Free songs
Home / समाचार / संक्षिप्त समाचार / महिलाहरुका लागि तीनदिने अनुशिक्षण

महिलाहरुका लागि तीनदिने अनुशिक्षण

गढवा (युस)– गढवा गाउपालिकाको आयोजनामा सोमवारदेखि वडा नं. ५ को भवानी सामुदायिक वनको सभाहलमा समूह तथा महिला सदस्यहरुका लागि तीनदिने अनुशिक्षण शुरु गरेको छ।

कार्यक्रममा महिलाहरुलाई समूह बचत, ऋण लगानी तथा आयआर्जनका लागि आत्मनिर्भर बन्न सक्ने उपायहरुका बारेमा अनुशिक्षण गर्ने बताइएको छ। माया बिसीको अध्यक्षता र गढवा गाउ“पालिकाका उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता छ। तालिमको प्रशिक्षकमा गढवा गाउ“पालिका महिला तथा बालबालिका शाखाका संयोजक जीवनकुमारी जिसी हुनुहुन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top