Free songs
Home / सम्पादकीय / होली पर्वको शुभकामना

होली पर्वको शुभकामना

नेपालीहरुले मनाउने महत्वपूर्ण चाडपर्वहरुमध्ये होली पनि एक हो। नेपालीहरुले परम्परागत र सांस् कृतिकरुपमा होलीलाई महत्वपूर्ण चाडको रुपमा मनाउँदै आएका छन्। हिजो पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइयो भने आज तराईका जिल्लाहरुमा हर्ष र उल्लासमय वातावरणमा होली पर्व मनाइ“दैछ। सरकारले सम्वद्ध भू–भागमा एक दिन सार्वजनिक विदा दिएर नागरिकहरुलाई होली मनाउन थप सहज बनाइदिदै आएको छ।

हिन्दू संस् कृति अनुसार होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। होलीलाई रंगहरुको चाड भनिन्छ। होलीको दिन मानिसहरु एक अर्काप्रति मैत्रीभाव प्रकट गर्न एक आपसमा रंग लगाएर जीवनलाई रंगजस् तै रंगीन र उत्साहपूर्ण बनाउने गर्दछन्। विगतका तीता पीरा बिर्सेर भावी जीवनलाई मैत्रीपूर्ण बनाउने अवसरका रुपमा कतिले होलीलाई लिने गर्दछन्।

पौराणिक कथन अनुसार होली पर्वको शुरुवात हिरण्यकश्यपुको पालादेखि भएको मानिन्छ। कथन अनुसार भगवान भक्त छोरा प्रल्हादलाई मार्न राक्षस बाबु हिरण्यकश्यपुले अनेक प्रयास गरे पनि उनी सफल भएनन्। प्रल्हादलाई मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने नमर्ने वरदान पाएकी होलिकाको काखमा प्रल्हादलाई बसालेर आगो लगाउने योजना बनाए। होलीका आगोमा बस् दा भक्त प्रल्हादलाई क्यै भएन तर होलिका जलेर नष्ट भइन्। यसरी होलिका दहनको खुशियालीमा रंग, अबिर लगाएर होली पर्व मनाउने परम्पराको शुरुवात भएको धार्मिक कथन पाइन्छ। यस् तै अर्को प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएका थिए। पुतनाको शवलाई यसै दिन जलाएर रंग अविर छरेर खुशियाली मनाएकोले त्यसैको सम्झनामा होली खेल्ने परम्परा चलेको भनाइ रहेको पाइन्छ। त्यसैले पौराणिक कालदेखि नै होली पर्वले असत्यमाथि सत्यको जित हुने मान्यता बोकेको विश्वास समाजमा रहेको पाइन्छ।

होली पर्वको धार्मिक र पौराणिक मान्यता जे जस्तो भए पनि अहिलेको आधुनिक समाजले प्रेम, सद्भाव र भाइचारा स् थापित गर्ने महत्वपूर्ण अवसरको रुपमा यो पर्वलाई स् वीकार गर्दै आएको छ। होलीको दिन एक अर्कालाई रंग लगाएर पुरानो कट्ुता वा दुश्मनी बिर्सदै एक अर्काप्रति मेलमिलापको वातावरण बनाउने अवसरका रुपमा लिने गर्दछन् कतिले यो पर्वलाई। हिमाल, पहाड, तराई वा संसारका जुनसुकै ठाउँमा बस् ने नेपालीबीच एकता, कायम गर्न यो पर्वले महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ। सबै नेपालीबीच बन्धुत्व कायम गर्दै बलियो राष्ट्रिय एकताको सूत्रमा गोलबन्द गर्नुपर्ने आवश्यकता अहिले पनि उत्तिकै छ।

संविधानले समाजवादको मार्ग निर्धारण गरेको र सिंगो राष्ट्रले शान्ति र समृद्धिको चाहना राखेको अहिलेको सन्दर्भमा नागरिकहरुको आशालाई धर्मराउने काम कतैबाट हुनुहुँदैन। बाँच्नका लागि, जीविका चलाउनका लागि देशभित्र उपयुक्त वातावरण नपाएर विदेशिनेहरुको संख्या पनि नेपालमा ठूलो छ। हाम्रो लक्ष एकातिर र मुलुकको धरातलीय यथार्थ अर्कोतिर भयो भने नागरिकका रंगीन सपनाहरु त्यत्तिकै ओइलाएर जानेछन्। त्यसैले नागरिक जीवन होली पर्व जस् तै रंगीन, सद्भावपूर्ण एवं सुखद बनाउन यो बेला भित्रैबाट दृढ संकल्प अठोट गर्न सक्नुपर्छ। नेपाली–नेपालीबीचको एकता र भाइचारबाट नै बलियो राष्ट्र निर्माण गर्ने संकल्प पूरा गर्न सकिनेछ। सबैमा होलीको शुभकामना।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top