामना व्यक्त गरेका थिए।

संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स् वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top