Free songs
Home / समाचार / प्रमुख समाचार / सद्भाव र रङको पर्व होली

सद्भाव र रङको पर्व होली

राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस्  : राष्ट्रपति

 

युगबोध समाचारदाता

काठमाडौं। सद्भाव र रङहरुको पर्व होली बिहीवार तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइ“दैछ। बसन्त ऋतुको आगमनसगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधवार पहाडी क्षेत्र र आज बिहीवार तराईका क्षेत्रमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ। राम्रो तरीकाले तयार पारिएका रङ र अविरले छालाको रोग निवारण गर्ने भएकाले यस् ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने विश्वास पनि छ। फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको छ। फागु पर्व नेपाल, भारत, इटाली, चीन, अमेरिका, श्रीलंकालगायतका थुप्रै देशमा विभिन्न तरीकाले मनाउने गरिन्छ।

होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै यस पर्वले सबैमा नयॉ“ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिदै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस् कृतिले अत्यन्तै धनी रहेको बताउनुभएको छ। होली पर्वका अवसरमा शुभकामना सन्देश दिदै उहा“ले यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिदै आपसी वैमनस् यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारस“गै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ। ‘देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइ“दै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ’– प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। यसैबीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शुभकामना सन्देश दिदै पर्व र संस् कृतिलाई सहीढंगले मनाउ“दै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हु“दै जाने बताउनुभएको छ।
सद्भावपूर्णढंगबाट होली खेल्न प्रशासनको आग्रहजिल्ला प्रशासन कार्यालय दाङले होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरीकाले मनाउन अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले होली पर्वलाई प्रेम, आपसी भाइचारा, सद्भाव, उल्लासस“गै मर्यादित र शान्तिपूर्ण तरीकाले मनाउन सबैलाई आग्रह गर्नुभएको हो। होली खेल्ने नाममा कुनै पनि अवाञ्छित कार्य गरे कानूनबमोजिम कारवाही हुनेसमेत विज्ञप्तिमा उल्लेख छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top