Free songs
Home / समाचार / प्रमुख समाचार / पाँच वर्षमा सडक विकासको काम सकिन्छः प्रम

पाँच वर्षमा सडक विकासको काम सकिन्छः प्रम

यमलाल भुसाल

बुटवल। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी पाच वर्षभित्र मुलुकमा सडक निर्माण तथा विस् तारको काम सम्पन्न गरिने बताउनुभएको छ।

उहाले २०८० सालसम्मको युग सडक विकासको युग भएको बताउदै त्यसपछिको समय सुरुङ युगको हुने उल्लेख गर्नुभयो। उहा“ले सडक विस् तारको काम सम्पन्न भएपछि बर्दघाट–दुम्किबास सडकमा सुरुङ मार्ग निर्माण गरिने बताउनुभयो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको चारलेन विस् तार तथा स् तरोन्नति आयोजनाको शुक्रवार बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो। उहाले ८० सालभित्रै सडक विकासका काम सम्पन्न गरिने जानकारी दिदै आवश्यक ढुंगा, गिट्टी अभावले आयोजनाको काम नरोकिने बताउनुभयो। उहा“ले पहाड फोडेर भए पनि कच्चापदार्थको अभाव हुन नदिने उल्लेख गर्नुभयो।

आयोजनालाई समयभित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा छिटै समस् या समाधान हुने बताउनुभयो। त्यस्तै उहाले कपिलवस् तुको जीतपुर–तौलिहवा, लुम्बिनी–तौलिहवा सडकलाई पनि चारलेन बनाउन आयोजना संशोधनका लागि मन्त्रालयलाई निर्देशन दिनुभयो। अहिले भैरहवा–लुम्बिनी सडक विस् तारको काम भइरहेको छ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा विद्युतीय सवारी साधन चार्ज गर्नका लागि राखिएको स् टेशन हटाउन निर्देशन दिनुभएको छ। लुम्बिनीमा फोहोर गर्ने, प्रदुषण बढाउने र लुम्बिनीको गरिमा बिगार्ने गरी त्यस् तो काम भएको बताउ“दै त्यसलाई तुरुन्त हटाउन उहा“ले निर्देशन गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले अशान्तिको युग समाप्त भएको बताउ“दै विकास र सुशासनको युगमा शान्ति खलबल्याउने, चन्दा आतंक मच्चाउने विप्लव समूहलाई धेरै सम्झाउदा पनि नमानेकाले प्रतिबन्ध गरिएको बताउनुभयो। सरकारले प्रतिबन्ध गरेको समूहले सरकारको निर्णयलाई नटेरे कानुनअनुसार कारवाही गरिने चेतावनी दिनुभयो।

 

कार्यक्रममा बोल्दै प्रदेश पाचका मुख्यमन्त्री शंकर पोख्रेलले बुटवलबाट काठमाडौंको दूरी घटेको बताउदै बर्दियाबाट पनि काठमाडौंको दूरी घटाउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो। उहाले प्रदेश पा“चको एउटा सिमाना बुटवल र अर्को सिमाना बर्दिया रहेको उल्लेख गर्दै बुटवल मात्रै नभएर बर्दियाबाट समेत राजधानीको दुरी घटाउन आग्रह गर्नुभएको हो। उहा“ले सिद्धार्थ राजमार्गलाई चार लेनमा स् तर बृद्धि गर्नु पनि संघीय सरकारलाई आग्रह गर्नुभयो।

त्यस् तै पूर्वअर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले आयोजना समयमै सम्पन्न गर्न र गुणस् तर कायम गर्न आग्रह गर्नुभयो। उहाले बर्दघाट–दुम्कीबास सडकखण्डमा आयोजनालाई संशोधन गरेर भए पनि सुरुङमार्ग बनाउन प्रधामन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो। पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा परिणत गर्ने सरकारको निर्णयअनुसार सडक विस्तारको काम भएको उल्लेख गर्दैै एक्सप्रेस सडकका लागि पनि त्यस्ता स्थानमा सुरुङमार्ग आवश्यक भएको बताउनुभएको थियो।

एशियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार आठ सय ५१ रुपैया“मा नारायणघाट–बुटवल सडक विस् तार आयोजनाको ठेक्का सम्झौता भएको छ। ४२ महिनामा निर्माण पूरा गर्नेगरी चिनिया“ कम्पनी चाइना स् टेट कन्स् ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड र नेपाल सरकारबीच ठेक्का सम्झौता भएको छ। गैंडाकोट–दाउन्ने (६४.४ किमि) र दाउन्ने–बुटवल (४८.५ किमि) दुई खण्डमा विभाजित गरी ठेक्का सम्झौता गरिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top