Free songs
Home / समाचार / प्रमुख समाचार / दाङ उवासंघको १४ औं साधारणसभा, व्यापार घाटा बढ्दो छ : राणा

दाङ उवासंघको १४ औं साधारणसभा, व्यापार घाटा बढ्दो छ : राणा

गिरिराज नेपाली

घोराही। उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले उत्पादनमूलक उद्योगधन्दा र कलकारखानाको अभावमा मुलुकले बढ्दो व्यापार घाटाको सामना गर्नुपरिरहेको बताउनुभएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारणसभा तथा ४९ औं स्थापना दिवसको अवसरमा उहाले यस्तो बताउनुभएको हो।

राज्यले उद्योगधन्दा, कलकारखाना निर्माण र सञ्चालनमा चासो दिन नसक्दा निजी क्षेत्रले दिनैपिच्छे आर्थिक व्ययभार व्यहोर्नुपरेको उहा“को भनाइ थियो। स् वदेशमै उद्योगहरुको विकास हुन नसक्दा सञ्चालित व्यापार व्यवसाय टाट पल्टने अवस् था देखापरिरहेको बताउनुभयो।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राणाले राज्यले लगानीको वातावरण बनाउन नसक्दा दातृ राष्ट्रहरुको लगानी पनि भित्रिन नसकेको बताउनुभयो। उहाले भन्नुभयो– ‘जबसम्म राज्यले उत्पादनशील उद्योगको विकास गर्न सक्दैन तबसम्म समृद्धि सम्भव छैन। त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी र उद्योगको विकास गर्न आवश्यक छ।’

उहा“ले द्वन्द्वकालीन अवस् थामा खुम्चिएका उद्योगहरु हालसम्म फष्टाउन नसक्दा थप समस्या थपिदै गइरहेको बताउनुभयो। ‘राज्यले न उद्योगहरु थप्न सकेको छ, न त भएकाहरुको पनि स् तरोन्नति गर्न सकेको छ। जसले मुलुकको आर्थिक विकास र समृद्धिमा ठूलो असर पारिरहेको छ।’ राज्यले मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिने कृषि र पर्यटन क्षेत्रको विकासका लागि लगानी लगाई आधुनिकतातर्फ तीब्र विकास गर्न सके सुखी नेपाली र समृद्ध नेपाल’ को नाराले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो। उहा“ले भन्नुभयो– ‘उद्योगधन्दाको विकास हुन सकेको छैन। कृषियोग्य जमिनमा लगानी छैन। पर्यटकीय क्षेत्र र सम्पदाहरुको संरक्षण र विकास हुन सकेको छैन। तर पनि राज्यले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना अघि सारेको छ।’ उत्पादनशील आधारहरु तयार गरी रोजगार र परनिर्भर व्यापारको अन्त्य गर्न सके मात्रै नेपाल समृद्ध र नेपाली सुखी बन्न सक्ने उहाले बताउनुभयो।

राज्यले निजी क्षेत्रस“ग सहकार्य गर्दै लगानीको दायरालाई फराकिलो बनाउदै उद्योग रउद्यमको विकासमा जोड दिन आवश्यक रहेको भनाइ राख्नुभयो। लगानीको सहज वातावरणले नेपालमा विदेशी लगानीमार्फत उद्योग स् थापनासगै निर्यातमुखी व्यापारको वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्दै उहाले थप्नुभयो– ‘राज्यले औद्योगिक विकासका लागि ध्यान पु¥याउन सके व्यापार घाटा कम हुने थियो र मुलुकको आर्थिक विकासका लागि बलियो आधार निर्माण गर्न सकिने थियो कि।’

कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस् य अमरबहादुर डा“गीले मुलुक समृद्धिको यात्रामा रहेकाले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो। त्यसका लागि राज्यले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि सार्दै सबै नेपालीलाई मुलुक निर्माणमा अग्रसर बनाउने प्रयास गरिरहेको बताउनुभयो।
उहा“ले सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको विकास र समृद्धिमा ठूलो योगदान पु¥याउ“दै आइरहेको चर्चा गर्नुभयो। जिल्लाको शिक्षा, स् वास् थ्य, पूर्वाधार विकास र पछिल्लो समय चर्चाको विषय बनिरहेको प्रादेशिक राजधानी निर्माणको सवालमा ठूलो भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, केन्द्रीय सदस् य भरत आचार्य, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्द, प्युठानका अध्यक्ष केदारमान कक्षपति, बा“केका अध्यक्ष नन्दलाल बैश्य, प्रेस स् वतन्त्रता सेनानी सुशील गौतम, घोराही उपहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डा“गी, १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, ५ का वडाध्यक्ष विष्णुमणि दाहाल, घोराही नगर विकास समितिका अध्यक्ष वसन्त चौधरी, नेपाली कांग्रेस दाङका उपसभापति कमासिंह भारती, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, एभरेष्ट इन्स् योरेन्सका शाखा प्रमुख डा. लोकराज पराजुली, घोराही खानेपानीका उपाध्यक्ष भरतमणि पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डा“गी, कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष नीमबहादुर बुढाथोकी र गल्ला व्यवसायी समितिका उपेन्द्र खड्कालगायतले बोल्नुभएको थियो।
संघका उपाध्यक्ष वसन्त जोशीको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासचिव नरेश कार्कीले संस् थागत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुशील पोख्रेलले आर्थिक प्रतिवेदन प्रस् तुत गर्नुभएको थियो।

विभिन्न व्यक्ति सम्मानित
दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको औद्योगिक, आर्थिक, सामाजिक विकासको क्षेत्रमा योगदान पु¥याएका उद्योगी, उद्यमी, व्यवसायी र पत्रकारलाई सम्मान गरेको छ। साधारणसभा तथा स्थापना दिवसका अवसरमा संघले उत्कृष्ट उद्योगीका रुपमा सहदेव चाउमिन उद्योगका सञ्चालक सहदेव घिमिरे, उद्यमतर्फ सहनशील दिदीबहिनी अल्लो प्रशोधन केन्द्रकी सञ्चालक प्रभा ओली, व्यापारतर्फ राजेन्द्र लामा र सञ्चारकर्मीतर्फ नया युगबोध दैनिकका समाचारदाता गोविन्द खड्का र संघका निवर्तमान अध्यक्ष हेमराज बञ्जाडे, पूर्वउपाध्यक्ष मनोज बुढाथोकी र कर्मचारी सुरज बुढाथोकीलाई प्रशंसापत्रसहित सम्मान एवं पुरस् कृत गरेको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top