Free songs
Home / समाचार / संक्षिप्त समाचार / उत्पादनदेखि भण्डारणसम्म जैविक विधि नै उत्तम

उत्पादनदेखि भण्डारणसम्म जैविक विधि नै उत्तम

युगबोध समाचारदाता

देउखुरी। लमही नगरपालिका वडा नं. ३ मजगाउ निवासी किसान टुनुराम चौधरीले गहु भण्डारण गर्दा बजारबाट विषादी किनेर राख्ने गर्नुभएको छ। उहा“लाई बजारको विषादीले नोक्सान गर्ने थाहा छ। तर उहाले यो बानी छाड्नु भएको छैन।

‘बीउको रुपमा अन्न भण्डारण गर्दा घुन कीरा, पुतली लाग्ने डर हुन्छ। त्यही भएर भण्डारण गर्दा कडा विषादी प्रयोग गरिएको पाइएको छ। तर घुन कीरा तथा पुतलीबाट जोगाउन कडा विषादीको प्रयोग नगरेरै सजिलै जोगाउन सकिने पृथु टेक्निकल कलेजमा बागवानी विषयका प्राध्यापक तेजप्रसाद शर्माले बताउनुभयो। ‘अब गहु, मसुरो, तोरी बाली भित्रिने बेला छ। किसान बाली भिœयाउने तयारीमा हुनुहुन्छ। बाली भित्रिएपछि त्यसको भण्डारणमा धेरै ध्यान दिनुपर्ने हुन्छ’– शर्माले भन्नुभयो– ‘कडा खालको विषादी सेल्फास प्रयोग गर्ने गरिएको पाइएको छ। यो विषादी हानिकारक छ। यसको ठाउ“मा बोजो, नीमको पात, ढा“ठ प्रयोग गर्न सकिन्छ। सजिलैस“ग ६–७ महिना जोगाउन सकिन्छ।’ बालीलाई भण्डारण गर्दा जैविक विषादीको प्रयोग गर्न सकिने उहाले बताउनुभयो।

शनिवार पृथु टेक्निकल कलेजमा किसानको भेला थियो। कृषि विषयको पढाइ हुने कलेजमा खेतबारीमा काम गर्ने किसानले विषादीको प्रयोग कसरी घटाउन सकिन्छ भन्ने बारेमा राखिएको प्रशिक्षणमा भाग लिएका छन्। कार्यक्रममा तुलसीपुरदेखि देउखुरीसम्मका किसानको उपस् िथति थियो। ‘म तुलसीपुर क्षेत्रमा १८ विगाह जमिनमा तरकारी खेती गर्दै आइरहेको छु। फेसबुकमा विषादीको प्रयोग घटाउने विषयमा प्रशिक्षण ह“ुदै गरेको जानकारी पाएर यहा“सम्म आउने मौका पाए“’– तुलसीपुर–१३ बखरिया निवासी २१ वर्षीय शिशिर रावतले भन्नुभयो– ‘विषादीको प्रयोग नगरेर अर्गानिक खेती गरें। तर उपभोक्तालाई अर्गानिक खेतीको बारेमा बताउन नसक्दा बजार पाउन गाह्रो भयो। बिषादीको प्रयोग घटाउ“दै उपभोक्ता जागरण कार्यक्रम गर्नुपर्ने जरुरी देखेको छु।’

जलवायु परिवर्तनका निम्ति नेपाली युवाहरुको सञ्जाल दाङले किसानहरुस“ग कृषि, विषादी र जलवायु परिवर्तनसम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमबाट किसानहरुले लाभ लिएका छन्। सञ्जालका अध्यक्ष जीवन उप्रेतीको अध्यक्षता एवं पृथु टेक्निकल कलेजका अध्यक्ष प्रदीपराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शर्माले क्याम्पसले कोरियाको टेक्निकल कलेजसग सम्झौता गरेर कृषि क्षेत्रको विकासमा अघि बढ्ने अवसर प्राप्त गरेको जानकारी दिनुभयो। ‘कृषिकै विकासका लागि, किसानको आम्दानी बढाउनको लागि नै हामी अघि बढेका छौं’– शर्माले भन्नुभयो– ‘म कोरिया पुगेर आए“। त्यहा“ पुग्दा दुईवटा ग्रीन हाउसमा गए“। जहा“ विरुवालाई काम्लो ओढाइएको थियो’– उहाले भन्नुभयो– ‘विरुवाको स् याहार सुसार गर्ने हो भने त्यसले उब्जनी दिन्छ। त्यही स् याहार सुसार गर्न काम्लो ओढाइएको भन्ने जवाफ पाए।’

कार्यक्रममा जोरी जोनका प्रमुख इन्द्र ओली, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो। सञ्जालका सञ्चार संयोजक अमरदीप बस् नेतको स् वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रवेश कार्कीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top