Free songs
Home / सम्पादकीय / अक्षर महोत्सवको सन्देश

अक्षर महोत्सवको सन्देश

रोल्पाको रुन्टिगढी गाउँपालिकाले प्रथम राष्ट्रिय अक्षर महोत्सव सम्पन्न गरेको छ। राष्ट्रियदेखि स् थानीयस् तरसम्मका साहित्यकार, पत्रकारलगायतको सहभागितामा महोत्सव आयोजना गरिएको छ। विभिन्न स् थानीय उत्पादन र बजार प्रबद्र्धनका लागि ब्यापारिक महोत्सव हुनु नौलो होइन तर अक्षर महोत्सव एउटा पृथक कार्यक्रम हो। एउटा गाउँपालिकाको आयोजनामा राष्ट्रियस् तरको कार्यक्रम आयोजना गर्नु नयाँ प्रयोग पनि हो। यसअघि दाङमा तत्कालीन जिल्ला विकास समितिले कविता महोत्सव आयोजना गरेको थियो भने तुलसीपुर उपमहानगरपालिका र रोल्पाको रोल्पा नगरपालिकाले साहित्य सम्मेलन गरेका थिए। रोल्पा नगरपालिकाले पुनः लिवाङदेखि थवाङसम्मको साहित्यिक यात्रा र जलजलामा ट्रेकिङ महोत्सवको तयारी गरिरहेको छ। त्यसो त रुकुमको मुसीकोट नगरपालिकाले केही दिनअघि मात्रै लोकसांस् कृतिक महोत्सव आयोजना गरेको छ। सोही नगरपालिकाले टोलस्तरसम्मै सामाजिक जागरण अभियान पनि सञ्चालन गरेको छ। यसरी स्थानीय तहहरुले भौतिक विकाससँगै मानवीय विकासलाई पनि जोड्ने प्रयास गरिरहेका छन्। सामाजिक जागरणका लागि कला, साहित्य र बौद्धिक विमर्शका कार्यक्रम राख्न शुरु गर्नु स् थानीय तहहरुको नयाँ अभ्यासको शुरुवात मान्न सकिन्छ।

 

अहिले विश्वव्यापीरुपमा नै विकासको मोडेल फेरिएको छ। हिजोसम्म भौतिक पूर्वाधार विकासलाई मात्रै विकास भनिन्थ्यो। आज पनि सबै ठाउँमा पूर्वाधार विकास नभइसकेकाले यसलाई नै जोड दिने गरिएको छ। अझै केही वर्षसम्म भौतिक पूर्वाधार विकासमा नै जोड दिनुपर्ने अवस् था छ। तर, अब विस् तारै भौतिकसँगै मानवीय विकासलाई पनि जोड दिनुपर्ने अवस् था आएको छ। त्यससँगै स् थानीयस् तरका सम्भावनाहरुको खोजी गरी राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रचारप्रचार गर्ने र बाहिरका अनुभव ल्याएर स् थानीयस् तरमा बाँड्ने कामले निश्चय नै मानवीय विकासमा टेवा पुग्छ। एउटा कुरा के चाहिँ हो भने भौतिक विकास आजको आजै देखिन्छ र यसले तत्कालका समस् या समाधान पनि गर्छ तर मानवीय विकासको परिणाम आजको आजै देखिदैन। यसले सामाजिक जागरण र जनचेतना बृद्धिमा टेवा पु¥याउँछ। एक ठाउँमा गरिने यस् ता कार्यक्रमले अन्य ठाउँका लागि पनि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गर्न सकिन्छ। रुन्टिगढीकै उदाहरण दिंदा यो गाउँपालिकाले भर्खरै विकास सम्मेलन र अक्षर महोत्सव आयोेजना गरेको छ। विकास सम्मेलनले थोरै भए पनि विकासका प्राथमिकता निर्धारण गर्ने काम गरेको छ भने अक्षर सम्मेलनले कला, साहित्य र पत्रकारितामार्फत स् थानीय पर्यटन प्रबद्र्धनका लागि बाटो देखाउने काम गरेको छ।

होलेरी क्षेत्र एउटा ठाउँ मात्रै भए पनि यो नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण बिम्ब बनेर उभिएको छ। मुलुकमा दश वर्षसम्म चलेको द्वन्द्वको शुरुवात यहींबाट भयो। शान्ति वार्ताको शुरुवात हुँदा पनि परोक्षरुपमा होलेरीकै घटनासँग जोडिएको छ भने लामो समयदेखि संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएका राजनीतिक शक्तिहरुलाई राजतन्त्रसँग मोहभंग गराउन पनि होलेरीकै घटनालाई जोडेर अर्थ लगाउन सकिने अवस् था छ। अर्कोतिर धार्मिकरुपमा स् वर्गद्वारी आश्रम यहीं नजिक छ भने स् वर्गद्वारी महाप्रभु जन्मेको रुन्टी र तपस् या गरेको गढी लेक पनि यहीं नजिक पर्दछ। त्यसो त प्राकृतिक हिसाबले पनि दाङको फाँटदेखि हिमालका सुन्दर दृश्य एकैथलोबाट हेर्न सकिने यो ठाउँ महत्वपूर्ण पर्यटकीयस् थलको रुपमा विकास गर्न सकिने सम्भावना छ। महत्वपूर्ण सम्भावना त के छ भने धेरै जनसंख्या रहेको दाङबाट यो नजिकै पर्दछ। दाङ आउने र दाङमा थोरै पनि जनसंख्यालाई होलेरी क्षेत्रमा आकर्षण गर्न सके पर्यटन प्रबद्र्धनको राम्रो सम्भावना छ। यी सबै सम्भावना पहिलेदेखि नभएका होइनन् तर स् थानीय सरकार बनेपछि विस् तारै खोजी गर्ने क्रम बढेको छ र अहिले गरिएका विकास सम्मेलन तथा अक्षर महोत्सवलाई यही प्रयासको रुपमा लिन सकिन्छ। अब भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्छ र त्यसका लागि नवीनतम प्रयोग गर्दै जानुपर्छ भन्ने सन्देश यी कार्यक्रमले अन्य स् थानीय तहहरुलाई पनि दिएको हुनुपर्दछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top